सामग्रीमा जानुहोस्

कोइरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुशवाहा (कोइरी)
kushwaha (Koiri)
Koiri caste couple of nepal
जम्मा जनसङ्ख्या
३,५५,७०७ (नेपालको कुल जनसंख्याको १.२२%) २०२१ राष्ट्रिय जनगणना
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल,  भारत,  मौरिसस,  पाकिस्तान,  बर्मा,  बङ्गलादेश
भाषाहरू
मैथिली, नेपालीभोजपुरी
धर्महरू
हिन्दू धर्म १००% (२०२१)
सम्बन्धित जातीय समूह
अन्य इन्डो-आर्यन जाति र मधेशी समुदायहरू[][]

कुशवाहा (कोइरी) तराई मा वसोवास गर्ने एक उच्च जाति हो । नेपालमा कुशवाहा समुदायको जनसंख्या करिब १.२२% जति रहेको छ। यसको संख्या करिब ३ लाख ५५ हजार भन्दा बढी छ। यो समुदाय मुख्य रूपमा मधेश प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश का जिल्लाहरूमा बढी बसोबास गर्छन् र मधेशी समाजमा एक महत्वपूर्ण समुदाय मानिन्छ। [] यिनीहरूको मुख्य पुरखौली पेशा कृषि अनि जमिन्दारी हो । तर अब तिनीहरू हरेक पेशा, व्यवसाय, शिक्षा, निजामती सेवा, सेना आदिमा छन्, तिनीहरू अन्य मधेशी जातिहरूको तुलनामा प्रभावशाली र सुव्यवस्थित शक्तिशाली जाति हुन्। यिनीहरू निकै परिश्रमी हुन्छन् । कुशवाहा समुदाय मधेशी उच्च जातिको वैश्य वर्ग मा पर्दछन्[], तर धेरैले आफूलाई क्षत्रिय दर्जा भएको दाबी पनि गर्छन्। यिनीहरूका पूर्वज शाकाहारी भएतापनि हाल यसमा परिवर्तन हुँदै आएको छ। यस समुदायमा परम्परागत रूपमा प्रचलित थर महतो रहेको पाइन्छ। नेपालमा कुशवाहा/कोइरी समुदायमा प्रयोग हुने थरहरूमा महतो, सिंह, कुशवाहा, मेहता, मौर्य, मुराव, भगत, सिन्हा तथा वर्मा आदि पर्दछन्। नेपालका केही कुशवाहा संगठनहरूले नेपालमा कुशवाहा(कोइरी) समुदायको जनसंख्या १० लाखभन्दा बढी रहेको दाबी गरेका छन्। यदि यो संख्या मानिने हो भने, यो नेपालका कुल जनसंख्याको करिब ३.४% बराबर हुन्छ।[][]

कुशवाहा समुदायको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध भारतका बिहारउत्तर प्रदेश का कुशवाहासँग गहिरो छ। सयौं वर्षअघिदेखि धेरैजसो कुशवाहा नेपालमा बसोबास गर्न आएका हुन् र आफ्नो समृद्ध कृषि परम्परा ल्याएका छन्। यो समुदाय आफ्नो वंशलाई सूर्यवंशी राजवंशसँग जोड्दछ र परम्परागत रूपमा क्षत्रिय वर्गसँग सम्बन्धित मानिन्छ। उनीहरूलाई पौराणिक राजा कुश, जो भगवान् रामका पुत्र थिए, का वंशज मानिन्छ।[]

ऐतिहासिक अभिलेखहरूले देखाउँछन् कि उनीहरूको मधेश क्षेत्रमा बसोबास आधुनिक नेपाल निर्माण हुनु अघि देखि नै रहेको थियो।[][]

नेपाल र विश्वभर कुशवाहा थर पनि व्यापक रूपमा प्रयोग हुन्छ।[१०] कुशवाहा समुदायका केही प्रतिनिधि खेलकुद र अन्य क्षेत्रमा पनि परिचित छन्, जस्तै अजय कुशवाहा(Ajay Kushwaha)।[११]

नेपालमा कुशवाहाहरूको प्राचीन इतिहास विभिन्न क्षेत्रका ऐतिहासिक अभिलेखबाट ट्रेस गर्न सकिन्छ। मधेश क्षेत्रमा कुशवाहाहरूको उपस्थिति आधुनिक नेपालको स्थापना हुनु अघि नै देखिन्छ, जसलाई मिथिला र वरिपरि क्षेत्रहरूमा उनीहरूको बसोबास र शासनको ऐतिहासिक सन्दर्भहरूले प्रमाणित गर्दछ।[१२]

कुशवाहा समुदायले आफ्नो क्षत्रिय दर्जा प्राचीन शासन गर्ने वंशहरूसँगको ऐतिहासिक, सांस्कृतिक र परम्परागत सम्बन्धको आधारमा दाबी गरेको छ।[१३]

कुश
अयोध्या का राजकुमार
कासुर का राजा
कुश, रामसीताका जुडवाँ पुत्रमध्ये एक
जीवनसाथीकुमुदवती (आनन्द रामायण अनुसार चम्पिका भनिने)
सन्तानअतिथि
वंशरघुवंश-सूर्यवंश
बाबुराम
आमासीता

नेपालमा कुशवाहा समुदायले आफ्नो क्षत्रिय दर्जा प्राचीन शासन गर्ने वंशहरूसँगको ऐतिहासिक, सांस्कृतिक र परम्परागत सम्बन्धको आधारमा दाबी गरेको छ।[१३]

