कैलाली र कञ्चनपुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(कैलाली र कंचनपुर बाट पठाईएको)
Jump to navigation Jump to search

कैलाली र कंचनपुर सुदूरपश्चिमाञ्चल विकासक्षेत्र नेपालका पाँच विकासक्षेत्रमध्येको एक विकासक्षेत्र हो । यस विकासक्षेत्रमा कैलाली, कंचनपुर, डोटी, डडेल्धुरा जिल्ला, अछाम, बाजुरा, बझांग , दार्चुला र बैतडी गरेर नौ जिल्लाहरू रहेका छन् । १९५३९ बर्ग किलो मि क्षेत्रफलमा फैलिएको सुदूरपश्चिमाञ्चलको राष्ट्रिय जनगणना २०६८ अनुसार २५ लाख ५२ हजार ५ सय १७ जनसङ्ख्या छ । विकासको दृष्टिले धेरै पछाडी परेको मानिने यहाँको हिमाली र पहाडी क्षेत्रमा ४४ - ४९% सम्म गरिबीको रेखामुनी रहेका मानिसहरु बसोबास गर्दछन् । यहाँका हिमालीभूमि पर्यटन र जटिबुटीकोलागि महत्वपूर्ण छन् । पहाडीभूमि पशुपालन ,फलफुल र तरकारी उत्पादनकोलागि महत्वपूर्ण छन् । त्यस्तै खाधान्न उत्पादनकालागि सुदूरपश्चिमाञ्चलको अभाज्य अंग रहेको अन्नको भण्डार कैलाली कंचनपुरको समथर भूमि हो । नेपालको संविधान २०७२ अनुसार संघीय प्रदेश,नं ७ मा रहेको तराई, पहाड र हिमालसम्म फैलिएको सुदूरपश्चिमाञ्चल विकासक्षेत्रको उत्तरी नाका चीन, पश्चिम र दक्षिणी नाका भारतसँग जोडिएको छ । यहाँको उचाई अनुसार हरेक कुरामा फरक-फरक पन छ । तराई देखि उच्च हिमालीभूमि सम्मनको प्रकृति अनुसार हुर्केका बोट-बिरुवा,जनावर, मानव र मानबिय रहन सहन संस्कृति, भेषभूषा हावापानी अनुसारको मौलिकता यहाँको सम्पति हो, यो पर्यटन विकासको आधार पनि हो । घना वनजंगल अनि कर्णाली र महाकालीजस्ता पानीका ठूला जल भण्डार रहेको यो भूगोल भित्र असंख्य गाड, खोला नाला रहेका छन् । प्राकृतिक हिसाबले सुन्दर मानिने यस विकासक्षेत्रमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र खप्तड राष्ट्रिय निकुञ्ज पर्दछन् । दुर्लभ मानिने जलचर प्राणी डल्फिनहरु यस भूमिको पूर्व र दक्षिणमा रहेको कर्णाली र मोहना नदीमा डुबुल्की लगाउँदै सयल गर्ने गर्दछन् । प्राचीन इतिहाससँग सम्बन्धित पुरातात्विक स्थलहरुको भण्डार रहेको यो क्षेत्र कला संस्कृतिको पनि धनि छ । यहाँ डोटेली, मगर, भोटे, रानाथारु र डगौराथारुको परम्परागत भेषभुषा रहनसहन रीतिरिवाज र संस्कृति देख्न पाईन्छ । पुर्बी नेपालदेखि पश्चिमको हिमाल सम्मनका चार जात क्षत्तिस वर्ण भित्र पर्ने नागरिकहरू सुदूरपश्चिमाञ्चलको तराई बेल्टमा बसोबास गर्दछन् । यस कारण यो क्षेत्र हामी सबैको साझा फुलवारी हो । बर्गीय हिसाबले हेर्ने हो भने यहाँ बसोबास गर्ने सबै जात जातिका मानिसहरु समान छैनन् । धनि देखि गरिबीको रेखामुनी रहेका मानिसहरू यहाँका प्रत्येक जाति/समुदायमा भेटिन्छन् । जातिय भन्दा पनि बर्गीय हिसाबले आर्थिक उन्नतिका कार्यक्रमहरूको आवस्यकता यहाँ छ । सबै जाति समुदायका कला संस्कृतिको जगेर्ना गर्दै बिपन्न र पिछडिएको जातिय उत्थानकालागि जागरण फैलाउँनु छ । सबै जात-जाति, भाषा-भाषी, वर्ग र जातिका मान्छेमा जातिय सद्भाव कायम गर्नु छ । तराईको अन्नले हिमालको भोक मेट्नु पर्छ । हिमालको रमणीय स्थानको मज्जा तराईले लिन पाउँनु पर्छ । पहाडका फलफुलले यहाँका मानिसहरुलाई स्वाद दिनु सक्नु पर्छ । हाम्रा साझा भावना साझा बिचारले यो भूमि अझै रंगिन बनाउँदै सुन्दर र शान्त विकसित तुल्याउँनु पर्छ । यस कारण यो भूमिको तराई हाम्रो आधार हो, पहाड हाम्रो छाती हो भने हिमाल हाम्रो शीर हो ।

विषयसूची

पौराणिक, पुरातात्विक तथा ऐतिहासिक र आधुनिक पक्ष[सम्पादन गर्ने]

सुदूरपश्चिमको इतिहास पुर्बी नेपालको तराई भन्दा एकदमै फरक छ । यहाँको पौराणिक, पुरातात्विक तथा ऐतिहासिक र आधुनिक बिषयमा बुँदागतरुपमा यहाँ उल्लेख गरिएको छ ।

पौराणिकपक्ष[सम्पादन गर्ने]

पौराणिक ग्रन्थहरुमा उल्लेख भएको सौर्यनदी ,गंगा नदीको उत्तरी तटीय क्षेत्रमा अवस्थित कैलाली कंचनपुर घना वन-जंगलले ढाकिएको क्षेत्र हो । पौराणिककाल देखि पशुपालन गर्ने यो वन-जंगलक्षेत्र आजको होइन, यसको प्राचीन र पौराणिक इतिहास छ । प्राचीन कालमा सूर्यवंशी राजा मनुका दश छोरा मध्ये प्रिषध नाम गरेका कान्छाले गुरु बशिष्ठका गाईको सुरक्षाकोलागि नियुक्त भएको समय अँधेरी रातमा भूलवस बाघ काट्न प्रहारगरेको तरवारले गुरुवशिष्ठका नन्दिनी (गाई) अन्जानवस काटेको र त्यसै दिन देखि उनि भुलवस भएको गल्तीले अधम क्षेत्री पनि नभई सूद्रजातिको भूल जाति भएको देखत भूली तथा भुली गाउँ पनि यही ठाउँमा छ । यही भूल (चमार) जातिका शाखा मानिने केही तराईका जातिले आफू भूल तथा चमार भन्नाको कारण पनि यही यो । यहाँ अयोध्यापति राजा दिलिपले आफ्नो कुलको प्रतिष्ठाको लागि नाम चलाउँन सक्ने कुलका प्रख्यात पुत्र रघुवंशी रघुको प्राप्ति होस् भनेर कुलगुरु वशिष्ठका गाई चराएका थिए । आयोध्यपति राजा राम्रको पाँचवटीवन पनि यही पूर्वकर्णाली नदी र पश्चिम महाकाली नदीको बीचमा अवस्थित वन-जंगल थियो । यहाँका डाँडाखोला चौर पर्गंनाहरु तिनका रमाउँने स्थान थिए । भगवान कृष्णका गाई यो भूमिबाट दक्षिण पर्ने मथुरामा मात्र घाँस-पातको खोजीमा बिहार गर्दैन थिए । ती गाई र गोला(गोठाला) पनि यो भूमिमा समय समय आईपुग्थे यहाँका वन-जंगल डाँडा पहाडमा पनि सयल गर्दथे । त्यसैले यहाँ कृष्णको कुलमानिने यदुवंशी/ चन्द्रवंशी राजाका वंशज पनि छन् । भगवान मर्यादा पुरुष राम र कृष्ण यहाँ आएको कुरा पुराणहरुमा पनि वर्णन गरिएको छ । अयोध्याका राजाको कुलसँग सम्बन्धित बेलौरी दक्षिणमा पर्ने कुनै समयको रानीवन क्षेत्र कैलालीको राजघाट जहाँ राजाको सैन्य मुकाम हाँत्ती घोडा राखिने गरिन्थ्यो र त्यहाँको राजघाटनदी (वर्तमानको कान्द्रानदी), रामशिखरझाला जहाँ भगवान रामको शिखर यात्राको क्रममा झाला परेको थियो, त्यो स्थानको नामबाट बनेको रामशिखरझाला र त्यहाँ सीताको नामसँग सम्बन्धित सीताकुंड, भजनी क्षेत्रको रजबाडा/रजवारा जस्ता नामाकरण पनि त्यही पौराणिक कालखण्डमा नामाकरण भएका स्थानहरु हुन् । हाम्रा वैदिक धर्मग्रन्थ मानिने पुराणहरु पनि यिनै भूगोलमा टेकेर यिनै भूमिको वर्णन गर्दै उत्तरी क्षेत्रमा पर्ने पहाडी हिमाली क्षेत्रमा ध्यानमग्न भएर तत्कालिन बेद्ब्यास, ऋषिमुनी, महात्माहरु द्वारा लेखिएका थिए । वैदिक कालमा भनौ वा पौराणिक कालमा भनौ यो भूमि देवी-देवताहरुको तपोभूमि ,विहारभूमि ,मन्त्रणाभूमि थियो । शिवमहापुराणमा बर्णन गरिएका देवताहरुको युद्द यही सुदूरपश्चिमको बाझांग, डोटी क्षेत्रहुँदै बग्ने सेतीनदीको दक्षिण-पश्चिम क्षेत्रमा रहेका कार्तिकेय गणका देवता र सेतीनदी पूर्व-उत्तर क्षेत्रमारहेका मस्टो गणका देवतामा आधारित घटना परिघटनामा केन्द्रित भएर लेखिएको छ । मस्टोको उग्ररुपलाई खपरे(तारकासुर) दैत्य भनिएको छ । शिवमहापुराणमा वर्णित बज्रांगको नामबाट बाझांग जिल्लाको नामाकरण भएको हो । बज्रांगको कोखबाट ताराकासुरको जन्म भयो भने बझांग जिल्लाको कोखमा मष्टा देवताको उग्ररुप मानिने दाड़े/खापर मष्टाको जन्म भयो । बज्रांग र बाझांग एकै भए जस्तै ताराकसुर र खपरे/दाड़ेमष्ट एकै हुन् । बर्तमानको सुदूरपश्चिमको भूमि स्वर्गभूमि हो । स्वर्गका राजा इन्द्रको राजधानी खप्तड हो । त्यहाँ स्वर्गका राजा इन्द्रको दरवार थियो । इन्द्रको यो दरवार र उनको सम्पूर्ण सम्पति खपरे(ताराकसुर) गणले लुटेर उनको दरवार नस्ट गरेर इन्द्रलाई त्यहाँबाट लखेटेका हुन् । त्यस पछि त्यहाँ खापरेको राज्य भयो । मष्टा गणका उग्ररुप मानिने खापर त्यहाँ स्थापित भएपछि खापरेको नामबाट खप्तड नाम रहन गएको हो । इन्द्रलाई लखेटेपछि खप्तडमा रहेका शिव र पार्वतीलाई खापरेले जेल हाल्यो जेलमा परेको कारण यिनको तिथि कार्तिक शुक्ल चतुर्दशीमा यिनको जाँत नहुने भयो अझै शिव र पार्वतीको ढुंगाको शिला त्यहाँ देख्न सकिन्छ । शिवमहापुराणको अध्यन गर्दै यहाँको वस्तुस्थितिसँग मेलखाने बिषयको तुलना र सेतीनदी पूर्व र पश्चिमको सामाजिक धार्मिक इतिहास खोतल्ने हो भने, शिवपुराण यही माटोमा लेखिएको प्रस्ट हुन्छ । अयोध्यपति भगवान रामसँग युद्द गर्न जवाल-सवाल गर्ने अनि लडाई गर्न ललकार्ने परशुरामको तपो भूमि पनि यही भूगोलको उत्तरी क्षेत्र महाकाली नदीको पुर्बी तटमा भगवान परशुराम कुण्डको रुपमा चर्चित छ । शिव महापुराणमा वर्णित हाम्रा वैदिक देवगण (कार्तिकेय (मोहन्याल) ,बेताल, केदार ,मलिकार्जुंन, भागेश्वर, मंलेश्वर लटिनाथ,लाटो ,गन्याप) जसले अवैदिक असुर मानिने खपरे /ताराकासुर पक्षका गणलाई युद्दमा परास्त गरेर बध गरेका थिए । त्यो भूमि पनि यही भूमि थियो | । यो कुरा हाम्रा धर्म ग्रन्थका पुस्तक र वैदिक देवगणको इतिहासबाट पनि पुष्टि हुन्छ । यहाँका वैदिक देबी-देवताहरू पनि तिनै आयोध्यपति राजाका वंशजका देबी देवता थिए र छन् । कैलाली जिल्लाको उत्तरी अग्लो पहाडी डाँडामा स्थापित स्वामी मोहन्याल देवताको जात्रामा दशौ हजार मान्छेले पानी पिउने र त्यहाँ पुजा पाठकोलागि आबस्यक पर्ने पानीको न्वालो भगवान रामले त्यहाँको पहरोमा बाँण हानेर पानी निकालेका हुन् भन्ने पौराणिक मान्यता भएको यो स्थान र यसको दक्षिण तर्फमा रहेको ढुंगाको ओराडभित्र ढुंगाको चट्टानमा शिव ,पार्वतीका मुर्ति यसको केही पूर्व सिद्दको स्थान ,बाघको आकृतिको ढुंगाको चट्टान पनि यही छन् । कैलाली र कंचनपुरका समथर मैदानी भूमिमा डोटी र डडेल्धुराका नागरिकहरुका मुख्य देवताहरु प्राचीन कालदेखि उत्तर दक्षिण भूगोल भागबण्डा गरेर पूर्वमा कर्णालीनदी देखि पश्चिममा महाकालीनदीसम्म स्थापित छन् । यिनै

