के.सी. अन्डरकभर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
के.सी. अन्डरकभर
शैलीहास्य
सर्जककोरिन मार्शल
कलाकारहरू
'प्रमुख' सङ्गीत रचनाकार
सुरुवात 'गीत'"कीप इट अन्डरकभर" (जेन्डेया)
रचनाकार(हरू)बर्ट सेलेन
निर्माण गर्ने देशसंयुक्त राज्य
भाषा(हरू)अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या७५
निर्माण
कार्यकारी निर्माता(हरू)
निर्माता(हरू)
  • भिक काप्लान
  • जेन लोइड र केभिन बोनानी
  • केभिन ओडनल
  • जेन्डेया
क्यामरा सेटअपबहु क्यामेरा
प्रसारण अवधि२१ मिनेट - २९ मिनेट
निर्माण कम्पनी(हरु)
प्रसारण
मूल च्यानलडिज्नी च्यानल
तस्वीर ढाँचाएचडिटिभी ७२० पी
ध्वनी ढाँचा५.१ सराउन्ड साउन्ड
प्रथम प्रसारणजनवरी १८, २०१५ – फेब्रुअरी २, २०१८
बाह्य कडीहरू
वेबसाइट

के.सी. अन्डरकभर (अङ्ग्रेजी: K.C. Undercover) जनवरी १८, २०१५ देखि फेब्रुअरी २, २०१८ सम्म डिज्नी च्यानलमा प्रसारित कोरिन मार्शलद्वारा निर्मित अमेरिकी हास्य टेलिभिजन शृङ्खला हो जसमा जेन्डेयाले के.सी. नामक किशोरी जासुसको भूमिका निर्वाह गर्छिन्। यस शृङ्खलामा भेरोनिका ड्युन, कमिल म्याकफ्याडेन, ट्रिनिटी स्टोक्स, ट्यामी टाउनसेन्डकदीम हार्डिसनले सहायक भूमिका निर्वाह गरेका छन्।

परिसर र सारांश[सम्पादन गर्नुहोस्]

वासिङ्टन, डी.सी.मा आधारित यस शृङ्खलाले के.सी. कूपर नामक गणित प्रतिभाले आफ्नो परिवार जासुस भएको थाहा पाएपछि आफू पनि दी अर्गनाइजेसन नामक संस्थामा जासुसको पदमा नियुक्त हुन्छिन्। उनका भाइ एक्लै महसुस गरी उनीहरूको सहयोग गर्ने उद्देश्यले उनीहरूको टोलीको भाग बन्न खोज्छन् जसले गर्दा उनका आमाबुबाले एक नयाँ रोबोट छोरीलाई घर भित्र्याउँछन्। प्रत्येक भागको कथा के.सी. र उनका परिवार सामान्य पारिवारिक मुद्दाका साथै जासुसी गरी देशलाई गम्भीर समस्याबाट बचाउने विषयमा आधारित हुन्छ।

भागहरूको सङ्क्षिप्त विवरण[सम्पादन गर्नुहोस्]

SeasonEpisodesOriginally aired
First airedLast aired
1२७जनवरी १८, २०१५जनवरी २४, २०१६
2२४मार्च ६, २०१६जनवरी १३, २०१७
3२४जुलाई ७, २०१७फेब्रुअरी २, २०१८

कलाकार[सम्पादन गर्नुहोस्]

प्रमुख[सम्पादन गर्नुहोस्]