भारत र नेपालमा कुशवाहा समुदायले आफूलाई रामसीताका पुत्र कुशका वंशज मान्दछ, मुख्य रूपमा रामायणसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धका कारण। हिन्दू परम्पराअनुसार, कुश आफ्नो जुडवाँ भाई लवसँगै पिता रामद्वारा निर्वासित गरिएपछि वाल्मीकिद्वारा हुर्काइएका थिए र पछि एक महत्वपूर्ण व्यक्तित्व बने। कुशवाहा समुदायले विश्वास गर्छ कि उनीहरूको नाम “कुश” बाट उत्पन्न भएको हो, जसले उनीहरूलाई अयोध्याको शाही वंशसँग प्रतीकात्मक रूपमा जोड्दछ।[१४] यो दाबी प्रायः उनीहरूको ऐतिहासिक भूमिका युद्धकर्मी र कृषकको रूपमा रहेर पनि बलियो बनाइन्छ, जुन क्षत्रिय वर्ग, अर्थात् युद्धकर्मी वर्ग,सँग मेल खान्छ, जसमा कुश रहेको मानिन्छ। धेरै कुशवाहाहरूले आफूलाई मौर्य वंशशाक्य वंश (गौतम बुद्धको वंशज)सँग पनि जोड्ने दाबी गर्छन्, जसले उनीहरूको क्षत्रिय वंशावलीको विश्वासलाई थप बलियो बनाउँछ। समयसँगै, समुदायले आफ्नो सांस्कृतिक पहिचान कायम राख्दै आएको छ, जुन मुख्य रूपमा कृषि र कुशको विरासतमा आधारित रहेको छ।सांस्कृतिक रूपमा, कुशवाहा समुदायले अझै पनि केही संस्कार, प्रथा र परम्पराहरू पालन गर्दै आएको छ, जसलाई उनीहरूले आफ्नो शाही विरासतसँग सम्बन्धित ठान्छन्। कुशसँगको यो सम्बन्ध उनीहरूको पहिचानको महत्वपूर्ण भाग हो र प्राचीन, कुलीन वंशावलीप्रति गर्वको अनुभूति प्रदान गर्छ।

कुषावती कोसाल राज्य को एउटा नगर थियो, जसलाई महाकाव्य रामायणसँग सम्बन्धित गरिएको छ र कुश तथा कुशवाहा समुदायसँग जोडिएको मानिन्छ। पिता राम पछि कुश शासनमा आएका थिए र उनले क्रमशः लवपुरी (आजको लाहोर) र कुष (कासुर)का शहरहरू स्थापना गरेका थिए।

वाल्मीकि लव र कुशलाई धनुर्विद्यामा प्रशिक्षण दिँदै
ऋषि वाल्मीकि, लव र कुशलाई रामायण सिकाउँदै

रामायण अनुसार, गर्भवती रानी सीतालाई राजा रामले अयोध्याबाट बाहिर पठाउनुभयो। यसको उद्देश्य धर्मको सर्वोच्चता देखाउनु र आफ्नो राज्यका एक नागरिकले लगाएको आरोपलाई खारेज गर्नु थियो। त्यसपछि सीता वाल्मीकि आश्रम मा शरण लिए, जुन त्रिवेणी धाम नजिक अवस्थित थियो, जहाँ तमासा नदी, सोना र सप्तगण्डकी नदीहरू भेटिन्छन्। यो आश्रम हालको चितवन जिल्ला मा तमसा नदी को नजिक रहेको छ।[१५]

त्यहाँ सीताले जुडवाँ पुत्रहरू, कुशलव जन्माइन्। उनीहरू वाल्मीकि ऋषिद्वारा शिक्षा र सैनिक प्रशिक्षण प्राप्त गरे। साथै, उनीहरूले रामको कथा पनि सिके।कुश (संस्कृत: कुश, आइएएसटी: Kuśa) रामसीताका पुत्र थिए।[१६] उनको कथा हिन्दू महाकाव्य रामायणमा वर्णन गरिएको छ। हिन्दू परम्पराअनुसार, उनले कश्मीर, सिन्धु नदी र हिन्दू कुश क्षेत्रहरू भारतको सीमा भूभागको रूपमा शासन गरेको मानिन्छ, जसलाई हिन्दू कुश क्षेत्र भनेर चिनिन्छ।

कथा अनुसार उनले कश्मीर उपत्यकामा श्रीनगर नगर स्थापना गरे र कासुर नगर लवपुरीसँगै स्थापना गरेको पनि बताइन्छ।[१७] यद्यपि स्थानीय कथाहरूले जनाउँछन् कि कासुर १५२५ मा पश्तुन आप्रवासीहरूले स्थापना गरेका थिए।[१८][१९][२०] काशी–बनारस राज्य र मौर्य साम्राज्य, जसले ईसा पूर्व ३२० देखि १८५ सम्म दक्षिण एशियामा शासन गरेको थियो, का शासक वंशहरूले आफूलाई कुशका वंशज भएको दाबी गरेका छन्। कुशलाई रघुवंशका इक्ष्वाकु वंश तथा सूर्यवंशसँग सम्बन्धित मानिन्छ।

कथा अनुसार, उनले आफ्नी पत्नी कुमुदवतीबाट दुई सन्तान प्राप्त गरेका थिए: अतिथि (पुत्र) र कनिकमालिका (पुत्री), जसको विवाह यादव वंशका राजा महाभोजसँग भएको बताइन्छ।

वंशहरूको सूची

[सम्पादन गर्नुहोस्]

कुशवाहा समुदाय ऐतिहासिक रूपमा विभिन्न शासन गर्ने तथा योद्धा वंशहरूसँग सम्बन्धित मानिन्छ, जसमध्ये केही प्रमुख वंशहरू यसप्रकार छन्:

  • शाक्य: गौतम बुद्धसँग सम्बन्धित प्राचीन वंश। कुशवाहा समुदायका केही समूहहरूले आफ्नो वंशावली शाक्य वंशसँग पनि जोड्ने दाबी गर्छन्। शाक्यहरू उत्तरी भारत र नेपाल क्षेत्रमा बसोबास गर्ने एक प्राचीन समुदाय थिए, जसलाई प्रायः क्षत्रिय वर्गसँग सम्बन्धित मानिन्छ। शाक्य गणराज्यको पतनपछि यसको केही सदस्यहरूले कृषि कार्यलाई निरन्तरता दिएका थिए।[२४]
Koiri kushwaha heritage Nepal terai region
  • लिच्छवि: प्राचीन नेपालका शिलालेखहरूमा विभिन्न समुदायहरूको प्रशासनिक भूमिकाको उल्लेख पाइन्छ। कोइरी जातिले लिच्छवीहरू आफ्नो जात को भएको दाबी गर्छन् किनभने तिनीहरू मूल रूपमा वैशाली बिहारका का हुन्। उनीहरूले नेपालमा शासन गरे। [२५]
  • कछवाहा(कुशवाहा): कछवाहा/कुशवाहा वंश एक प्रमुख राजपूत वंश हो, जसले विशेष गरी राजस्थानजयपुर क्षेत्रमा शासन गरेको इतिहास पाइन्छ।[२६]
  • हरिकेल (वा हरकल): प्राचीन पूर्वी बंगालको एक शक्तिशाली र स्वतन्त्र राज्य थियो। यस राज्यको स्थापना र प्रारम्भिक शासन कोइरी (Koiri/Koeri) जातका महाराजाधिराज कान्तिदेवले गरेका थिए।[२७] हरिकेल राज्य करिब ५०० वर्षसम्म अस्तित्वमा रहेको थियो, जसमा वर्तमान बंगलादेशका सिलेट र चट्टग्राम विभागहरूका साथै भारतको त्रिपुरा र दक्षिण आसाम (कछार) का केही भागहरू समावेश थिए।
The flag of the Harikela dynasty which belonged to the Koiri caste.

मध्यकालको प्रारम्भिक चरण (इस्वी संवत् ८ औँ शताब्दी) मा दरभंगा जिल्लाको मानपुर नजिकै कोइरी समुदायसँग सम्बन्धित एउटा महत्वपूर्ण शिलालेख फेला परेको छ। उक्त शिलालेखमा 'भूमिस्पर्श मुद्रा' मा रहेका गौतम बुद्धको मूर्ति दान गरिएको उल्लेख छ। मूर्तिको आसनमुनि "येन धर्मदत्त कोइरी" (Yena dhar-madatta Koiri) भन्ने वाक्यांश कुँदिएको छ, जसले त्यस समयमा कोइरी समुदायको धार्मिक र सामाजिक प्रतिष्ठालाई झल्काउँछ।[२७]

Silver coins of the Harikela dynasty associated with the Koiri caste; the first coin features a bull (Nandi) and the second features a trident (Trishula)
Mata Prasad was owner of easte in Katehir who belonged to koiri caste .
Raja Bodh Ram who obtained Raja title from Asaf-ud-daula who was Koiri by caste.

सामाजिक-आर्थिक अवस्था

[सम्पादन गर्नुहोस्]
Caste-wise literacy rate of Nepali Koiris

नेपालमा कुशवाहा (कोइरी) समुदाय मुख्यतः कृषि सम्बन्धित पेशामा संलग्न भए पनि, उच्च साक्षरताको कारण उनीहरू सामाजिक र आर्थिक रूपमा अत्यन्त सशक्त बनेका छन्। विशेष गरी तराई क्षेत्रमा, कुशवाहा समुदायले शिक्षा, पेशागत दक्षता, र नेतृत्व क्षमतामा उल्लेखनीय प्रगति हासिल गरेको छ।पछिल्लो जनगणना अनुसार ८०% भन्दा बढी कुशवाहा साक्षर छन् जुन नेपालको औसत साक्षरता दरभन्दा बढी हो। नेपालको औसत साक्षरता दर ७७.४% छ।

कोइरी समुदाय केवल कृषिमा सीमित नभई सरकारी सेवा, राजनीति, व्यवसाय, र अन्य पेशागत क्षेत्रमा पनि प्रभावशाली उपस्थित छ। उनीहरूको उच्च साक्षरता दर र सामुदायिक एकता उनीहरूलाई नीति निर्माण, प्रशासन, र स्थानीय नेतृत्वमा अग्रणी बनाउँछ। कुशवाहा एकताबद्ध र शक्तिशाली प्रमुख मधेशी जाति मध्ये एक हुन्।नेपालमा जमिन नभएको र गरिब कोइरी विरलै देख्नुहुनेछ, तिनीहरू नेपालमा आर्थिक, राजनीतिक रूपमा माथिल्लो जातका जमिनदार हुन्।

समुदायका विभिन्न सामाजिक र सामुदायिक संस्थाहरूले शिक्षा सचेतना, सांस्कृतिक संरक्षण, सामाजिक विकास, र नेतृत्व क्षमताको विकासमा सक्रिय भूमिका खेलिरहेका छन्। यी पहलहरूले कुशवाहा समुदायलाई नेपाली समाजभित्र प्रभावशाली, सशक्त, र अग्रणी समुदायको रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको छ।[२८]

तराई क्षेत्रमा जाति अनुसार कृषि जमिन स्वामित्व

[सम्पादन गर्नुहोस्]
Caste-wise Agricultural Landholding Data - Terai Region.