जस्ता देवताको नामले पूर्वमा कर्णाली नदी देखि पश्चिम महाकालीनदीसम्म दक्षिणमा मोहना भारतको सिंगाही सम्मन सिमाना बिभाजन गरिएको छ । पूर्वकर्णालीनदी देखि पश्चिम महाकालीनदी सम्मनको क्षेत्र हेर्न स्थापना गरिएका गुरु वशिष्ठका सन्तान कौडिन्य गोत्रीय ब्राह्मणको हात र वैदिक मन्त्र बाटै पूजिने "स्वामी कार्तिकेय (कार्तिकेय (मोहन्याल))" देवता तिनै आयोध्यपति राजाका वंशजले स्थापना गरेका देवता थिए । यिनको मुख्य स्थान कैलाली जिल्लाको मसुरिया देखि उत्तरी पहाडी डाँडामा सिंहासनको नामबाट परिचित छ । ग्वंशी समैजी पनि यिनैसँग सम्बन्धित वैदिक देवता हुन् / यहाँका सिद्धनाथ, बैजनाथको नामबाट परिचित देवता पनि पौराणिक कालमा स्थापित वैदिक देवता हुन् । ग्वंशी समैजी देवता कंचनपुर जिल्लाको कृष्णपुर् गाउँ विकास समितिको उत्तर मालुबेलामा छन् र त्यो भन्दा माथि ग्वंशी समैजिको मूल स्थान मछेलिमा छ । ग्वंशीको एक प्राचीन शिला १२ वनको दैद्वारीमा छ । यहाँको गोदावरी तीर्थ स्थल क्षेत्र वरपर प्राचीन शिवको शिला र देवी देवतासँग सम्बन्धित धेरै वस्तुहरू छन् दक्षिण हंसुलिया क्षेत्रमा मोहन्याल देवताका नाममा स्थापित थान र घाँट अझै भेटिन्छन् । इतिहासको बिषयमा कलम चलाउँने डा.देबी ओझाले मोहन्यालको नाम लेखिएको घाँट हसुलियामा २०३६ सालमा भेट्नु भएको थियो । पूर्व कर्णालीनदी देखि पश्चिम शिवगंगासम्म "मोहन्याल" देवताको भूमि मानिन्छ । शिवरुपी बेहड़ाबाबा पनि यही भूमिमा छन् । शिवगंगानदीको माथि पहरोमा नौवटा मूल भएको नौमूले भन्ने स्थान छ । तीन वटा नदी मिलेर बनेको यो शिवगंगाको इतिहास बाहिर ल्याउँनुपर्ने आवस्यकता छ । यहाँको शिवगंगानदी तीर्थ स्थल हो । यहाँ छिमेकी मुलुक भारतबाट माघे सक्रान्तिमा नुहाउँन आउँनेहरु भेटिन्छन् भने हाम्रो समाज यसको बारेमा अनभिज्ञ जस्तै बनेको छ । शिवगंगा देखि पश्चिम मछेलीसम्मन "ग्वंशी समैजी" को भूमि मानिन्छ । मछेली देखि बेतकोट दैजीसम्म "बैजनाथ"को भूमि मानिन्छ । बेत्कोट देखि महाकालीसम्मन "सिद्धनाथ"को भूमि मानिन्छ । यिनै आधारले गर्दा यो भूमि पौराणिक मान्यता र इतिहाससँग सम्बन्धित भूमि हो । यसै कारणले मोहन्याल, समैजी, ग्वांशी-समैजी ,बैजनाथ, सिद्दनाथ देवताहरुको नामबाट कैलाली र कंचनपुरका धेरै बिद्यालय, क्याम्पस ,सामुदायिक वन र सहकारी संस्थाहरुको नामाकरण भएका हुन् । जुन स्थानमा जुन देवताको महत्व छ,जुन देवताको भूमि हो, त्यहाँ ती देवताको नामबाट तिनका मन्दिर र सार्वजनिक स्थलको नाम राखिने हाम्रो मान्यता भएकोले यिनै देवताको भूगोल मानिने कैलाली र कन्चनपुरमा यिनैको नामबाट बुज्रुक्क महानभावहरुको पहलमा सार्वजनिक स्थलहरुको नामाकरण गरिएको कुरा यहाँहरुको अगाडि जगजाहेर छ ।

पुरातात्विक तथा ऐतिहासिकपक्ष[सम्पादन गर्ने]

कंचनपुर जिल्ला शुक्लाफांटा आरक्ष भित्र भताभुंग अवस्थामा खण्डहरको रुपमा रहेको सिंह पाल, कनचनपाल राजाको दरवार तिनै आयोध्यपति शौनक गोत्रीय ,सूर्यवंशी रघुकुलका रघुवंशी जाट पाल राजाका वंशजको दरवार थियो । कंचनपुर जिल्ला कृष्णपुर् गाउँ विकास समिति मालुबेलाको उत्तरमा पर्ने सानो डाँडाको टाकुरोमा तारागडी भन्ने स्थान खण्डहरको रुपमा रहेको छ, यो तारागडी तत्कालिन पाल राजाले युद्दको लागि सुरक्षित किल्लाको रुपमा सम्बत १२५० - १३७० को बीचमा गडी भनेर स्थापना गरेका थिए । अयोध्यसँग सम्बन्धित भएका, मथुरासँग सम्बन्धित भएका वैदिक देबीदेवता मान्ने वैदिक आर्यन होउन वा गुंगेपुरांग ताकलाखार हुँदै जुम्ला आएको नागराजको वंशजसँग सम्बन्धित भएका मस्टो अन्तर्गतका देबीदेवता मान्ने खस आर्यन होउन यिनका बीचको एक आपसको युद्दले गर्दा कुनै कालखण्ड एकको त् कुनै कालखण्ड अर्काको गरि तिनकै राज्यभूमि भएको यो क्षेत्रमा कहिले वैदिक आर्यन त् कहिले खस आर्यनबाट राज्यसत्ता चल्दै आएको थियो । भारतखण्ड, मानसखण्ड, केदारभूमिको इतिहासको जगमा हुर्केका यहाँका आदिवासी मानिने कैलाली कंचनपुरको भूमिसँग विभिन्न किसिमले नाता सम्बन्ध गाँसीएका डोटी राज्यका डोटेली नागरिकहरुको प्राचीनकाल देखि सिकार खेल्ने र पशुपालन गर्ने क्षेत्र कैलाली कंचनपुरको भूमि हो । डोटी डडेल्धुराका हजारौ मान्छेका हजारौ गोठ गोठेरीहरु यहाँका वन-जंगलहरुमा हुने गर्दथे । तत्कालिन अबस्थामा स्कुल थिएनन् । पढाई लेखाई थिएँन् लाटो जमाना थियो । पशुधनलाई ठूलो धन मानिन्थ्यो त्यसैले जुन मान्छेका भैसी धेरै हुन्थे , त्यो मान्छे खोला रोडा गाउँ घरको धनि मानी मान्छे हो भनिन्थ्यो । त्यो समयमा मान्छेहरु पशुपालन तथा भैसीमा लगानी गर्थे । भैशी पालन तिनको मुख्य रोजगारी मानिन्थ्यो । भैशीको घिउ बेचेर नगद आम्दानी गर्दथे, घिउ बेच्नको लागि पनि सबै ठाउँमा बजार थिएँन् । पश्चिममा भारतको टनकपुर पूर्वमा बर्दियाको राजापुरमा लगेर घिउ बेचेर नगद धन थुपार्थे । डोटी राज्यकालमा भैसी तथा पशुपालन गर्ने गोठाला भनिएकाहरु तत्कालिन डोटी राज्यकालका डोटी र डडेल्धुराको भूगोलमा बसोबास गर्ने ब्राह्मण, ठकुरी ,छेत्री ,बैस्से ,दलतिहरु थिए । पहाडबाट गाई - भैसी तराई (माल)मा झार्दा कैलाली उत्तरमा पर्ने मोहन्याल गौडोमा कलेल जातिको मान्छेले सबै भन्दा पहिले त्यहाँ दुध हालेर गौडो खुलाउँनु पर्ने अनि सबैले गाई -भैसी तराई(माल) झार्न पाउँने हुन्छ । त्यस्तै कंचनपुर झलारी उत्तरमा पर्ने मुड्का जाँतमा डडेल्धुराका नागरिकहरुले हिउँद भरी गाई-भैसी मालमा रहँदा कुनै रोग ब्याधि आग-बाघ लागेन राम्रो भयो भनेर खुसि हुँदै मुड्का भनिने स्थानिय देवतालाई पहाड फर्कदा धुपबत्ती र पूजागर्दै पहाड उक्लने चलन तल्ली मल्लि माल-मधेसमा पशुपालन गर्न आउँदा जाँदाका पुराना मान्यतामा आधारित चलन हुन् । यी कुरा यहाँका इतिहास हुन् । वर्तमानको कैलाली जिल्लाको भूमि बोगटान तप्पा र प्रतिहार तप्पा गरि दुई खण्डमा बिभाजन गरेर दुई नामले चिनिने गर्दथ्यो । बोगटान तप्पामा डोटी क्षेत्रमा राज्यगर्ने सिंहँदेव पाल, ब्रह्मदेव पाल, जगति पाल, निरयपालका वंशज मानिने शौनक गोत्रीय ,सूर्यवंशी रघुकुलका ठकुरी बोगटी रजवार/ बम ठकुरीहरुको राज्य थियो । यो तप्पामा चौधरी महादेव, चौधरी बालासिंहको मौजा र जिम्दारी चलेको थियो ।