  • जेन्डेया के.सी. कूपरको भूमिकामा। के.सी. एक विद्यार्थी हुन् जो समयसमयमा जासुसीको काम गर्छिन्। उनी गणित र करातेमा प्रयुक्त छिन् र एक सरकारी संस्थामा काम गर्छिन्। उनी किरा र क्रेग कूपरकी छोरी, अर्नी कूपरकी दिदी तथा गेल किङ र ओथेलो किङकी नातिनी हुन्।
  • भेरोनिका ड्युन मरिसा क्लार्कको भूमिकामा।[१] हँसमुख र मिलनसार स्वभावकी मरिसा के.सी.की सबैभन्दा मिल्ने साथी हुन्। "फोटो बम्ब्ड" नामक भागमा उनले के.सी. जासुस भएको थाहा पाउँछिन्।
  • कमिल म्याकफ्याडेन अर्नी कूपरको भूमिकामा। के.सी.का भाइ र जुडीका दाइ अर्नी पढन्ते स्वभावका छन्। उनी कम्प्युटर विज्ञानमा रुचि राख्छन् र "माइ सिस्टर फ्रम अनदर मदर...बोर्ड" नामक भागमा उनले आफ्नो परिवारको जासुस टोलीमा हिस्सा लिन्छन्। उनलाई उनका आमाबुबाले धेरैजसो भागमा बेवास्ता गर्ने हुनाले उनको आत्मबल खासै राम्रो छैन।
  • ट्रिनिटी स्टोक्स जुडी कूपरको भूमिकामा।[१] जुडी के.सी. र अर्नीकी व्यङ्ग्यात्मक रोबोट बहिनी हुन् जो १० वर्षीय केटी जस्तो देख्छिन्। उनको कृत्रिम बौद्धिकताले गर्दा उनी अत्यन्तै बुद्धिमानी छिन् तर सामाजिक अन्तरक्रियामा भने खासै राम्रो छैनन्। उनको नामको पूर्ण रूप "जुनियर अन्डरकभर डिजिटल युथ" हो। उनी शृङ्खलामा प्रथम पटक "माइ सिस्टर फ्रम अनदर मदर...बोर्ड" मा देखिन्छन् जब अर्नीले उनको परिवारलाई जासुसीमा सहयोग गर्छन्।
  • ट्यामी टाउनसेन्ड किरा कूपरको भूमिकामा। किरा के.सी., अर्नी र जुडीकी आमा र सरकारी संस्थामा काम गर्ने जासुस हुन्।
  • कदीम हार्डिसन क्रेग कूपरको भूमिकामा। क्रेग के.सी., अर्नी र जुडीकी बुबा र सरकारी संस्थामा काम गर्ने जासुस हुन्।

पुनारावर्ती[सम्पादन गर्नुहोस्]

  • रिक हल एजेन्ट जोन्सनको भूमिकामा। एजेन्ट जोन्सन के.सी. काम गर्ने सरकारी संस्थाको कुलीन सदस्य हुन्। "के.सी. अन्डरकभर: द फाइनल च्याप्टर" मा उनी बेभर्ली संस्थाको मुखिया भएको ईर्ष्या गर्ने द मास्क नामक खलनायक भएको खुलासा हुन्छ।
  • शेरी शेपर्ड बेभर्लीको भूमिकामा। बेभर्ली कूपर परिवारको मिल्ने साथी र उनीहरू काम गर्ने संस्थाको मुखिया हुन्छिन्।
  • जेम्स डिजियाकोमो पिटीको भूमिकामा। पिटी एक अशान्त र उद्दण्ड बालक हुन् जो आफूलाई जुडीको साथी मान्छन्।
  • जेमी मोयर मिसेस गोल्डफेडरको भूमिकामा। मिसेस गोल्डफेडर पिटीकी आमा र कूपर परिवारकी छिमेकी हुन् र उनी पनि आफ्ना छोराझैँ चर्को आवाजले बोल्छिन्।
  • रस बटलर ब्रेट विलिसको भूमिकामा। ब्रेट के.सी.का पूर्व प्रेमी र शत्रु संस्थामा काम गर्ने जासुस हुन्। "अपरेसन: अदर साइड, पार्ट २" मा ब्रेटलाई जेनको छोरा भएको र संस्थाको कुरा अर्को संस्थामा भनेको हुनाले कामबाट निकालिएको थियो। त्यसपछि उनले अदर साइडमा काम गर्न थाले। "के.सी. एन्ड ब्रेट: द फाइनल च्याप्टर - पार्ट १" मा उनलाई के.सी.लाई मर्न पठाइएको थियो। यद्यपि, आफ्नो काममा असफल भएको हुनाले अदर साइडबाट बच्नका लागि उनी क्यानडामा लुक्न जान्छन्। `
  • फ्राँस्वा चाउ जेनको भूमिकामा। जेन अदर साइडका सदस्य र ब्रेटका पिता हुन्। रिचार्डलाई कूपर परिवारले बन्धी बनाएपछि उनी अदर साइडका नेता हुन्छन्। यद्यपि, उनलाई पछि पक्राउ गरिन्छ।
  • ली रेहरम्यान भिक्टरको भूमिकामा। भिक्टर अदर साइडका सहायक नेता हुन्।
  • कारा रोइस्टर एबीको भूमिकामा। एबी एरिका मार्टिन र रिचार्ड मार्टिनकी छोरी र के.सी. र अर्नीकी सानिमाकी छोरी हुन्। उनी अदर साइडको सदस्य हुन् र आफ्नी आमाको संस्थागत पदलाई बचाउन चाहन्छिन्।
  • ज्यास्मिन गाइ एरिकाको भूमिकामा। एरिका किराकी बहिनी, रिचार्ड मार्टिनकी श्रीमती, एबीकी आमा, के.सी. र अर्नीकी सानिमा तथा अदर साइडकी पूर्व सदस्य हुन्।
  • रिक फक्स रिचार्डको भूमिकामा। रिचार्ड एबीका पिता, एरिकाका श्रीमान र के.सी. र अर्नीका सानो बुबा हुन्। उनी दी अर्गनाइजेसनको विरोधी अदर साइडका नेता हुन्।
  • कनर वील ब्र्याडीको भूमिकामा। ब्र्याडी एक शत्रु जासुस हुन् जो दी अल्टरनेट नामक जासुस संस्थामा काम गर्छन्। उनी तेस्रो सत्रमा देखिन्छन् जब उनले जेनको पक्राउ पछि मरिसालाई उनको सहयोग गर्न हेरफेर गर्छन्। "रेभेन्ज अफ द भ्यान पीपल" मा उनी दी अर्गनाइजेसनका लागि काम गर्ने एजेन्ट भन्ने खुलासा हुन्छ।