नेपालको २०२१ को राष्ट्रिय जनगणनासँग सम्बन्धित तथ्यांकका आधारमा तयार गरिएको यस तालिकाले तराई क्षेत्रमा विभिन्न जाति समुदायहरूको औसत कृषि जमिन स्वामित्व तथा कुल कृषि जमिनमा उनीहरूको हिस्सा देखाउँछ। कुशवाहाको तराईमा अन्य कुनै पनि जातिको तुलनामा धेरै जग्गा छ, उनीहरू तराई क्षेत्रमा बहुमत जग्गाधनी हुन्। धेरै तल्लो जातका मानिसहरू पहिले कोइरीको जमिनमा मजदुरी गर्थे र कोही अझै पनि गर्छन्।

यस अनुसार कुशवाहा (कोइरी) समुदाय मुख्यतः कृषिमा संलग्न रहेको देखिन्छ र औसत रूपमा करिब ६.२ बिगाहा जमिन स्वामित्व रहेको उल्लेख गरिएको छ, जुन तालिकामा समावेश गरिएको समुदायहरू मध्ये उच्चमध्ये एक हो। यस्तै यादव, भूमिहार र थारु समुदायहरू पनि कृषिमा प्रमुख रूपमा संलग्न देखिन्छन् र उनीहरूको पनि उल्लेखनीय कृषि जमिन स्वामित्व रहेको देखिन्छ। कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो र तराई नेपालको अन्न भण्डार हो।

यस प्रकारको तथ्यांकले तराई क्षेत्रमा कृषि पेशामा संलग्न विभिन्न समुदायहरूको आर्थिक र सामाजिक संरचनालाई बुझ्न मद्दत पुर्‍याउँछ। कोइरी नेपालको एक बलियो कृषिप्रधान जाति हो।

women's of kushwaha (koiri) community celebrating holi in nepal
Nepali kushwaha (koiri) community celebrating chhath puja in Kathmandu

कुशवाहा समुदाय मुख्यतः हिन्दू धर्म मान्ने समुदाय हो। यस समुदायले विशेषगरी शिव, रामविष्णु जस्ता देवताहरूको पूजा–आराधना गर्ने गर्छन्। कुशवाहा समुदायमा मनाइने प्रमुख पर्वहरूमा छठ पर्व, दीपावलीहोली पर्दछन्।[२९]

उपसमूह (कुलहरू)

[सम्पादन गर्नुहोस्]

ऐतिहासिक रूपमा कोइरी समुदायभित्र विभिन्न उपसमूहहरू(कुलहरू) रहेको उल्लेख पाइन्छ। ब्रिटिशकालीन जाति अध्ययनहरूमा कोइरी समुदायभित्र निम्न उपसमूहहरूको उल्लेख गरिएको छ:[३०]

  • बरकी-दांगी (Barki-Dangi)
  • छोटकी-दांगी (Chhotki-Dangi)
  • जरुहार (Jaruhar)
  • कनौजिया (Kanaujia)
  • मगहिया (Magahiya)
  • तिरहुतिया (Tirhutia)
  • चिरमैट (Chirmait)
  • कुम्रह (Kumrh)
  • बनाफर (Banaphar)
  • गोइता (Goita)
  • धार (Dhar)
  • रेतिया (Reutia)
  • पौरिया (Pauria)
  • बराकर (Barakar)
  • पालमोहाँ (Palmohan)
जानकी मन्दिर जनकपुर कोइरी शैलीको वास्तुकला

कोइरी (कुशवाहा) समुदायसँग सम्बन्धित वास्तुकलाको एक उदाहरण जानकी मन्दिर (जनकपुर) मा देख्न सकिन्छ, जसलाई प्रायः ‘‘कोइरी शैली’’को वास्तुकलाको महत्वपूर्ण नमुना मानिन्छ। यो कोइरी जातिले पनि निर्माण गरेको हुन सक्छ। कुशवाहा (कोइरी) वैदिक क्षत्रिय वा विगतका क्षत्रिय हुन् भन्ने कुरा प्रमाणित हुन्छ । [३१]

Drone image of janaki temple ( jankapur nepal) in koiri style architecture

यस प्रकारको वास्तुकलामा हिन्दु, मुगल र क्षेत्रीय मिथिला कलाको मिश्रण देखिन्छ। जनकपुरस्थित जानकी मन्दिर तीन तलाको संरचना हो र यो मुख्यतः ढुंगा तथा सेतो संगमरमरबाट निर्माण गरिएको छ।[३२]

मन्दिरको संरचनामा गुम्बज, झ्यालहरूमा जालीदार नक्काशी, रंगीन सिसा, स्तम्भ तथा मिथिला चित्रकलाबाट सजावट गरिएको हुन्छ। मन्दिर परिसरमा करिब ६० वटा कोठाहरू रहेको उल्लेख पाइन्छ, जसले यस वास्तुकलालाई विशिष्ट र आकर्षक बनाउँछ।[३३]

यस शैलीको वास्तुकलाले मधेश तथा मिथिला क्षेत्रको सांस्कृतिक प्रभाव र धार्मिक परम्परालाई प्रतिबिम्बित गरेको मानिन्छ।

सामाजिक स्थिति

[सम्पादन गर्नुहोस्]

नेपालका विभिन्न जाति तथा जातीय समूहहरूको ऐतिहासिक रूपमा सरकार, कृषि, व्यापार, निजामती सेवा, न्यायपालिका र सैनिक संस्थाहरूमा प्रतिनिधित्व फरक–फरक रहेको छ।

नेपालको शाह वंशको शासनकाल (१७६८–२००८) मा पहाडी उच्च जाति जस्तै बाहुनक्षेत्रीहरूले निजामती सेवा, न्यायपालिका तथा सेनाको उच्च पदहरूमा उल्लेखनीय प्रभुत्व राखेका थिए।

तराई क्षेत्रमा गरिएको केही अध्ययनहरू अनुसार (२०१५ भन्दा अगाडिका तथ्याङ्कहरू), केही मधेसी जाति समूहहरूको निजामती सेवामा प्रतिनिधित्व उनीहरूको जनसंख्या अनुपातभन्दा बढी देखिएको थियो। उदाहरणका लागि, कुशवाहा (कोइरी) समुदायको नेपाल सरकारको निजामती सेवामा प्रतिनिधित्व उनीहरूको राष्ट्रिय जनसंख्या हिस्साभन्दा करिब ३.२ गुणा बढी रहेको उल्लेख गरिएको छ, जसले उनीहरूलाई प्रतिनिधित्वको हिसाबले देशमा चौथो स्थानमा राख्दछ। यसैगरी राजपूत समुदायको प्रतिनिधित्व उनीहरूको जनसंख्या अनुपातभन्दा करिब ५.६ गुणा बढी रहेको पाइन्छ भने मैथिल ब्राह्मणहरूको प्रतिनिधित्व करिब ४.२ गुणा रहेको देखिन्छ।[३४]