  • चौमालाको पुर्ब उत्तरको टाकखोला, राजिपुर गाउँ र मंगलपुर् गाउँको बीचबाट बग्ने गौरिगंगा नदी देखि पूर्व कर्णालीनदी र दक्षिण मोहनासम्मनको भूमि बोगटान तप्पामा पर्दछ । डोटी बोगटानसँग सम्बन्धित यो भूमिको पश्चिममा पर्ने प्रतिहार तप्पामा डोटी बोगटानका भानादेव /झापरदेवका वंशज मानिने गौतम गोत्रीय चन्द्रवंशी प्रतिहार चन्दको भूगोल मानिन्थ्यो । यो प्रतिहार तप्पाको उत्तरमा पर्ने खैराला गाउँ विकास समिति अन्तरगतको गर्भ गाउँमा राणा प्रधानमन्त्री जुद्द शमशेरको पालामा बि.स १८८९ /९० मा निर्माण भएको गर्भा दरबार छ । यस्तै दरवार चौमालामा पनि थियो । चौमलाको दरवार भत्कीसक्यो यसको नाम निसाना छैन । प्रतिहार तप्पा
  • गौरिगंगानदी देखि पश्चिम कैलाली कंचनपुरको सिमाना मोहनासम्मन हो । मोहनानदीको नामाकरण पनि मोहन्यालको नामबाट भएको हो, भने त्यो भन्दा पश्चिम बर्तमानको कंचनपुर मानिने तथा रैका तप्पामा रैका मल्ल /शाह राजा /रैका राजवंशको शासन थियो । रैका भन्ने शब्दबाट रैकावर/रैका तप्पा नामाकरण भएको हो । दार्चुलाका मलिकार्जुन देवतासंग सम्बन्धित छिपलो (रैका) रैकर उठाउँन माल थली गएको मौकामा मलिकार्जुनले छिपलाकी श्रीमती लगे भन्ने किवदन्ती रैकाले छोएको स्थान असुद्द ठानी मलिकार्जुन देवता शिखरमा गएर बसे भन्ने मान्यता यही
  • रैका राजवंश / रैका राजाको रैकवारसंग सम्बन्धित इतिहास हो । मोहनानदी देखि पश्चिम रैकातप्पा महाकालीनदी सम्मनको भूमिमा पर्दछ । कैलालीको मालवर भन्ने नाम पछि आएर नामाकरण भएको हो | राणा राज्यकालमा त्यो भूमिमा पनडौंनका धनसिंह मल्ल, मेघसिंह मल्लहरुको जिम्दारी चल्यो, डोटीबोगटानका मल्लहरु जिम्दार बने तब तिनको नामबाट मल्लको मल्वार भनिएको थियो । यो क्षेत्रमा मल्लहरुको जिम्दारीको अवशेष अझै पनि छ ।

आधुनिकपक्ष[सम्पादन गर्ने]

डोटी डडेल्धुराका पहाडी मुलका मान्छे र कैलाली कन्चनपुरका राना थारुको सम्बन्ध धेरै पुरानो र आत्मिय सम्बन्ध हो । डोटेली समुदायका मान्छेहरुका देबी-देवता र रानाथारु समुदायका शिव, पार्वती ,कालिका ,देबी ,दुर्गा, गोलादेउ (ग्वंशी) जस्ता देवतामा देखिने समानता ,विभिन्न समयका तिहारहरुमा गाईने गीत त्यहाँ खेलिने खेल र नाँचमा राम,कृष्ण ,शिव पार्वतीको इतिहास गाथामा आधारित गीत लय, रानाथारुहरुको होलिनाँचको पाईताला(खुट्टा)को चाल, डाल, ढोल र डोटेली समुदायको डेउडा गौरा पर्वमा खेलिने र गाईने गीत ,चैत ,भारत, ढोलले यी दुई समुदायको प्राचीन सम्बन्धलाई चिनाउँदै आएको छ । यति मात्र होइन यिनका बोलिका धेरै शब्दहरुमा एकरुपता छ । जस्तै खानु ,बिहि ,दर्पण , ठट्टा ,थाली ,गाली, कोला जस्ता धेरै शब्द यी दुवैमा भेटिन्छन् । डोटी र कुमाउँको कार्तिकेयपुरी राज्यका राजा /रजौटासँग सम्बन्धित भएकोले नै रानाथारुहरु डोटी र कुमाउ राज्यको स्वसासितक्षेत्र कैलाली ,कंचनपुर ,खटिमा ,हल्द्वानी सहितका नेपाल र भारतीय भूमिमा अझै भेटिन्छन् । कैलाली कंचनपुरमा बसोबास गर्ने शिक्षा र शसक्तिकरणको क्षेत्रमा पछाडी परेको मानिने रानाथारु डोटी र कुमाउँको कार्तिकेयपुरी राज्यका राजा /रजौटाका रैती थिए । विभिन्न कारणले त्यो समयमा राजारजौटाका वंशज यो समथर भूमिलाई पशुपालनको रुपमा संरक्षण गर्दै आफू पहाडी डाँडा पहाड उक्लेर बसोबास गर्नथाले भने राजाका रैती रानाथारु यो भूगोलको केही स्थानमा खेतीपाती गरि खान बस्ति बसेका थिए । यस्तै कैलालीको केही स्थानहरुमा कठरिया भनिने थारुहरु छिट पुट रुपमा बसोबास गर्ने गर्दथे । यी कठरिया डगौरा थारु भन्दा केही भिन्न पहिचानका थारु मानिन्छन् । कठरियाहरु पहाडबाट तराई आएर बसोबासगर्ने कठायतहरु हुन् भन्ने पनि गरिन्छ । यी मात्र होइन् बडायक र राउत भनिनेहरु पनि आफु पहाडबाट आएर तराइमा शासन गर्न बसेको बताउँछन् । डडेल्धुराको शिर्ष क्षेत्रमा राउत थर लेख्ने राउटे जाति भएकोले तराईमा रहेको राउत जाति यिनै राउटेसँग सम्बन्धित हुन् सक्ने धेरै सम्भावना छ । राजाहरुका स्थानीय शासक राउत थिए भन्ने कुराको पुस्टि रानाथारु जतिकै मनि राउतको ताम्रपत्रले पनि गर्दछ । यो ताम्रपत्र कंचनपुर महेन्द्रनगरका राजेन्द्र रावलले राउत बाट मागेर ल्याएर आफ्नो घरमा राखेका छन् । कैलाली कन्चनपुरका खण्ड-क्षेत्र स्थानहरु तल्लीमाल (कैलाली) मल्लीमाल (कंचनपुर) मधेश, पर्गना तप्पा, बिचवा, घाट जस्ता नाम निसानले चिनिने गर्दछन् । आज यहाँका कयौन नामहरु बदलियाका छन् । ठाउँ र गाउँ पिच्छे फरक-फरक नाम बनेका छन् । कैलाली कंचनपुर मात्र होइन दक्षिण सिंगाही, लखनौ सम्मनको भूमि तत्कालिन डोटी राज्यको राज्यभूमि हो । बि.स. १८४७ साल भाद्र ३१ गते गोर्खाले डोटी राज्य बिजय गरेपछि डोटी राज्यको वर्तमान भारतको सिंगाही,लखनौ सम्मनको सम्पूर्णभूमि गोर्खा राज्यको हुन् गयो । त्यसपछि डोटी राज्यका राजा/रजौटा /नागरिक सबै गोर्खा राज्यका नागरिक बन्न पुगेका हुन् । इस्ट इन्डिया कम्पनि भनिने अंग्रेजले सन् १ नोवेम्बर १८१४ ( बि.स १५ कार्तिक १८७१ ) मा नेपालको बिरुद्द विधिवत रुपमा युद्दको घोषणा गरेपछि नेपालको सिंगाही,लखनौ सम्मनको तराईको ठूलो भूभाग पश्चिममा कुमाउ गडवालको क्षेत्र इस्ट इन्डिया कम्पनिले बिजय गरेर लियो । सम्बत १८७२ (सन् २ डिसेम्बर १८१५)मा भएको सन्धिबाट गुमेको यो भू–भाग मध्ये बि.स.१८७३ पुष ४ (८ डिसेम्बर १८१६) मा सुगौलीसन्धिबाट नेपालका राजा मन्जुर नभएपछि पुर्बी नेपालको तराईदिने सर्तमा सम्झौता भयो । बिषय जंग बहादुर राणा :- सन् १८३३ (बि.स १८९०) मा जंग बहादुर राणाका बाबु बालनरसिंह कुँवर ५० बर्षको उमेरमा डडेल्धुरामा गोर्खा राज्यका हाकिम भएर आए । जंग बहादुर पनि आफ्नै बाबुसँग डडेल्धुरा आएका थिए । डडेल्धुरामानै जंग बहादुर सर्बप्रथम जागिरदार बनेका हुन् । सन् १८१७ जुन १८ (बि.स १८७४ ) मा जन्मेका जंग बहादुर बि.स १९०३ असोज ३ देखि १९१३ साउन सम्म र बि.स १९१४ जेठ देखि १९३३ फागुन सम्मन नेपालका प्रधानमन्त्री बने उनी राणा कुलका सर्बप्रथम श्री ३ थिए । जंग बहादुर राणाको मृत्यू ६० बर्षको उमेरमा बि.स १९३४ माभएको थियो । जंग बहादुरले भारतमा अंग्रेजको बिरुद्दमा भएको सन् १८५७ (बि.स १९१४)को शसस्त्र जनआन्दोलन दबाउँन अंग्रेजलाई सैन्य र प्राबिधिक सहयोग गरेको कारण अंग्रेज जंग बहादुरको सहयोग देखि खुशी भएर सन् १८६० (बि.स १९१७ ) मा तत्कालिन नयाँ मुलुक भनिने कैलाली ,कंचनपुर ,बाँके र बर्दिया नेपाललाई फिर्ता गरेको थियो । अंग्रेजबाट फिर्ता गरिएको भूमिलाई नयाँ मुलुक भनिन थालियो । नयाँ मुलुक अन्तरगत पर्ने राप्तीदेखि महाकाली सम्मको कैलाली ,कंचनपुर ,बाँके र बर्दियामा निकै ठूलो जंगल थियो । उक्त जंगल फडानी गर्नका लागि राणाले कोइलर भन्ने अंग्रेजलाई ठेक्का दिए । ठेक्का पाउँने ठेकेदारले यो कैलाली कन्चनपुरमा रेलसेवा चलाएर रेलबाट यस क्षेत्रको धेरै काठ भारत लग्यो । यसपछि यहाँ व्यापक रुपमा आवादी सुरु भयो । उत्तरको क्षेत्रमा त पहाडका मानिसहरुको गोठ गोठेरी भन्दै कहिँ कतै बसोबास सुरु भइसकेको थियो । दक्षिणको क्षेत्रमा बस्ती बसाल्नकालागि गोर्खा राज्यको पहुँचमा रहेका र स्थानीय ठुला बडा भनिनेहरुलाई राणाहरुले ठेक्का दिए । यसरी ठेक्का पाउँनेहरु जिम्दार कहलिन थाले