निर्माण[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१३ मा यस शृङ्खलालाई सुपर असम केटीको नाममा सार्वजनिक गरिने घोषणा गरिएको थियो। यस शृङ्खलामा शेक इट अपमा प्रमुख भूमिका निर्वाह गर्ने जेन्डेयालाई जासुसहरूकी छोरी केटी कूपरको भूमिका निर्वाह गर्न लगाइने भनिएको थियो। शृङ्खलाको प्रथम भागको निर्माण तथा छायाङ्कन सन् २०१४ मा सुरु गरिएको थियो।[२] नोभेम्बर ६, २०१३ मा जेन्डेयाले आफूले खेल्ने नयाँ कार्यक्रममा द्याट्स सो रेभन, प्राउड फ्यामिलीकिम पसिबल जस्ता लोकप्रिय शृङ्खला हेर्दा हुने अनुभव ल्याउन चाहेको ट्विटरमा सार्वजनिक गरेकी थिइन्।[३] मे २०१४ मा डिज्नी च्यानलले शृङ्खलाको नाम के.सी. अन्डरकभर राखेको घोषणा गर्यो।[४] यस शृङ्खलालाई जनवरी १, २०१५ मा वाच डिज्नी च्यानल र जनवरी १८, २०१५ मा टेलिभिजनमा प्रसारण गरियो।[५] यसको प्रथम सत्रमा २७ भाग थिए। मे १५, २०१५ मा डिज्नी च्यानलले शृङ्खलाको दोस्रो सत्र निर्माण गर्ने निर्णय गरेको घोषणा गर्यो जुन मार्च ६, २०१६ मा प्रसारण गरियो।[६] अगस्ट १, २०१६ मा पीपलले शृङ्खलालाई तेस्रो सत्रको लागि पुनर्निर्माण गरिने घोषणा गरेको थियो।[७] तेस्रो सत्रको प्रथम भाग जुलाई ७, २०१७ मा डिज्नी च्यानलमा प्रसारण गरिएको थियो भने अन्तिम भाग फेब्रुअरी २, २०१८ मा प्रसारण गरिएको थियो।

प्रसारण[सम्पादन गर्नुहोस्]

क्यानडामा जनवरी २३, २०१५ मा फ्यामिली च्यानलमा प्रसारित के.सी. अन्डरकभर सेप्टेम्बर १, २०१५ देखि डिज्नी च्यानलमा प्रसारित हुन थालेको थियो। क्यानडेली डिज्नी च्यानलमा प्रथम प्रसारण भएको बेला सेप्टेम्बर १, २०१५ मा "रनवे रोबोट" संयुक्त राज्य भन्दा एक हप्ता अघि क्यानडामा प्रसारण भएको थियो।[८] अस्ट्रेलिया र न्यू जिल्यान्डमा के.सी. अन्डरकभरको प्रसारण डिज्नी च्यानलमा मार्च ५, २०१५ देखि सुरु भएको थियो।[९] संयुक्त अधिराज्य र आयरल्यान्डमा यसको प्रसारण डिज्नी च्यानलमा मार्च २७, २०१५ देखि सुरु भएको थियो। सिङ्गापुरमा यसको प्रसारण डिज्नी च्यानलमा मार्च १३, २०१५ देखि सुरु भएको थियो भने फिलिपिन्समा अप्रिल १०, २०१५ देखि सुरु भएको थियो। मध्य पूर्व तथा उत्तर अफ्रिकाको डिज्नी एक्सडीको अङ्ग्रेजी खण्डमा यसको प्रसारण अक्टोबर १२, २०१५ देखि भएको थियो।[१०] भारतमा यस शृङ्खलाको प्रसारण डिज्नी इन्टरनेसनल एचडी अक्टोबर ३०, २०१७ मा सुरु भएको थियो।