यादव समुदाय नेपालका मधेसी समुदायभित्रका सबैभन्दा ठूलो जाति समूहहरूमध्ये एक हो। केही जिल्लाहरूमा उनीहरूको ठूलो जनसंख्याका कारण पछिल्ला दशकहरूमा राजनीतिक प्रतिनिधित्व पनि उल्लेखनीय रूपमा बढेको छ। यस समुदायका एक प्रमुख व्यक्तित्व रामबरन यादव हुन्, जो सन् २००८ जुलाई २३ देखि २०१५ अक्टोबर २९ सम्म नेपालका प्रथम राष्ट्रपति बनेका थिए।[३५]

नेपालमा नेपाली भाषा राष्ट्रिय भाषा हो भने मैथिली भाषा दोस्रो धेरै बोलिने भाषामध्ये एक हो। हिन्दू समाजमा प्रचलित जाति व्यवस्थालाई सन् १९६१ मा लागू गरिएको नयाँ मुलुकी ऐन द्वारा कानुनी रूपमा निषेध गरिएको थियो।[३६][३७][३८]

नेपालका विभिन्न प्रदेशहरूमा पुरुष तथा महिलाको औसत उचाइ

नेपालको केन्द्रीय तथ्यांक विभागले कुशवाहा जातिलाई व्यापक मधेसी जाति समूह अन्तर्गतको एक उपसमूहका रूपमा वर्गीकृत गरेको छ। यो समुदाय मुख्यतः नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएको छ, जहाँ कृषिलाई मुख्य पेशाका रूपमा अपनाइन्छ।

राष्ट्रिय तथ्यांक कार्यालय द्वारा प्रकाशित २०२१ नेपाल जनगणना अनुसार नेपालमा कुशवाहा समुदायको जनसंख्या ३५५,७०७ रहेको छ, जुन नेपालको कुल जनसंख्याको करिब १.२२% हो।[३९]

प्रदेश अनुसार कुशवाहा जनसंख्याको वितरण निम्नानुसार रहेको छ:[३९]

राष्ट्रिय औसत (करिब १.३%) भन्दा बढी कुशवाहा जनसंख्या रहेका जिल्लाहरू निम्न छन्:[४०]