    1. यस्ता जिमिन्दारहरु कोही ठकुरी थिए ।
    2. कोही बाहुन थिए
    3. राना (बडायक) थारु थिए
    4. कोही महतो (थारु) थिए ।

ठकुरीमा कैलाली पण्डउन (भजनी )का धनसिंह मल्ल ,मेघ सिंह मल्ल , बोगटानका बोगटी रजवार र बाला चन्दहरु थिए । चौधराई गर्ने भनेर चौधरी थर लेख्ने चौधरी महादेव,चौधरी बलासिंह (आजभोली सिंह थर लेख्ने ) ठकुरी पनि यहाँका जिम्दार थिए । यी चौधरी लेख्ने अलड़े ठकुरीको एक शाखा वर्तमान बर्दिया राजापुरको दक्षिणमा रहेको छेदियामा चौधराई गरेर बस्थ्यो । यो शाखा पनि थारुहरुलाई साथै ल्याएर कैलाली आयो | जमिन्दारहरुले आवादी गर्ने क्रममा विभिन्न ठाउँबाट बि.स १९७० /८०को दशक यता मान्छे लगे र मौजा राखे । आवादी गराउँने तथा मौजा राख्ने जिम्दारहरुलाई आवादीको ५% मिल्थ्यो । यसैले गर्दा दाङ देउखुर क्षेत्रबाट मलवारमा धन सिंह मल्ल, मेघ सिंह मल्ल, बोगटान तप्पमा अलड़े क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी(ठकुरी) अन्तर्गतका चौधरी महादेव, चौधरी बालासिंह र बाला चन्दले तत्कालिन भारतको बाटो गरेर डगौरा थारुलाई डाँग देउखुरबाट ल्याएका थिए, उल्लेख्य रुपमा भोका गरिब मानिने थारुहरु यसै समयबाट ल्याईयो । दांगबाट ल्याएकोले दांगको दंगौरा र यस दंगौराको अपभारंस भएर डगौरा भनियो | यिनै डगौराहरु मध्ये धेरैले आजभोलिका दिनमा चौधरी थर लेख्न थालेका हुन् तर वास्तबमा भन्ने हो भने यिनका पनि धेरै थर थरीहरु छन्, यिनका भित्रको थर खोज्दै जानेहो भने यिनमा पनि दहित, अन्ग्रहवा,कंग्रहवा, रत्गैया ,पछालदंगे, कुश्मी, जोगेठवा, घरचोरुवा, जगनाथिया, सुखरोया जस्ता थरहरु भेटिन्छन् ।

पशुपालन व्यवसाय र शिकार क्षेत्रबाट बिस्थापित[सम्पादन गर्ने]

यसरी डोटी राज्य बिजयगर्ने गोर्खा राज्यका स्थानीय शासकले आफ्नो शासनकाल यता दाङ/देउखुरबाट डगौरा थारुलाई कैलाली कन्चनपुरमा ल्याएर बस्ति बसाएर कैलाली कन्चनपुरको पशुपालन गर्ने भूमि तथा सुदूर पश्चिमेलीको पशुपालनगर्ने चरिचरन क्षेत्र राणाहरुलेनै सखाप गराउँने काम गराएका थिए ।

    1. डगौरा थारु डाँग देउखुरबाट आएर कैलाली कन्चनपुरमा बसोबास गर्दा-गर्दा तिनको जनसङ्ख्याले कैलाली कंचनपुरका भैसी पाल्ने चाक्ला-चाक्ला जंगलका फाँट (चौर) घाँस पातका घना वन-जंगल, पानीका मूल भैसीको खाल बस्ने खोला नाला -ताल तलैया सबै नासियो ।
    2. कर्णाली देखि महाकाली सम्मकोक्षेत्रमा फैलिएका गोठ -गोठेरीमा रहेका पशुहरुले खुल्ला रुपमा आहार बिहार गर्न नसक्ने अवस्था आयो ।
    3. यसको कारण त्यो समयको डोटी डडेल्धुराका मान्छेको मुख्य रोजगारीको श्रोत मानिने आय आर्जनको मुख्य पेशा पशुपालन व्यवसाय क्रमिक संकटमा पर्दै नासिदै गयो ।
    4. चरिचरन क्षेत्र नासिएकै कारण कैलाली कन्चनपुरको वन-जंगलमा हजारौ हजार गोठ - गोठेरी राख्ने, यहाँको जंगलमा भैशी पालन गर्ने डोटी राज्यलाई गोठ-गोठेरी बापत कर बुझाउँने डोटी डडेल्धुराका हजारौ मान्छेको पशुपालन व्यवसाय संकट ग्रस्थ हुँदै गए पछि ती पशुपालन गर्नेहरु आफ्नो पुर्खेउली पेशाबाट बिस्थापित् हुनु पर्ने बाध्यतामा पुगेर बिस्थापित भएका हुन् ।
    5. आज यिनका पूर्वजको चिनोको रुपमा तत्कालिन भैशीका ठूला -ठूला घाँणा मात्र यिनका घर-घरमा देख्न सकिन्छ ।
    6. यो पशुपालन व्यवसायबाट बिस्थापित बनेकाहरु त्यस पछि बैकल्पिक रोजगारीकोलागि छिमेकी मुलुक भारतमा ज्याला मजदुरी, चौकीदारी गर्न बिबश बनेका हुन् ।
    7. त्यसै समय देखि यो भूगोलका मान्छेको कामको खोजीमा भारत जानेहरुको संख्यामा बढोत्तरी भएको हो । आज यो संख्या धेरै छ I धेरै मान्छे भारतमै निर्भर बन्न पुगेका छन् ।

दाङ देउखुरबाट ल्याएका थारुहरुबाट यिनको

  • जल,
  • जमिन,
  • जंगल पशुपालन गर्ने फाँट चौर र सिकार क्षेत्र अतिक्रमणमा परेको हो ।

अतिक्रमणमा परे पछि गरुन के डोटी राज्य बिजय गर्ने गोर्खा राज्यले बसाएको बस्तिको बिरुद्द कसरी बोलून त्यो समयमा गोर्खा भनिनेहरु सारै निर्दयी स्वभावका थिए । डोटी राज्यसँगको बि.स.१८४७ भाद्रमा भएको युद्दमा डोटी राज्यका ५०० सैनिक भेरीनदीमा खसी काटे जस्तै गरि निर्दयी अमानबिय कठोर तरिकाले काटेर बगाएको आतंकले डोटी राज्यका मान्छेलाई गोर्खा र गोर्खाको स्थानीय शासनको बिरुद्दमा बोल्ने आँट आउँदैन थियो । राणाहरुले यहाँका नागरिकहरुलाई मानव सम्झेका थिएनन्, किन भने चन्द्रसमशेर राणा आफ्ना भाईहरुलाई उपदेश दिदै भन्ने गर्दथेकि

  • "जंग बहादुरले बोका माथि शासन गर्यो,
  • म सिङ्ग भएका गोरुमाथि शासन गर्दैछु ।
  • तिमिहरुले बाघमाथि शासन गर्नुपर्ने दिन आउँदैछ ।"

यसरी नेपाली नागरिकहरुलाई गोरु, बाख्रा, बाघ जस्ता जनावर सम्झने राणा शासक थिए । यस्तो मान्यता राख्ने राणाहरुको शासनगर्ने शैली पनि ताना शाही थियो । यी तानाशाहको दर्दनाक पिडाबाट पिडितहरू आज पनि विकासको नारा दिएर बिनासको बिजारोपण गर्ने राजनीतिज्ञहरूबाट पिडितनै छन् । तत्कालिन डोटी राज्यका राजा /रजौटा कैलाली कन्चनपुरका घना वन-जंगलमा पशुपालन गर्ने गोठाला मानिने डोटी डडेल्धुराका ब्राह्मण, ठकुरी ,छेत्री ,बैस्से ,दलति ,तराईका बडायक ,राउत ,कठरिया, राना थारुहररू यहाँका आदिवासी हुन् । एक किसिमले भन्ने हो भने कैलाली कन्चनपुरको भूमि पशुपालन गर्ने चुरे भावर क्षेत्र हो । यहाँको चुरे पहाडबाट नेपाल भारतको सिमाना २/४ घन्टामै छिचोल्न सकिन्छ । डगौरा थारुहरु दांग देउखुरका आदिवासी हुन् । आदिवासी नभएपनि जे जस्तो इतिहास रहेपनि दांगबाट बसाई सरेर आएका डगौरा थारुले यहाँको पशुपालन क्षेत्रको रुपमा रहेको

  • निख्खर बाँझो जमिन जोतेर खेति योग्य बनाएको ,
  • बन्य जनावरको आतंक औलो सरोटोसँग पौठे जोरी खेल्दै कैलाली कन्चनपुरका बडायक ,राउत ,कठरियासँगै मिसिएर दु:ख सुख्ख काटेको कारण डगौरा थारुहरुको पनि सम्मान गर्नै पर्छ । यही जोत खन गरेको यिनको जग्गा पंचायत सरकारले डोटी तथा वर्तमान कैलाली अलाड जन्मथलो भएका मन्त्री खडक बहादुर सिंहको पालामा २०२१ सालमा कैलालीमा र २०२४ सालमा कन्चनपुरमा जग्गा नापी गरेको थियो । जग्गा नापी मार्फत जसले जति जोत खन गरेर जग्गा बनाएको थियो, त्यो उसैको नाममा दर्ता गरिदियो । यस पछि ती कैलाली कन्चनपुरका जग्गा धनि पुर्जा भएका नागरिक बनेका हुन् । यही जोतेको कारण यहाँको आदिवासी हुन् भनेर भन्न मिल्दैन इतिहासलाई बंग्याउँनु पनि हुँदैन् । त्यो भन्दा पुरानो इतिहास पनि हेर्नु पर्छ ।

कैलाली कन्चनपुरमा जग्गा नापी गराउँने पन्च मन्त्री खडक बहादुर सिंहले टिकापुर पार्कको व्यवस्था गरेका थिए । यी पन्च मन्त्री, राजा महेन्द्र र पंचायतका निकै बफादार मानिन्थे । यिनको रचनाको पन्च गीत यस्तो थियो ।

  • गाउँपन्च ,जिल्लापन्च, अञ्चलपन्च अनि ।
  • राष्ट्रिय पंचायत हो चार तहले बनि ॥
  • गाउँ घरको विकास होला भन्ने सबै जानी ।
  • सरकारपनि खडाभयो पन्चमध्ये छानी ॥
  • आहाकति दरिलो ,अहाकति हरिलो पन्चैकोसरकार ।
  • ए बैनी ढुंगाफुटाल, हो दाजु फरुवा उचाल, मेची महाकाली मुलबाटो निकाल ।
  • यो बाटोले पिरतीको मूलफुटाउला, छरिएका नेपालीको भेट गराउला
  • इलामको कान्छा तन्नेरीले,बैतडीको कोइ कान्छीको मन उडाउला ,ए बैनी ढुंगाफुटाल, ओ दाजु फरुवाउचाल... यो उनको जनजागरणको गीत थियो ।

जनजाति र आदिवासीको सवाल[सम्पादन गर्ने]

