कोल (यन्त्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


कोल तेल निकाल्न प्रयोग गरिने एक परम्परागत यन्त्र हो ।कोल तोरी, तिल पेल्नका लागि परम्परागत रूपमा प्रयोग गर्दै आएको ठूलो जातो जस्तो यन्त्र हो । यसको माथिल्लो भागमा लिङ्ग ठड्याईएको हुन्छ र त्यसमा जोडिएको त्रिकोण आकारको काठको दलिनलाई मानिस वा गोरुको सहायताले गोलाकार बृतमा घुमाइन्छ । यसो गर्दा लिङ्गले जोडिएको ढुङ्गाको गोलाकार पाटो लाई घुमाउछ र तोरी (तेलहन) पेलेर तेल निकाल्छ । त्यस तेललाई अलि खाल्डोमा राखिएको सङ्कलन गर्ने भाडोमा जम्मा गरिन्छ । यस्ता पम्परागत कोलहरू लोप हुँदै गएका छन् । कोलबाट उत्पादित तेलमा मसिनमा पेलेर निकालिएको तेलको तुलनामा बढी शुद्धता हुने विश्वास गरिन्छ ।