उल्लेखनीय व्यक्तित्वहरू

[सम्पादन गर्नुहोस्]
  • रामचन्द्र सिंह कुशवाहा – नेपालका लोकतान्त्रिक आन्दोलनसँग सम्बन्धित एक स्वतन्त्रता सेनानी। उहाँ महोत्तरी जिल्लाको पडरिया निवासी हुनुहुन्थ्यो। लामो समयदेखि क्यान्सरबाट पीडित रहनु भएका उहाँको काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा सन् २०२5 मा निधन भएको थियो।[४१]
  • डॉ. उपेन्द्र महतो (नेपाली: डॉ. उपेन्द्र महतो), व्यवसायी, परोपकारी तथा गैर‑आवासीय नेपाली संघ (NRNA) का संस्थापक अध्यक्ष।[४२]
  • राजेन्द्र महतो (नेपाली: राजेन्द्र महतो; जन्म १९५८), नेपाली राजनीतिज्ञ, पूर्व उप–प्रधानमन्त्री तथा विभिन्न पार्टीका नेता।[४३]
  • लक्ष्मी महतो कोइरी (नेपाली: लझ्मी महतो कोइरी; जन्म १९६४), नेपाली राजनीतिज्ञ, House of Representatives का सदस्य (२०८० सम्म) र CPN (UML) का प्रतिनिधि।[४४]
  • उपेन्द्र महतो (राजनीतिज्ञ) – मधेश प्रदेश सभाका सदस्य, Sarlahi‑1 (A) बाट निर्वाचित प्रदेश विपक्षी नेता (२०१७ देखि)।[४५]
  • बिरेन्द्र प्रसाद महतो (नेपाली: बिरेन्द्र प्रसाद महतो; जन्म १९६९), नेपाली राजनीतिज्ञ, पूर्व वन तथा वातावरण मन्त्री र संघीय संसद सदस्य।[४६]
  • संजय कुमार महतो (नेपाली: संजयकुमार महतो), नेपाली कांग्रेसका प्रदेश सभा सदस्य, मधेश प्रदेश १ (Dhanusha‑1A) बाट निर्वाचित।[४७]
  • सिताराम महतो (नेपाली: सिताराम महतो; जन्म १९५५), नेपाली कांग्रेस पार्टीका राजनीतिज्ञ र संघीय प्रतिनिधि सभा सदस्य, Sunsari‑2 बाट निर्वाचित।[४८]
  • मुगा लाल महतो (नेपाली: मुगा लाल महतो), नेपाली राजनीतिज्ञ, Sunsari‑4 निर्वाचन क्षेत्रमा संविधान सभा सदस्य।[४९]
  • रबिन महतो (Rabin Mahato) – रास्ट्रिया स्वतन्त्र पार्टीका उम्मेदवार; सर्लाही–२ क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी।[५०]
  • प्रमोद कुमार महतो (Pramod Kumar Mahato) – रास्ट्रिया स्वतन्त्र पार्टीका उम्मेदवार; महोत्तरी–१ क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी।[५१]
  • इर. बसन्त कुशवाहा – मधेश प्रदेशका एक नेपाली राजनीतिज्ञ तथा इन्जिनियर। उहाँ २०२५ देखि मधेश प्रदेश सरकारमा खेलकुद तथा समाज कल्याण मन्त्रीको रूपमा कार्यरत हुनुहुन्छ र मधेश प्रदेश सभाका सदस्य पनि हुनुहुन्छ।[५२]
  • सरोज सिंह कुशवाहा – मधेश प्रदेशका प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (नेपाल) का राजनीतिज्ञ। उहाँ महोत्तरी निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्।[५३]
  • अजय कुमार कुशवाहा – बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. ११ का निर्वाचित वडा अध्यक्ष।[५४]
  • राम प्रसाद मेहता – सुनसरी जिल्लाका नेपाली राजनीतिज्ञ तथा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री। उहाँ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (CPN-UML) सँग सम्बन्धित हुनुहुन्छ। उहाँले २०७९ को निर्वाचनमा सुनसरी २ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए र हाल कोशी प्रदेशमा मन्त्रीको रूपमा कार्यरत हुनुहुन्छ।[५५][५६]
  • राजन मेहता – सुनसरी जिल्लाको इनरुवा नगरपालिकाका मेयर तथा राजनीतिज्ञ। उहाँ नेपाली कांग्रेससँग सम्बन्धित हुनुहुन्छ र स्थानीय तह निर्वाचनमा निर्वाचित भएका हुन्। उहाँले जिल्ला समन्वय समिति, सुनसरीको प्रमुखको रूपमा पनि जिम्मेवारी सम्हाल्नु भएको छ।[५७][५८]
  • निशा मेहता सुनसरी जिल्लासँग सम्बन्धित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधि सभा सदस्य हुन्। उहाँ २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट मधेसी महिला क्लस्टर अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएको हो।[५९]उहाँ नेपाल सरकारको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा खानेपानी मन्त्रीको रूपमा नियुक्त हुनुभएको छ।[६०]मेहता स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्ति हुन्। उहाँले नर्सिङ विषयमा स्नातकोत्तर (Master’s) उपाधि हासिल गर्नुभएको छ र यसअघि स्वास्थ्य सेवा तथा शिक्षण क्षेत्रमा कार्यरत रहनुभएको थियो।[६१]
  • जवाहरलाल कुशवाहा मधेश प्रदेश सभाका सदस्य हुन्, जो सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए। उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भई पछि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन्।[६२][६३]
  • रघुनाथ महतो कोइरी सुनसरी जिल्लाका एक स्वतन्त्र राजनीतिज्ञ हुन्। उनले विभिन्न तहका निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा सहभागिता जनाउँदै स्थानीय राजनीतिमा सक्रिय भूमिका खेल्दै आएका छन्।[६४]
  • लक्ष्मण महतो कोइरी धनुषा जिल्लासँग सम्बन्धित राजनीतिज्ञ हुन्। उनले मधेश प्रदेशको प्रदेश सभा तथा स्थानीय तहका निर्वाचनहरूमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धा गरेका छन्।[६५]
  • रामनरेश महतो कोइरी धनुषा जिल्लाका स्वतन्त्र राजनीतिज्ञ हुन्। उनले मुख्यतया तराई-मधेस क्षेत्रमा कुशवाहा (कोइरी) समुदायको हकहित र प्रतिनिधित्वको सवालमा आवाज उठाउँदै आएका छन्।[६६]
  • राज किशोर महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजनीतिज्ञ हुन्। उनी २०८२ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट भारी मतका साथ निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता महेन्द्र यादवलाई पराजित गर्दै युवा राजनीतिको लहरलाई स्थापित गरेका थिए।[६७]
  • वीरेन्द्र कुमार मेहता राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन्। उनी मधेस प्रदेशमा पार्टीको संगठन विस्तार र वैकल्पिक राजनीतिको प्रवर्द्धनमा सक्रिय भूमिका खेलिरहेका छन्। उनी २०८२ को निर्वाचनमा पार्टीको रणनीतिक योजना निर्माण र युवा परिचालनमा संलग्न रहेका थिए।[६८]