जनजातिको बिषयमा नेपाली शब्द कोष अनुसार आफ्नै भाषा ,धर्म संस्कृति भएको पछौटे जाति सिकार खेली जिबिका चलाउँने समुदाय भनेर ब्याख्या गरेको भेटिन्छ । यस मानेमा यहाँका राउटे ,राजीहरु यहाँका जनजाति हुन् । हाम्रो समाजले जनै धारण नगर्ने मतवाली जातिलाई जनजातिको रुपमा लिएको छ । यस मानेमा थारु ,मगर ,भोटे, नेवार समुदायका मान्छेहरु जनजातिमा समेटिएका हुन् । यस क्षेत्रको बिषयमा कुरा गर्नु पर्दा यहाँका २००७- २००९ साल तिर जनै धारण गरेका अन्नंत धारण गर्नेहरू सहित, राना ,बडायक, राउत र कठरियाहरु यहाँका जनजाति हुन् । खेतीपाती नगर्ने, घुमन्ते -फिरन्ते, सरसफाईमा ध्यान नदिने, आधुनिक संसार भन्दा धेरै टाढा रहेको, जंगलमा बस्न र जंगली जीवन जिउँन रुचाउँने पछौटे जाति, धनुबाँण प्रयोग गरेर सिकार गर्ने ,जंगलका कन्दमुल खाने,निबस्त्र रहने, परम्परागत आफ्नै चाल-चलन ,संस्कृति,भाषा भएको जाति लाई सम्बन्धित क्षेत्रको आदिवासी (Tribal ) भनिन्छ । यस्तो जीवन जिउँने यो क्षेत्रमा यहाँका राजी,राउटेहरूपनि यो भन्दा फरक जीवन जिउँन थालिसके भने किन जनजाति र आदिवासीको सवालमा विवाद गरिदै छ । अन्तराष्ट्रिय कानुनी आधारलाई लिएर आदिवासीको सवालमा कुरागर्नु गर्दा आई.एल.ओ महासन्धिको बुदा न १६९ मा आदिवासीको ब्याख्या भएको छ । जसमा भनिएको छ,

  • बर्तमान राज्यसत्ता कब्जागर्नु भन्दा पहिलेको राज्यसत्ताका मानिसहरू जसको जल, जमिन, जंगल अतिकर्मण भएको छ, जसको राज्यसत्ता खोसिएको छ, ती त्यो ठाउँका आदिवासी हुन् ।
  • यस अर्थमा वर्तमान राज्यसत्ता भनेको गोर्खा (पूर्वराजा ज्ञानेन्द्र शाह)को राज्यसत्ता हो ।
  • यो भन्दा पहिलेको राज्य सत्ता भनेको डोटी रैका राजवंशको राज्य हो । त्यसैले डोटी राज्यका राजा.रजौटा,रैती ,नागरिकहरू सबै यो कैलाली कंचनपुर क्षेत्रका आदिवासी हुन् ।

त्यस्तै आदिवासीको आफ्नै पहिचान हुन्छ भनिएको छ । यसको सवालमा कुरा गर्दा डोटेली नागरिकका आफ्नै मौलिक पहिचान पनि छन् ।

  • डोटेली भाषा छ ।
  • डोटेली पहिरन (झगुलो, झगुली, गामन, चोलो) खवाई (गतानी डुप्का, घरेमडा, फौने माड़ा) देउडा ,गौरा ,फाग, चैत , भारत ,हुड्केली जस्ता संस्कृति छन् ।
  • मूख्य, रजवार,राजा, कटवाले,फौदार जस्ता राजनीतिक पद छन् । आफ्नै वैदिक संस्कार छ, आज यी मौलिक पहिचानहरु गोर्खा राज्य सत्ताको पुर्बाग्रही र हेपाहा सोचले गर्दा हराउँदै गएका छन् । डोटी राज्यका सबै डोटेली नागरिकहरु सुदूरपशिमका नौ जिल्ला सहित कुमाऊ गडवाल सम्मनका आदिवासी हुन् । यो भूमिमा यिनका पूर्वजको हजारौ बर्षदेखी वसोबास हुँदै आएको छ । आई.एल.ओ महासन्धिले आदिवासीलाई अधिकार दिनु पर्छ भनेर किटान गरेको छ । आदिवासीहरुको भूगोलमा रहेको
  • जल,
  • जंगल,
  • जमिन सम्बन्धि राज्यले कुनै पनि नीति नियम बनाउँदा वा कार्यान्यन गर्दा त्यो ठाउँका आदिवासीहरुलाई राखेर उनको उपस्थितिमा बनाउँनु पर्छ भनेको छ र जल,जंगल,जमिनबाट आएको राजस्वको केही अंश ती आदिवासीको उत्थान र विकासमा खर्च गर्नु पर्छ भनेको छ । महासन्धिले व्यवस्था गरेको यो अधिकार लिन आफू यहाँको आदिवासी भएको नाताले तत्कालिन डोटी राज्यका सम्पूर्ण नागरिकहरू जागरुक बन्नु पर्छ, आफ्नो हक अधिकार स्थापित गर्न आवाज उठाउँदै अघि सर्नु पर्छ । यो अधिकार अनुसार राज्यबाट पाउँनु पर्ने सुबिधा डोटी राज्यका नागरिकले राज्यबाट लिनु पर्छ । यस भूगोलका बिपन्न र पछाडी परेको कुनै जाति , समुदायको उत्थानकोलागि खर्च गर्नु पर्छ । यो कुरामा सबैको ध्यान जानु आबस्यक छ । तत्कालिन समयमा डोटी राज्य दक्षिणमा भारतको लखनउ, सिंगाही सम्मनको भूमिमा फैलिएको थियो । २२से/२४से राज्यको एकीकरण अभियानको सुरुवात गर्ने गोर्खाका राजा पृथ्वीनारायण शाहको बि.स १८३२ मा स्वर्गारोहण भए पछि उनका पहिला पुत्र प्रताप सिंह शाह दुई बर्ष राजा भए यिनको २५ बर्षको कलिलो उमेरमा बि.स १८३४ मा स्वर्गारोहण भयो । यस पछि पृथ्वी नारायण शाहका दोस्रा पुत्र बहादुर शाहले बि.स १८३४ देखि १८५१ सम्मनको बिजय अभियानबाट नेपाललाई बिशाल बनाएका थिए । यो भूमि २२से २४ से राज्य बिजय गर्दै आएको गोर्खा राज्यले डोटी राज्य बिजयसँगै डोटी राज्यको भूगोल दक्षिणमा इलाहाबाद सम्मन लियो र पश्चिममा कुमाउँ गडवाल सम्मनको क्षेत्र गोर्खा शासकले बिजय गर्दै नेपाललाई बिशाल बनायो । गोर्खा शासकको बिशाल भूमिको राज्य झन्डै २४/२५ बर्ष मात्र कायम रहन गयो । गोर्खा शासन कालमै इस्ट इन्डिया कम्पनि भनिने अंग्रेजले सन् १ नोवेम्बर १८१४ ( बि.स १५ कार्तिक १८७१ ) मा नेपालको बिरुद्द विधिवत रुपमा युद्दको घोषणा गरेपछि नेपालको तराईको ठूलो भूभाग पश्चिममा कुमाउ गडवालको क्षेत्र इस्ट इन्डिया कम्पनिले बिजय गरेर लियो । यही युद्दको दौरानमा सन् २ डिसेम्बर १८१५ (बि.स.१८७२ साल ) मा नेपालको तर्फबाट राजगुरु गजराज मिश्र ,चन्द्र शेखर उपाध्याय र अंग्रेजको तर्फबाट क्यप्टन परिस ब्राद्शावले एक अर्काको भूमिमा अब युद्द नगर्ने भन्दै सन्धि गरे पछि नेपालको तराई क्षेत्रको ठूलो भूमि त्यो समयको इस्ट इन्डिया कम्पनिको भयो ।[१] यो बिषयमा नेपालको चित्त दुखेको नेपालका राजाले गुनासो गरेकोले अंग्रेजले सन् ८ डिसेम्बर १८१६ (बि.स ४ पुष १८७३ ) मा मकवानपुरमा भएको अर्को सन्धि अनुसार पुर्बी नेपालकोतराई भूमि दियो । राप्तीदेखि महाकालीसम्मको सुगौली सन्धिबाट गुमेको तथा नँया मुलुक मानिने बाँके ,बर्दिया ,कैलाली र कंचनपुर पुरस्कार स्वरुप विधिवत रुपमा नेपाल लाई सन् १८६० तथा बि.स.१९१७ मा फिर्ता गरेको थियो ।

कमैया / कम्लहरी र थारु / पहाडी जिम्दार[सम्पादन गर्ने]

कमैया र कम्लहरी भनिने शब्दहरु थारु भाषाका मौलिक शब्द हुन् । पहाडी समुदायमा कमारा-कमारी भने जस्तै थारु समुदायमा कमैया-कम्लहरी भनिएको हो । कमारा-कमारी जस्तै थारु समुदायमै जन्मेको कलंकित र अमानबिय प्रथा कमैया र कम्लहरी प्रथा हो । थारु समुदायमा हुने खाने थारुले नहुने गरिब थारुलाई बर्ष दिनको लागि केही जग्गाको आयस्था र खाने अन्न दिएर बर्षभरी एक थारुले अर्को थारुलाई हलो जोताउँने दास बनाएर राख्ने उसकी श्रीमतीलाई बुकरहीको रुपमा र छोरी लाई कम्लहरीको रुपमा काम गराउँने चलन थारुहरूबाटै आएको र थारु समाजमै रहेको चलन थियो । यस्तै पहाडी समुदायमा पनि धनि मानी मानिनेहरूले पहाडमा हलिया भनेर केही रकम दिने र त्यसको ब्याजमा दलित समुदायको कुनै मान्छेलाई हलो जोताउँने गर्दथे । यसरी हलो जोत्ने मान्छे हलो जोतेको दिन आफ्ना मालिकको घरमा खान पाउँथ्यो । दलित भएको नाताले उसको पानी उपल्लो जातिको लागि चल्दैनथ्यो । पहाडी समुदायका मान्छेहरु जब थारु समुदायमा बस्न थाले तब तिनले सस्तोमा बर्षदिन कामगराउँन पाईने पानी पनि चल्ने काम पनि धेरैगर्ने देखेर थारु बस्तीका कमैया र कम्लहरीलाई पहाडी जिम्दार र हुने खानेहरूले थारुहरूको जस्तै सुबिधा दिएर राख्न थालेका हुन् । यस पछि पहाडी समुदायका जिम्दार र हुने खानेका घर घरमा पनि कमैया कम्लहरी देखिन थालेका हुन् । यस्तै अर्को प्रसंग छ । थारु गाउँका मौजा चलाउँने महतौ जिम्दारको यस बिषयमा कुरा गर्नु पर्दा, कैलाली जिल्लाको हंसुलिया उत्तर बसौटी क्षेत्रका देशराज थारुको लिन सकिन्छ । उनको समयताका उनि थारु गाउँका महासामन्त थारु थिए । उनको बारेमा जानेका बुझेका बुढापाका थारुहरुको भनाइ अनुसार