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

सत्र भाग सङ्ख्या प्रथम प्रसारण मिति प्रथम प्रसारणका दर्शकहरू (१० लाख) अन्तिम प्रसारण मिति अन्तिम प्रसारणका दर्शकहरू (१० लाख) औसत दर्शकहरू (१० लाख)
२७ जनवरी १८, २०१५ ३.५१[११] जनवरी २४, २०१६ २.०२[१२] २.३०
२४ मार्च ६, २०१६ २.०८[१३] जनवरी १३, २०१७ १.१८[१४] १.५१
२४ जुलाई ७, २०१७ १.२४[१५] फेब्रुअरी २, २०१८ १.१६[१६] १.१०

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ लकिचा थोमस (फेब्रुअरी १, २०१८), "Fact Sheet: K.C. Undercover", डिज्नी एबिसी प्रेस, मूलबाट फेब्रुअरी २४, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २४, २०१८  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २४, २०१८ मिति
  2. फिलियाना एनजी (नोभेम्बर ६, २०१३), "Shake It Up Star Zendaya to Topline Disney Channel Spy Pilot", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुन २१, २०१६ 
  3. जेन्डेया [@जेन्डेया] (नोभेम्बर ६, २०१३), "I wanna bring back the cool Disney channel...I'm talking That's So Raven...Lizzie McGuire....Proud Family...Kim Possible feel...y'all know😏" (ट्विट), अन्तिम पहुँच जुलाई १८, २०१९ट्विटरद्वारा। 
  4. फिलियाना एनजी (मे ८, २०१४), "Disney Channel Orders Zendaya's K.C. Undercover to Series", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुन २१, २०१६ 
  5. "New Series K.C. Undercover Starring Zendaya to Premiere Sunday, January 18, on Disney Channel", टिभी बाइ द नम्बर्स, डिसेम्बर ११, २०१४, अन्तिम पहुँच जुन २१, २०१६  वेब्याक मेसिन अभिलेखिकरण जुलाई १५, २०१६ मिति
  6. "K.C. Undercover Renewed for Season 2 at Disney Channel", टिभी लाइन, मे १५, २०१५, अन्तिम पहुँच मे १६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण मार्च २६, २०१६ मिति
  7. प्याट्रिक गोमेज (अगस्ट १, २०१६), "Watch Zendaya Transform into a Portly Old Man for K.C. Undercover", पीपल, अन्तिम पहुँच अगस्ट ३, २०१६ 
  8. "Get Ready Canada! Disney Channel Arrives on September 1!", कोरस इन्टरटेनमेन्ट, अगस्ट ११, २०१५, अन्तिम पहुँच सेप्टेम्बर १, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १२, २०२० मिति
  9. "K.C. Undercover: Zendaya Reveals Her Latest Series", फक्सटेल, फेब्रुअरी २६, २०१५, अन्तिम पहुँच सेप्टेम्बर १, २०१५ 
  10. एन्ड्रू जर्मिसस (अगस्ट ३१, २०१५), "Disney XD Programming Highlights for October 2015", दक्षिण अफ्रिका चलचित्र डेटाबेस, अन्तिम पहुँच अक्टोबर ३, २०१५ 
  11. मिच मेटकाल्फ (जनवरी २६, २०१६), "Top 150 Sunday Cable Originals & Network Update: 1.24.2016", शोबज डेली, अन्तिम पहुँच जनवरी २६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २८, २०१६ मिति
  12. मिच मेटकाल्फ (जनवरी २६, २०१६), "Top 150 Sunday Cable Originals & Network Update: 1.24.2016", शोबज डेली, अन्तिम पहुँच जनवरी २६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २८, २०१६ मिति
  13. मिच मेटकाल्फ (मार्च ८, २०१६), "Top 150 Sunday Cable Originals & Network Finals: 3.6.2016", शोबज डेली, अन्तिम पहुँच मार्च ८, २०१६  वेब्याक मेसिन अभिलेखिकरण मार्च ८, २०१६ मिति
  14. मिच मेटकाल्फ (जनवरी १७, २०१७), "Top 150 Friday Cable Originals & Network Finals: 1.13.2017", शोबज डेली, अन्तिम पहुँच जनवरी १७, २०१७  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १७, २०१७ मिति
  15. मिच मेटकाल्फ (जुलाई १०, २०१७), "Top 150 Friday Cable Originals & Network Finals: 7.7.2017", शोबज डेली, अन्तिम पहुँच जुलाई १०, २०१७  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २९, २०१८ मिति
  16. मिच मेटकाल्फ (फेब्रुअरी ५, २०१८), "Top 150 Friday Cable Originals & Network Finals: 2.2.2018", शोबज डेली, अन्तिम पहुँच फेब्रुअरी ५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १७, २०२१ मिति

बाह्य कडी[सम्पादन गर्नुहोस्]