  • फकिरा महतो मधेस प्रदेश सभाका सदस्य हुन्। उनी सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका थिए। उनी हाल मधेस प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रतिनिधित्व गर्दै विभिन्न संसदीय समितिहरूमा सक्रिय छन्।[६९]
  • सञ्जय कुमार महतो धनुषा जिल्लाका राजनीतिज्ञ हुन्। उनले २०८२ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा-४ बाट नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। उनी मधेसको स्थानीय राजनीति र सामुदायिक विकासका मुद्दाहरूमा सक्रिय रहँदै आएका छन्।[७०]
  • प्रमेश्वर महतो (सहिद) सिरहा जिल्लाको लाहानसँग सम्बन्धित एक मधेशी आन्दोलनकारी हुन्। उनले २०६३ सालको ऐतिहासिक मधेश आन्दोलनका क्रममा लाहानमा भएको प्रदर्शनमा सहादत प्राप्त गरेका थिए। उनलाई नेपाल सरकारले औपचारिक रूपमा सहिद घोषणा गरेको छ र उनको सम्मानमा लाहानका विभिन्न स्थानमा स्मारकहरू निर्माण गरिएका छन्।[७१][७२]
  • बेचन मेहता (सहिद) सुनसरी जिल्लाको इनरुवासँग सम्बन्धित एक मधेशी आन्दोलनकारी हुन्। उनले २०६३ सालको मधेश आन्दोलनका क्रममा माघ महिनामा इनरुवामा भएको विरोध प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका थिए। नेपाल सरकारले उनलाई औपचारिक रूपमा सहिद घोषणा गरेको छ। इनरुवा नगरपालिका भित्र उनको सम्मानमा 'सहिद बेचन मेहता चोक' र उनको पूर्ण कदको सालिक निर्माण गरिएको छ।[७३][७४]
  • अनिता देवी जनमत पार्टीकी एक प्रभावशाली नेतृ हुन्। उनी नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा कार्य गरिसकेकी छिन्। उनी कुशवाहा समुदायबाट राष्ट्रिय राजनीतिमा उच्च तहमा पुग्ने थोरै महिला नेतृहरूमध्ये एक हुन्।[७५]
  • पुजा महतो (नेपाली: पुजा महतो; जन्म १७ फेब्रुअरी २००६), नेपाली महिला क्रिकेट टोलीकी अन्तर्राष्ट्रिय खेलाडी।[७६]
  • किशोर महतो (नेपाली: किशोर महतो), नेपाली पुरुष क्रिकेट खेलाडी।[७७]
  • संगम महतो (नेपाली: संगम महतो), नेपाली महिला भलिबल टोलीकी खेलाडी।[७८]
  • भरत सिंह महता (नेपाली: भरत सिंह महता; जन्म १२ अगस्ट १९९७), नेपाली पारा‑टाइक्वान्डो प्रतिस्पर्धी; पेरालम्पिक्समा प्रतिस्पर्धा।[७९]
  • कुशल सिंह मेहता (Kushal Singh Mehta), क्रिकेट खेलाडी (क्रिकहिरोज प्रोफाइल अनुसार)।[८०]
  • सर्वज्ञ सिंह कुशवाहा विश्वकै सबैभन्दा कम उमेरका 'फिडे रेटेड' (FIDE rated) चेस खेलाडी हुन्। उनले मात्र ३ वर्ष ७ महिनाको उमेरमा १५७२ रेटिङ प्राप्त गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गराउने प्रयास गरिरहेका छन्।[८१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपाली मधेशी समाज (Nepalko Madheshi Samaj)", ResearchGate, अन्तिम पहुँच ३० मार्च २०२५
  2. Dr. Dilli Ram Dahal (२००२-१२-३०), "Chapter 3. Social composition of the Population: Caste/Ethnicity and Religion in Nepal", Government of Nepal, Central Bureau of Statistics, अन्तिम पहुँच २०१३-१२-०५
  3. Government of Nepal, National Statistics Office. National Population and Housing Census 2021: Caste/Ethnicity Report. Kathmandu: NSO, 2023. https://censusnepal.cbs.gov.np/results/files/result-folder/Caste%20Ethnicity_report_NPHC_2021.pdf
  4. Government of Nepal; Central Bureau of Statistics; UNFPA. Population Monograph of Nepal, Volume II: Social Demography. Kathmandu: CBS/UNFPA, 2014. https://nepal.unfpa.org/sites/default/files/pub-pdf/Population%20Monograph%20V02.pdf
  5. "Kushwaha community claims over 10 lakh population in Nepal", eNews Bureau, २० जनवरी २०२१।
  6. "National Population and Housing Census 2021", Central Bureau of Statistics, Nepal।
  7. Jha, Hari Bansh (१९९३), The Terai Community and National Integration in Nepal, Centre for Economic and Technical Studies, आइएसबिएन 978-81-7022-523-2
  8. "Kushwaha Identity", Kushwaha Community Portal, ३ मार्च २०११।
  9. "Ethnic Groups in Nepal"[स्थायी मृत कडी]
  10. "Kushwaha Surname Distribution"
  11. "Ajay Kushwaha - FIBA Profile"
  12. "Kushwaha Identity and History", Kushwaha Community Portal, ३ मार्च २०११, अन्तिम पहुँच २०२५-०३-११
  13. 1 2 "History of Kushwaha"
  14. Kumar, Ashwani (२००८), Community Warriors: State, Peasants and Caste Armies in Bihar, Anthem Press, पृ: ३६, आइएसबिएन 9781843317098
  15. Vishvanath Limaye (१९८४), Historic Rama of Valmiki, Gyan Ganga Prakashan।
  16. Mani, Chandra Mauli (२००९), Memorable Characters from the Rāmāyaṇa and the Mahābhārata (अङ्ग्रेजीमा), Northern Book Centre, पृ: 77, आइएसबिएन 978-81-7211-257-8
  17. Nadiem, Ihsan N (२००५), Punjab, Al-Faisal Nashran, पृ: १११, आइएसबिएन 9789695034347
  18. Chopra, Gulshan Lall (१९४०), Chiefs and Families of Note in the Punjab (अङ्ग्रेजीमा), Government Printing।
  19. Sikand, Yoginder (२०११-०७-१९), Beyond The Border: An Indian in Pakistan (अङ्ग्रेजीमा), Penguin UK, आइएसबिएन 9789352141326
  20. Nadiem, Ihsan H. (२००५), Punjab: land, history, people (अङ्ग्रेजीमा), al-Faisal Nashran, आइएसबिएन 9789695032831
  21. Thapar, Romila (१९६१), Ashoka and the Decline of the Mauryas, Oxford University Press।
  22. "About Maurya" अभिलेखिकरण २०२५-०६-१० वेब्याक मेसिन
  23. Thapar, Romila (१९९८), Asoka and the Decline of the Mauryas, OUP India, पृ: 334, आइएसबिएन 9780195644456
  24. "Shakya Caste"
  25. Regmi, D.R. (१९६९), Ancient Nepal, Firma K. L. Mukhopadhyay।