  • उनको मौजामा बसोबास गर्ने विवाह भएको कुनै पनि नयाँ दुलहीले देशराज नामका ती थारु जिम्दारलाई विबाह भएको सुरुका दिनहरुमा आफ्नो हातले खाना पकाएर खुवाउँनु पर्ने अनि उनिसँगै केही दिनका रातहरू बिताउँनु पर्ने हुन्थ्यो । यस्ता कुसंस्कार पनि थारु बस्तीमा हुने गर्थे । यी केही उदाहरण मात्र हुन् । खोजि गर्दै गए
  • धनि र टाँठा-बाँठा थारु-पहाडीले गरिब लाटा-सोझा थारु-पहाडीलाई गरेका अन्याय अत्याचारका यस्ता धेरै बिकृतिहररू थारु-पहाडी गाउँ-घरमा थिए भनेर धेरै उदाहरणहरु भेटाउँन सकिन्छ । यी मात्र होइन तत्कालिन अवस्थामा
  • भारतीय डाँकाको आतंक ,भारतीय महाजन भनिने ब्यापारी ,मुन्सी, दारु भट्टी चलाउँने गद्दिवालाहरूबाट थारुहरूको चरम रुपमा हत्या, लुटपाट,शोषण, दमन अत्याचार कैलाली कन्चनपुरमा थियो । पहाडका विभिन्न स्थानहरूबाट बसाईसरी आउँनेहरूको चाँप कैलाली कन्चनपुरमा जब बढ्दै गयो । थारुहरूबाट जग्गा किनेर बसेका होउन वा तत्कालिन पंचायती सरकारबाट पुनर्वास भन्दै कटान कटायर नेपाल र भारतको बोडर कैलालीको फुलवारी कन्चनपुरको बेलौरी दक्षिणको पुनर्वास जस्ता स्थानहरुमा राखिएका होउन यिनै पहाडीहरूले
  • भारतीय डाँका,
  • महाजनहरूलाई कैलाली, कंचनपुरबाट बिस्थापित गरेका थिए ।
  • यहाँ थारु-पहाडी भन्ने भेदभाव ,रिस राग थिएन ।
  • थारु पहाडीका बीचमा सामाजिक सद्भाव कायम गरेर, दाजु ,भाइ भएर बसेका थिए ।
  • कम जमिनमा धेरै अन्न फलाउँन रोपाई, मलजल गरि खेतिपाती गर्ने तौर-तरिका. सरसफाई, लवाई खवाई, सभ्यता एक अर्कामा सिकाउँने गर्दथे । आजको नयाँ पिडिले यो कुराको मनन नगरी पहाडी समुदायका मान्छेहरू प्रति गलत भ्रम फैलाउँनु, हाम्रो जग्गा हड्पेर लियो, ढाँट्यो, ठग्यो, थारुहरुलाई दास बनायो भनेर झुटो कुरागर्नु सामाजिक अपराध हो ।
  • आज कैलाली र कन्चनपुरमा थरुहट र थारुवान राज्य खोज्नेहरूले यस्ता गलत कुराहरूलाई आफ्ना मुद्दा बनाएको भेटिन्छ । यस्तै गलत मुद्दाको जगमा सल्केको आगोको राँपले फलाम तताएर पिट्ने र कुनै आकार दिने मनसाय हो भने गलत किसिमले सल्केको आगोमा तातेको फलाम पिट्दा पिट्दै फुट्ने छ र काम नलाग्ने हुने छ अनि त्यसलाई फ्याक्नु पर्ने छ । त्यसैले विचार गरौ, सोचौ, बुझौ कुनै एक /दुई जनाले कहिँ कतै कसैलाई अन्याय गरेको हुन् सक्छ । त्यस्ता मान्छेको कुरा लिएर सद्भाव बिगार्नु हुँदैन । राम्रा नराम्रा मान्छे सबै जाति समुदायमा हुन्छन् । हामी सबै नेपाली हौ, हाम्रो भावना पनि नेपाली हुनु पर्छ । मिलेर बस्नु कल्याणको बाटो हो । यसैमा सबैको भलो छ ।

कैलाली कंचनपुरमा जग्गा नाप नक्साको इतिहास[सम्पादन गर्ने]

बि.स १९९० साल भन्दा पहिले जिम्मावाल ,बिर्ता, तप्पा र रैकर भनेर भोगचलन हुने गरेको जग्गा बि.स १९९० र २०१३ सालमा दुई पटक कैलालीमा मौजा नापी गरेर यहाँ देखि त्यहाँ सम्मन खोला नाला स्थानलाई सिमाना मानेर विभिन्न व्यक्तिलाई मौजा दिईएको थियो । १९९० को मौजा नापीको खासै आधार नभेटिए पनि २०१३ को मौजा नापीका केही नापनक्सा भएका आधार कैलालीमा भेटिन्छन् । बि.स २०२१ सालमा कैलालीमा जग्गाको नापनक्सा गरेर भोग चलन गर्नेको नाममा जग्गा हालिएको हो भने कन्चनपुरमा मौजा नापी भएको थिएन् । कन्चनपुरमा बि.स २०२४ सालबाट जग्गा नापनक्सा गरेर भोगचलन गर्नेको नाममा जग्गा हालिएको हो । यसै समयबाट कैलाली कन्चनपुरका किसानहरू जग्गा धनि बनेका हुन् । त्यो समयमा मालपोत र नापी कार्यालय राजस्वसँग सम्बन्धित भएकोले अर्थमन्त्रालय अन्तर्गत राखिएको थियो ।[२]

कैलाली कन्चनपुरमा पहिलो निर्वाचन[सम्पादन गर्ने]

कैलाली कंचनपुरको पहिलो जननिर्वाचनमा रहेको जनसङ्ख्याको कुरा गर्दा यहाँको जनसङ्ख्या त्यो समय न्यून देखिन्छ । किन भने यहाँ स्थाई रुपमा बसोबास गर्ने मान्छे धेरै कम थिए । २०१५ सालको आम निर्वाचनमा मुलुकभर १ सय ९ क्षेत्र थिए । जसमध्ये अहिलेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र (कर्णाली पश्चिम) मा ९ वटा निर्वाचन क्षेत्र मात्र थिए । ती ९ वटा मध्ये कैलाली र कन्चनपुरमा एउटा मात्र निर्वाचन क्षेत्र थियो । जहाँबाट नेपाली कांग्रेसका नेता मुसिकोटे कल्याल लोकेन्द्रबहादुर शाह निर्वाचित भएका थिए । त्यतिबेला कैलाली कन्चनपुरमा खासै स्थायी बसोवास थिएन् । पहाडबाट धेरै जस्ता पशुपालक र सिकारीहरू यहाँ गोठ बनाएर अस्थाई रुपमा बस्थे भने भारतबाट अहिर भनिनेहरू अहिलेका राउटेजस्तै फिरन्ता जीवन बिताउँदै कहिले काहिँ यस भू–भागमा आँउथे । यो भू–भागमा सबैभन्दा पहिले खेतीपाती लगाएर स्थायी रुपमा घर टहरा बनाएर बसोवास गर्ने बडायक, राउत, राना र कठरियाथारु हुन् । त्यसपछि क्रमिक डगौराथारु र सुदूरपश्चिमको पहाडी समुदायका पहाडका मान्छेहरूनै हुन् । त्यसपछि क्रमिक सबैको आगमन भएको हो । आज चारजात छतीस बर्णको साझाफुलवारी भएर रहेको यो सुदूरपश्चिम हामी सबैको साझा भूमि बनेको छ । हामीले मिलेर बस्नु मिलेर रमाउँनु पर्छ । आदिवासीको हिसाबले कुरा गर्ने हो भने डगौरा थारुहरू पहाडीया भन्दा निकै पछि कैलाली र कन्चनपुरमा आएका हुन् र बसोबास गर्न थालेका हुन् । खासगरी धेरैजसो दगौरा थारुहरू २०२१ सालमा चलेको जग्गा नापी र विश्व स्वास्थ्य सङ्गठनको सहयोगबाट भएको मलेरिया तथा औलो उन्मुलनपछि कैलाली कन्चनपुरमा बसोवास गर्न थालेका हुन् । थारुहरू सँग-सँगै मुलुकका सबै जिल्लाका मान्छेहरूको बसोवास कैलाली कन्चनपुरमा हुन थाल्यो । यो बसाई सराई हुँदै बृदिभएको थप जनसङ्ख्याले यहाँको वनजंगल जंगली जनावर व्यापक रुपमा सकिदै र नासिदै गए २०४० साल यता पूर्व-पश्चिम राजमार्ग बने पछि यहाँ बसाई सरेर आउँनेको संख्यामा अझै बृदि हुँदै गयो । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सक्रियतामा पूर्व-पश्चिम राजमार्गको निर्माण सम्पन्न भएपछि र कर्णालीनदीमा पूल बनेपछि कैलाली कन्चनपुर क्षेत्रमा शहरीकरण सुरु भयो । मुलुककै आकर्षक बसोवास स्थलका रुपमा यो क्षेत्रको विकास भयो । नेपालमा संघीय राज्यको बिषयमा कुरा उठे पछि मुख्य तया माओबादी युद्द पश्चात आफ्ना अधिकारका लागि आफ्नो पुर्खेउली थात - थलो खोज्न थालियो । माओबादी युद्दको समयमा कैलाली कन्चनपुरका थारुहरूलाई उनको बस्ति भएको स्थानमा उनको राज्य हुने भनेर उस्काहट गरिएको थियो । थारुहरूलाई विभिन्न सपना देखाईएको थियो । इतिहासको बास्तबिकता बुझिएको थिएन । हल्का रुपमा बुझ्नेहरूले कैलाली कंचनपुरलाई आफ्नो उत्पति थलो आफ्ना बाबु बजेको बिर्ता देख्न थाले, यो आफ्नो पुर्खाको बिर्ता भएको आफू त्यहाँको भूमि पुत्र भएको भन्दै गलत तर्क गर्न थाले । यही समयमा प्रदेशको सीमांकनको समाचार दिने क्रममा केही मिडियाहरूले वास्तविक इतिहास र सत्यता नबुझेर इतिहास नबुझेका व्यक्तिको कुरालाई आधार मानेर कैलाली–कन्चनपुर भनेको थारुकै पुरानो थातथलो हो भन्ने गलत प्रचार बाजी गरे । आई.एल.ओ.महासन्धि अनुसार आदिवासीको लागि व्यवस्था गरिएको अधिकारको पैरवी गर्नेहरूले थारुहरुलाई गलत सपना बाँडे एन.जी.ओ./ आई.एन. जी. ओ. यिनै बिषयमा सचेत गर्न थारु बस्तिका गाउँ घर छिरे तर यहाँको वास्तविक इतिहाससँग सम्बन्धित यो भूगोलको आदिवासी मानिने तत्कालिन डोटी राज्य अन्तर्गतका डोटी डडेल्धुराको मान्छेलाई जागरुक गर्ने कुनै पनि संघ-संस्था भएन किन भने ती जनजाति भित्र परेनन् र गलत आफ्बाह फैलाउँनेहरुको नजरमा आदिवासी पनि भएनन् । वास्तबमा भन्ने हो भने, डगौरा (चौधरी ) थारुहरुको थात थलो भनेको दाङ - देउखुरको आसपास हो । किवदन्ती अनुसार त्यहाँका दैङीशरण भन्ने थारु राजालाई सल्यानी राजाले बन्दी बनाएर दाङ कब्जा गरेको बताईन्छ । दंगीसरणराजा हुन् वा त्यहाँका थारुबस्तीका बड्घरमानिने स्थानिय प्रशासन चलाउँने प्रशासक हुन् त्यो पुस्टि हुने आधार छैन तर सल्यान राज्यअन्तर्गत रहेको दाङलाई बहादुर शाहले नेपालमा मिलाएका हुन् । जहाँसम्म कैलाली–कन्चनपुरको कुरा हो, यहाँका केही गाउँ ,टोल क्षेत्रमा जातिय जनसङ्ख्या कमि र बेसी कुनै जाति बिशेषको होला तर अधिकांस गाउँ, टोल क्षेत्रमा थारुहरुको बाहुल्यता छैन् ।

  • राष्ट्रिय जनगणना २०६८ अनुसार कैलाली, कंचनपुरमा जातिय जनसङ्ख्याको कुरा गर्ने हो भने कैलाली कन्चनपुरको जम्मा जनसङ्ख्या १२ लाख २६ हजार ९ सय ५७ हो ।
  • यस मध्ये कैलाली कन्चनपुरमा राना र डगौरा थारुहरूको मात्र जनसङ्ख्या ४ लाख ३७ हजार ९ सय ९६ छ । रानाथारु कैलाली कंचनपुरको आदिवासी हो र उसको माग थरुहट राज्य छैन । उसले आफ्नो अधिकार र पहिचान मात्र खोजेको भेटिन्छ ।

कैलाली कन्चनपुरमा थारुको यो जनसङ्ख्यालाई रानाथारु र डगौराथारुमा छुट्टयाउँदा[सम्पादन गर्ने]

  • कैलाली कन्चनपुरमा डगौरा (चौधरी) थारुको मात्र जनसङ्ख्या २ लाख ७१ हजार ५ सय ८३ छ ।
  • त्यस्तै कैलाली कन्चनपुरका राना थारुको जनसङ्ख्या १ लाख ६६ हजार ४ सय १३ छ भने
  • कैलाली कन्चनपुरमा अन्य समुदायको जनसङ्ख्या ७ लाख ८८ हजार ९ सय ६१ छ ।
  • यो अवस्था रहेको कैलाली कंचनपुरमा जातिय सामाजिक सद्भाव बिगार्दै एउटा जातिको नाममा थरुहट राज्य हुनु पर्छ भन्नु मुर्खतापूर्ण माग हो । किन भने यहाँको इतिहास माथि बताई सकिएको छ ।
  • ऐतिहासिकताको आधारमा भन्ने हो भने यो क्षेत्रको भूमि डोटी राज्यसँग सम्बन्धित राजा /रजौटाहरूको विर्ता थियो ।
  • अहिले के देखिरहेको छ भने जो जसले २०३६ साल वा त्यसभन्दा केही वर्ष अघि पछि कैलाली कञ्चनपुर प्रवेश गरेर नागरिकता लिएका छन् । तिनीहरु नै आदिवासीको आधिकार चाहियो भन्दै बढी आन्दोलित भएका छन् । थारुको हकमा त्यही देखिएको छ ।
  • कैलाली कन्चनपुरमा दाङबाट २०२१ साल अघि आएका थारुहरु पहाडियासँगै मिलेर बसेका छन् ।
  • २०३६ सालसम्म आएका थारुहरू पनि सहिष्णु छन्, तर त्यसपछि आएका संकुचित दृष्टिकोण राख्ने राजनीतिक जातिय अधिनायकवादको दिवासप्ना देख्ने कैलाली र कन्चनपुरका थारुहररूलाई भने आदिवासीको अधिकार र अग्राधिकार (केही अवधी सम्मन राज्यका हरेक निकायमा जातिय नेतृत्व गर्ने अधिकारको व्यवस्था) सहितको जातिय छुट्टै थरुहट राज्य चाहिएको छ ।
  • आज यिनै बढी आन्दोलित छन् । यिनैले सोझा साझा थारुहरुलाई आन्दोलित हुन् सामाजिक सद्भाव बिगार्न विभिन्न खाले भ्रम फैलाई रहेका छन्, । यसलाई नेपालका नेता भनौदा आफू संगठित राजनीतिक पार्टीसँग थरुहट र मधेशी शब्द जोड्नेहरू मध्ये केहिले आफ्नो राजनीतिक स्वार्थको लागि मलजल गरिरहेका छन् ।
  • एनजीओ /आई एन जी ओ मा लागेका थारुहरूले समाजमा सद्भाव कायम गर्ने भन्दापनि सद्भाव बिगार्ने काम गरेको पाईन्छ । जनजाती थारुको नामबाट चलेका केहि एनजीओ यो कार्यमा लागेको र यिनै एन जी ओ मा लागेका केहि थारु हरु ले सोझा थारुलाई बहकाउने गरेको  देखिन्छ । यसैले यी एन जी ओ हरुको निगरानी र कारबाही गर्नु आवस्यक छ ।

डोटी राज्यसँग सम्बन्धित लिखित प्रमाणहरू[सम्पादन गर्ने]

गोर्खाले डोटीराज्य विजय गर्नु पहिलेका डोटीराज्यका अभिलेखहरू कैलाली कंचनपुरमा अझै जीवित छन् । जुम्लाबाट डोटी आएका राजालाई रैका (राईका) राजा भनिन्थ्यो । रैका भन्ने शब्द यी राजाका वंशजले आफ्नो नामसँग जोड्ने गर्दथे । कैलाली कंचनपुर सम्बन्धि रैका राज्यका अभिलेख र प्रमाणित आधारको सवालमा कुरा गर्नु पर्दा यी तथ्यहरूलाई लिखित प्रमाणको रुपमा हेर्नु पर्छ ।

  • " शाके १६०० समय कार्तिक शुदी श्री महाराजा धिराज श्री रैका बिक्रम शाह पदंचिरंजयातु श्री रैका ज्युले पायाले माँया चितोई नारोतम बडायक लाई डहाउलो(त्यो समयको तराई भूमि) पायो श्री बिक्रम शाहकी सन्ततिले खुवाउनु नरोत्तम बडायक कि सन्ततिले खानु जो कोइ छ्डाई हाल त त्यो अनाबरतको हो | अत्र साँक्षी चन्द्र सूर्य भुमंडलका साक्षी मन्धता गुसाई ज्यू,शिव दास साउन,भिजा भण्डारी ,राम देउबा ,मथुरा बोगटी रजवार, बगिरथ बिष्ट,मानसिंह भट ज्यू शुकेशर बिष्ट प्रताप साउन लिखित साँक्षीहरु जोइसि लिखित पन्त नरदेव अन्यथा नास्ती जो त्यो कुमौनी .............।" भन्ने बेहोराको यो ताम्रपत्र यसको प्रमाणित लिखित प्रमाण हो । यो ताम्रपत्र कंचनपुर जिल्ला झलारीको कलुवापुरमा बसोबास गर्ने पसोदा बडायकसँग अझै सुरक्षित छ ।
  • " शाके १६१२ समय जेष्ठ शुदी २ श्री महाराज धिराज श्री रैका मन्धता शाह पदंचिरंजयातु श्री रैका ज्यू पायाले माँया चिताई परग्या गैरले गैरपता माथि लक्षमण पन्त ज्युको हुनु गडो सुद्दा पायो माल मुखिलाको अधिकार पायो अत्र साँक्षी श्री रघुनाथ शाही गुसाई ज्यू शिव दास साउन ,भिजा भण्डारी ,राम देउवा रजवार ,मथुरा बोगटी रजवार दशरथ पनेरु ज्यू ,हरिकेश भट ज्यू नेव श्याम बिष्ट लिखित साँक्षी दसरथ जोइशि ज्यू लिखित पन्त नरदेव कडारित ...." (यजयमहरू डडेल्धुरा डाडोलोका जय बहादुर ऐर सँगको ताम्रपत्र अनुसार ) उल्लेख डोटी रैका राजा मन्धता शाहले लक्षमण पन्त लाई माल पहाडको अधिकार पत्र दिएको यो प्रमाण हो । त्यस्तै
  • " शाके १६०२ समय कार्तिक सुदी १५ बुदवासरे श्री महाराजा धिराज रैका श्री बिक्रम शाही पदाशीरि चिरंजयातु श्री बिक्रम शाह देव ज्युले माँया चितोई नारद पन्त ज्युले हमरा डोटी माल पर्बतको दफ्दारी काम पायो । हमरा घरको गुरु पदवी लै पायो । हमरा सन्तानले नछुटाउनु ,नारद पन्त ज्युका सन्तानले गर्नु अत्र साँक्षी रैका सहिब गुसाई ज्यू ,भुमंडलका साँक्षी मन्धता शाही गुसाई ज्यू ,शिव दास साउन ,भिजा भण्डारी ,मथुरा बोगटी रजवार ,गंगा पनेरु ज्यू ,नाम कठायत ,नागी बिष्ट लिखित साँक्षी दशरथ जोइशि ज्यू अन्यथा नास्ती खस्तीबर्ष स्हरानी बिस्टया जायते क्रमि । पाषाने छियेते , रेखा समुंद्रे छियेते ,जल प्रिथिब्या छियेते रेणु मल्ल भाषा नाछियेते .... " (डोटी जिजिमोडामाडौ ८ जैनोला निवासी पुर्ब मन्त्रि शिव राज पन्तसँग रहेको यो ताम्रपत्र अनुसार ) मा डोटीका नारद पन्तलाई डोटी रैका राजाले माल पर्बतको दफ्दारी काम दिए भन्ने व्यहोराको यो अभिलेख हो । यस्तै
  • " श्री शाके १६४७ समय श्रवण सुदी १४ श्री महाराजा धिराज श्री रैका रघुनाथ शाह पदंचिरंजयातु श्री रैका ज्यू पायाले माँया चितोई हरिपुर पर्गना माथि तुल भण्डारीको हुनो ,पुडाकी आड भण्डारीले ढाली बोलि दिनु श्री ज्युले पत्र गरि दिनु अत्र साँक्षी चन्द्र सूर्य भुमंडलका साँक्षी श्री हरि शाह गुसाई ज्यू बिज पनेरु ज्यू ,कारण भट्ट ज्यू रंगी साउन ज्यू ,नैदा भण्डारी ,बिर देउबा ,प्रताप बोगटी रजवार, तिखा राउत,बयाल रे सिंह बिष्ट लिखित साँक्षी केशव पन्त ..." (डडेल्धुरा दुङ्गरि साहित्यकार आर डी प्रभात चटौतसँग रहेको प्रमाण) डोटी राजा रघुनाथ शाहले तुला भण्डारीलाई हरिपुर पर्गना दिएको अभिलेख जस्ता प्रमाणित मानिने यस्ता लिखित आधारहरु कैलाली कंचनपुरसँग सम्बन्धित तत्कालिन डोटी राज्यका प्रमाणहरू छन् । यी आधारहररूले कैलाली कंचनपुर सम्बन्धिको इतिहास प्रस्टै पारी दिएको छ ।