  26. Singh, Rajendra (२०१०), The Kachhwaha Dynasty: History and Heritage, Oxford University Press, पृ: 45–60।
  27. 1 2 Ray, Himanshu Prabha (२०१४), Archaeology of Religion in South Asia (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-0415325912, अन्तिम पहुँच २०२६-०३-२०
  28. "Nepal Kushwaha Kalyan Samaj"
  29. "Kushwaha Religious Practices", Saini Caste News
  30. Risley, H. H. (१८९१), The Tribes and Castes of Bengal, Government of Bengal।
  31. "Janaki Mandir"
  32. "Janaki Mandir"
  33. "Janaki Mandir"
  34. Hatlebakk, Magnus (२००७), "Economic and social structures that may explain the recent conflicts in the Terai of Nepal", Kathmandu: Norwegian Embassy, मूलबाट २०११-०७-२४-मा सङ्ग्रहित। अभिलेखिकरण २०११-०७-२४ वेब्याक मेसिन
  35. "Highlights", OCHA Nepal Situation Overview (OCHA) (12), अप्रिल २००७, मूलबाट १३ नोभेम्बर २००९-मा सङ्ग्रहित।
  36. "Highlights", OCHA Nepal Situation Overview (OCHA) (16), जुलाई–अगस्ट २००७।
  37. "Highlights", OCHA Nepal Situation Overview (OCHA) (30), जुन–जुलाई २००८, मूलबाट १८ फेब्रुअरी २०१०-मा सङ्ग्रहित।
  38. Sharma, Hari (२०१०-११-१८), "Body of murder victim found in Gulmi", The Himalayan Times, मूलबाट २५ मे २०१२-मा सङ्ग्रहित। अभिलेखिकरण २०१२-०५-२५ वेब्याक मेसिन
  39. 1 2 National Population and Housing Census 2021: Caste/Ethnicity Report, National Statistics Office, Nepal, २०२१।
  40. "2011 Nepal Census, District Level Detail Report", अन्तिम पहुँच २०२५-०६-२० अभिलेखिकरण २०२३-०३-१४ वेब्याक मेसिन
  41. "Freedom fighter Kushwaha no more", OnlineKhabar, १६ जुलाई २०२५।
  42. "Upendra Mahato: Nepali Business Tycoon & NRNA Founder"
  43. "Rajendra Mahato"
  44. "Laxmi Mahato Koiri"
  45. "Upendra Mahato"
  46. "Birendra Prasad Mahato"
  47. "Sanjay Kumar Mahato"
  48. "Sitaram Mahato"
  49. "Muga Lal Mahato"
  50. "RSP’s Rabin Mahato defeats NCP’s Yadav in Sarlahi-2 by 33,989 votes"
  51. "Pramod Kumar Mahato Wins Mahottari-1 Seat with 34,636 Votes"
  52. "Er. Basant Kushwaha"
  53. "JSP-N lawmaker Saroj Singh Kushwaha suspended"
  54. "Ajay Kumar Kushwaha"
  55. "Over 47000 votes invalid in Sunsari", Rising Nepal
  56. "“Effective Cooperation Needed for Drug Control,” Says Koshi Province Chief Minister", Pardafas
  57. "District Coordination Committee, Sunsari Chief Mr. Rajan Mehta hosted the coordination meeting", DAO Sunsari
  58. "Mayor Rajan Mehta Receiving Victory Certificate after Local Level Election", Dreamstime[स्थायी मृत कडी]
  59. "प्रतिनिधि सभा समानुपातिक सदस्यहरूको सूची"
  60. "नयाँ मन्त्रिपरिषद् गठन"
  61. "Nisha Mehta"
  62. "स्वतन्त्र सांसद जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश", रातोपाटी (नेपालीमा), २०२३-०१-२२, अन्तिम पहुँच २०२६-०३-१२
  63. "प्रदेश सभा सदस्यहरूको विवरण", मधेश प्रदेश सभा सचिवालय (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-१२[स्थायी मृत कडी]
  64. "प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन परिणाम" (नेपालीमा), निर्वाचन आयोग नेपाल, अन्तिम पहुँच २०२६-०३-१२ अभिलेखिकरण २०२२-११-२३ वेब्याक मेसिन
  65. "धनुषामा स्वतन्त्र उम्मेदवारहरूको प्रभाव", कान्तिपुर पब्लिकेसन्स (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-१२
  66. "मधेसको राजनीतिमा जातीय समीकरण र प्रतिनिधित्व", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-१२
  67. "धनुषा ४ मा रास्वपाका राज किशोर महतो विजयी", कान्तिपुर पब्लिकेसन्स (नेपालीमा), २०२६-०३-११, अन्तिम पहुँच २०२६-०३-१२
  68. "रास्वपा केन्द्रीय समितिमा नयाँ अनुहार", The Mighty 790 KFGO (अङ्ग्रेजीमा), २०२६-०३-०७, अन्तिम पहुँच २०२६-०३-१२
  69. "मधेस प्रदेश सभा सदस्यहरूको विवरण", मधेश प्रदेश सभा सचिवालय (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-१२[स्थायी मृत कडी]
  70. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ - परिणाम" (नेपालीमा), निर्वाचन आयोग नेपाल, अन्तिम पहुँच २०२६-०३-१२ अभिलेखिकरण २०२२-११-२३ वेब्याक मेसिन
  71. "मधेश आन्दोलनका सहिदहरूको सम्झना", गोरखापत्र अनलाइन (नेपालीमा), २०२२-०१-२२, अन्तिम पहुँच २०२६-०३-१२
  72. "सहिदहरूको सूची - मधेश प्रदेश सरकार", मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-१२[स्थायी मृत कडी]
  73. "मधेश आन्दोलनका सहिद बेचन मेहताको स्मरण", अनलाइनखबर (नेपालीमा), २०१९-०१-२१, अन्तिम पहुँच २०२६-०३-१२
  74. "सुनसरीका सहिदहरूको विवरण", मधेश प्रदेश सरकार (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-१२[स्थायी मृत कडी]
  75. "अनिता देवी सामान्य प्रशासन मन्त्री नियुक्त", नेपाल लाइभ (नेपालीमा), २०२३-०८-१४, अन्तिम पहुँच २०२६-०३-१७
  76. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "ESPNCricinfo" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  77. "Kishore Mahato", Wikipedia
  78. "Sangam Mahato Profile", HamroKhelkud[स्थायी मृत कडी]
  79. "Bharat Singh Mahata", Wikipedia
  80. "Kushal‑singh‑mehta Cricket Stats"
  81. "Sarwagya Singh Kushwaha becomes youngest FIDE-rated chess player", Khel Now (अङ्ग्रेजीमा), २०२५-१२-०३, अन्तिम पहुँच २०२६-०३-१२

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]