डोटी राज्यसँग थारु जातिको सम्बन्धको सवालमा भन्नु पर्दा राना थारू (थारु) समुदायको बडायक भन्ने थर बड्घरको पर्यायवाची शब्द हो । बड्घर(बडा+घर)ले ठूलो घरको संकेत गर्छ भने बडायक (बडा+एक )ले ठूलो एक व्यक्ति भन्ने बुझाउँछ । बडायक भन्ने ठूलो त्यो व्यक्तिको त्यो पद तिनको थरमा परिणत भएको हो । त्यसैले राना थारू (राना) बस्तीमा बडायक लाई अन्य भन्दा ठूलो जाति मानिन्छ | भलमन्सा (भलो+मान्स ) सबैको भलो गर्ने मान्स (मान्छे) हुन्छ । यस कारण बड्घर(बडा+घर) तथा भलमन्सा (भलो+मान्स ) सबैको भलो गर्ने मान्स (मान्छे) भएकोले थारु बस्तीमा यो पदमा बस्ने मान्छे सम्बन्धित गाउँको सल्लाहबाट प्रत्येक बर्ष (थारु नयाँ बर्ष माघी) मा छनौट गर्ने गरिन्छ । बड्घर होस् वा भलमन्सा होस् उसले एक बर्ष आफ्नु गाउँ बस्तीमा न्याय दिएर सबैको चित्त बुझ्दो गरि सामाजिक कामहरु गर्नुपर्छ । चाकर (चौकीदार)ले समाचार यताउता पुगाउँने गरि हुँलाकीको कामगर्छ भने त्यो गाउँमा गुरुवा /भर्रा भन्नेले टुनामुनाको कामगर्ने परम्परागत चलन थारु बस्तीमा छन । पदिय शब्द फरक भएपनि डगौरा र रानाथारुमा रहेका यी प्रचलनले यिनको मौलिकता दर्साउँछ । यिनको संस्कृतिले ,यिनको बोलि ,भेषभुषाले यी आज केही फरक जस्ता देखिए पनि वास्तबमा भन्ने हो भने यी कुनै समयका एकै कुल घरानाका हुन् । राम र कृष्णसँग सम्बन्धित यिनका गीत. नाँच, कथा, कहाँनीले यी मंगोल पनि होइनन, मुसलमानका शाखा सन्तान पनि होइनन् । यी त्रेता र द्वापर युगका अयोध्याका राजा राम र मथुराका राजा कृष्णको राज्यका रैती हुन् । ति राज्यमा मनोरंजन दिने सेवा चाकरी गर्ने नागरिक हुन् । यी हिन्दू हुन् यो भारत खण्ड भनिने भूगोलका आदिवासी हुन् । यहाँका सूर्यवंशी,चन्द्रवंशी राजासँग सम्बन्धित व्यक्ति हुन् । कुरूक्षेत्रको लडाई होस् वा महाभारतको लडाई होस् त्यो युद्दमा यिनका पूर्वजको पनि संग्लग्नाता थियो । यो भारतखण्डको पहाडमा बसेका होउँन वा तराईमा बसोबास गरेका हुन् । यी सबै एकै दल-बल र सङ्गठनका सन्तति हुन् । त्यसैले यिनमा विभेद भन्दा पनि आत्मिय एकता हुनु पर्छ ।

डोटी क्षेत्रमा राजसत्ता संचालन गर्ने दुई शक्तिशालि राज्यको चिनारी[सम्पादन गर्ने]

डोटी क्षेत्रमा १४औं सताब्दी सम्म तथा १५औं सताब्दी पूर्व राज्य गर्ने दुई शक्तिशालि नामचलेका राजपरिवार थिए । यी दुवै एक अर्काका बैबाहिक इस्टमित्र मात्र थिएनन् । राज्यसत्ताको लागि एक अर्काका दुस्मन पनि मानिन्थे । यसमा

  • एक कत्युरी राज्यमुकमबाट फैलिएका कत्युरी राजवंश वंशजका थिए । कत्युरी राज्यकाहरू कार्तिकेय देवतासँग सम्बन्धित थिए भने
  • अर्को राजाको वंशज जुम्लाबाट फैलिएकाहरु रैका (राईका) भनिने मस्टो देवतासँगरैका रैका राजवंश सम्बन्धित थिए ।

यी दुबैको बिषयमा गहिराई विश्लेषण नगर्ने इतिहासकारहरुबाट मनगणन्ते अनुमान र भ्रम सिर्जना गरेर डोटीको राजनीतिक इतिहास गोलमाल बनाईएको छ । गलत ब्याख्या गरिएको छ । डोटीमा राज्य गर्ने कत्युरी राजाको बिषयमा गहिराई खोतल्न नसकेर कुमाऊँका इतिहासका लेखक बद्रीदत्त पाण्डेले आफू जेल जीवन बिताई रहेको अवस्थामा डोटीबाट मगाएको भनिएको र उनको अनुमानको रैका राजा नागी मल्ललाई कत्युरीसँग जोडेर लेखेको वंशावली गलत हुँदा हुँदै पनि त्यसैलाई आधार मानेर कोठामा बसेर लेख्ने कोठे लेखक, गहिरो ज्ञान नभएका अलि अलि सतही ज्ञान भएका टपरट्युयाँ लेखक र डोटी क्षेत्रको इतिहास सत्य-तथ्य बिश्लेष्ण गर्न नसकी डोटीको कत्युरी राजाको वंशज मानिने डोटी तल्लो बोगटानको मोहन्याल कुलदेवता भएका ठकुरीहरूको ऐतिहासिक पृष्ठभूमि नहेरी लेख्ने विद्वान महोदयबाट डोटी क्षेत्रको इतिहास गोलमाल हुन् गएको छ । यही गोलमालका गलत कुराले धेरै इतिहासका पुस्तकका पानाहरु रंगिएका छन् । यो कुरामा सुधार गर्नु जरुरि छ । डोटीमा राज्य गर्ने कत्युरी पाल र जुम्लाका रैका दुवै राजखलकको ऐतिहासिक लहरो सत्य-तथ्य आधारमा अडेर खोतल्ने धेरै प्रमाण अझै हाम्रो समाजमा बिध्यमान छन् । यो कुरालाई इतिहासका विद्यार्थी, शिक्षक, बुद्दिजिबि, राजनीतिज्ञ, इतिहासमा रुचि राख्ने व्यक्ति सबैबाट यसको सत्यता हेर्नु र जान्नु जरुरि छ । गलत भन्दा पनि सत्य र तथ्यकुरा बाहिर ल्याउँनु पर्छ । कुमाऊं कार्तिकेयपुरी राज्यको बस्तुस्थिति हेर्नु पर्छ । जागेश्वर र बागेश्वरमा राखिएका पुरातत्वविदहरुका शिलालेखमा लेखिएको महत्वपूर्ण लेखको बिश्लेष्ण गर्नु पर्छ । प्राचीन इतिहासको ब्याख्या, वेद, पुराण, समाज ,संस्कृति, संस्कार र भेटिएका प्रमाणित प्रमाणमा आधारित भएर निष्कर्ष निकाल्नु पर्छ ।[३]

निष्कर्ष / निचोड[सम्पादन गर्ने]

प्रजातन्त्रमा प्रजाको भावना अनुसार राज्य संचालन हुन्छ । जन उत्तरदायी सरकार हुन्छ । राज्यको कानुन जनचाहना अनुसार बनाईएको हुन्छन । यसै कारण राज्यका सबै जात-जाति, भाषा-भाषिका मान्छेहरूमा हौसला र खुसि छाएको हुन्छ । बहुमतको सत्ता हुन्छ, अल्पमतको कदर हुन्छ । यहाँ त त्यो देखिएन दुई तिहाई भन्दा ज्यादा बहुमत भएको विश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल भन्ने नेपालको पहिचान ६% क्रिचयन र मुस्लिमको आडमा हिन्दूहरूको बिरोधका बाबजुत पनि मेटाउँने प्रयास गरियो । ८१% कट्टर हिन्दू त्यसमा (ओम) कार समूहका सबैलाई मिलाउँने हो भने ९४% हिन्दू भएको देश नेपाललाई धर्म निरपक्षेराष्ट्र घोषित गरियो । नेपालमा खस आर्य मात्र छैनन् । यहाँ वैदिक आर्य पनि छन् भन्ने कुरामा राज्यबाट विचार पुगाउँने कार्य भएन । सबैलाई खस आर्य भनेर वैदिक आर्यहरू पहिचान नेपालको संविधान २०७२ को माध्यमबाट मेट्ने प्रयास गरियो । प्रत्येक जाति समुदाय भित्र रहेको निम्नवर्ग ,बिपन्न र सर्बहाराबर्ग भन्दापनि जातियताका मुद्दा उटाउँने जातिय राजनीतिगर्ने सिमित जातिका केही सम्पन्न धनि मानी पहुँच वालाको हितलाई घुमाउरो तरिकाले सम्बोधन गर्ने कार्य भयो । मधेशी र थारु भनेर जातिय राजनीति गर्ने मधेशी र थारुबस्तीका जिम्दार र हुने खानेहरूको हितमा अधिकार सुम्पने कार्य गरियो । आन्दोलनको नाममा बन्द ,हड्ताल गर्दै हत्या हिंशा मचाउँने देशलाई बन्दक बनाउँनेहरूलाई दण्डित गर्नुपर्नेमा तिनीहरुकोनै माग सम्बोधन गरि तिनैलाई शहिद घोषित गर्दै राज्यको ढुकुटी बाट तिनैलाई दश/ दश लाखका दरले पैशा बाँडियो । आवाज बिहिनहरूको आवाज सुन्ने, जनता ,बिषय विज्ञहरूको रायसल्लाह लिने, सबै कुरा बुझ्ने र त्यही अनुसार कार्य गर्नु पर्ने भन्दापनि देशनै मधेसी, थारु र जनजातिको हो भन्ने गलत आभाष जनताहरूलाई पारियो । संघीय राज्यको संरचना तयार गर्दा हिमाल,पहाड र तराई सहितको विकासकोलागि प्रयाप्त सम्भावना भएको कुरालाई प्राथमिकतामा राखेर हेरियन सम्बन्धित स्थानका जनताको माग, त्यहाँको वास्तविकता, आवस्यकता र प्रचुर सम्भाव्यता दूरगामी लक्ष्यलाई ध्यान दिएर संघीय प्रदेश निर्माण गर्नु पर्ने हो । यसमा बर्तमान राज्यले ध्यान पुगाउँन सकेन, प्रदेश न ६ यसको उदाहरण हो । प्रदेश न ७ प्रति पनि केही छोटा र खोटाहरूको कुदृष्टि परेकै हो,तिनीहरूबाट कुब्याख्या र कुभलो गर्ने प्रयास पनि भएकै हो तर पनि यहाँका राष्ट्रप्रेमी भूगोलप्रेमी, विकासप्रेमी जनता र नेताहरूको ठूलो संघर्षबाट सुदूरपश्चिमका नौ जिल्लाको संरचना यथावत रहेको छ । यहाँको इतिहास आजको होइन् । यहाँ हजारौ हजार बर्ष देखि बसोबास गर्नेहरूको इतिहासले यो भूमि भिजेकोछ । यहाँको इतिहास र सत्यता जाने बुझे हुन्छ । यहाँका प्राचीन र पुरातात्विक स्थलहरू यहाँको तराई र पहाडको भूमिमा पुगेर हेरे हुन्छ । कुमाऊ गडवालको कार्तिकेयपुरी राज्यका पाल राजाको इतिहास यहाँ जीवित छ । जुम्ला हुँदै डोटी प्रवेश गर्ने रैका (राईका) रैका राजवंश राजाको इतिहास यहाँ जीवित छ । यी राज्यसँग सम्बन्धित नागरिकहरूको मुसलमानसँगको युद्दहोस् वा कुमाऊ राज्यसँगको युद्दहोस्, यी र यस्ता तमामौ घटना क्रममा धेरै रगत पशिना कैलाली कंचनपुरको भूमिमा बगेको छ । यो भूमि यिनैको इतिहासले रंगिएको छ । सुदूरपश्चिमेलीहरू हिमाल घरको धुरी ,पहाड घर र तराई घरको आँगन सम्झन्छन् । त्यसैले आफ्नो घरको आँगनरुपी कैलाली कंचनपुरको ऐतिहासिक भूगोल सुदूरपश्चिमबाट टुक्रिनु हुँदैन भनेर आन्दोलित छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाल र इस्ट इन्डिया कम्पनिसँगको सन्धि सम्झौता
  2. कैलाली, कन्चनपुरको स्थलगत अध्यनबाट भेटिएका,जाने बुझेका आधार, प्रमाणहरू
  3. डोटी क्षेत्रमा भेटिने ताम्रपत्र ,अभिलेख ,भोजपत्रहररू

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]