क्लबहाउस (अनुप्रयोग)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्लबहाउस
मूल सम्पादक(हरू)पल डेभिसन, रोहन सेथ[१]
निर्माणकर्ता (हरू)अल्फा अन्वेषण निगम
मौलिक संस्करणमार्च 2020; ४ वर्ष अघि (२०२०-०३)
ढाँचा:Infobox software/stacked
सञ्चालन प्रणाली
  • एन्ड्रोइड ७ र त्योभन्दा माथि
  • आइओएस १३ र त्योभन्दा माथि
आकार
  • २२ मेगाबाइट (एन्ड्रोइड)
  • ७५.६ मेगाबाइट (आइओएस)
उपलब्ध भाषाहरूअङ्ग्रेजी
प्रकारइन्टरनेट टेलिफोन सेवा
अनुमति पत्रफ्रिवेअर
वेबसाइटआधिकारिक वेबसाइट

क्लबहाउस आइओएसएन्ड्रोइड सञ्चालन प्रणालीका लागि निर्माण गरिएको एक सामाजिक सञ्जाल अनुप्रयोग हो जसलाई प्रयोग गर्नका लागि आमन्त्रणको आवश्यक पर्दछ।[४] यस अनुप्रयोग मार्फत प्रयोगकर्ताहरूले ध्वनिका माध्यमबाट संवाद गर्न सक्दछन्। यस अनुप्रयोगले मात्र ध्वनिका माध्यमबाट गरिने संवादलाई समर्थन गर्दछ।[५]

यस अनुप्रयोगलाई पहिलोपटक सन् २०२० मार्चमा अल्फा अन्वेषण निगमका पल डेभिसन र रोहन सेथले आइओएसमा सार्वजनिक गरेका थिए। क्लबहाउस एकलाई आइओएसमा सार्वजनिक गरिएको १२ महिना पश्चात् एन्ड्रोइड सञ्चालन प्रणालीले समर्थन गर्ने गरी परीक्षा अनुप्रयोगको रूपमा सार्वजनिक गरिएको थियो। क्लबहाउसको आफ्नो टोलीले प्रयोगकर्ता आधारको वृद्धिलाई व्यवस्थापन गर्न सक्षम भएको र ठुलो दर्शकलाई सहयोग गर्न सक्षम हुनका लागि अनुप्रयोगलाई परिष्कृत गर्न सक्षम छ भन्ने सुनिश्चित गर्न मात्र निमन्त्रणा रहेको उल्लेख गरेको छ। क्लबहाउसले भविष्यमा प्रयोगकर्ताहरू माझ आफ्नो पहुँच विस्तार गर्ने र सन् २०२१ मा पूर्ण एन्ड्रोइड संस्करणलाई सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको थियो।

स्पष्ट अनुमति बिना आवाजलाई सुरक्षित गर्न, प्रतिलिपि गर्न, पुन: उत्पादन गर्न वा साझेदारी र वार्तालापलाई क्लबहाउसको दिशानिर्देशद्वारा निषेध गरिएको छ जसकारण यस अनुप्रयोगका माध्यमबाट दुर्व्यवहार र जातीय भेदभावका घटनाहरू घटेकाले अनुप्रयोग विवादको स्रोत भएको जनाइएको छ। यसका साथसाथै क्लबहाउसको अन्तर्निहित गोपनीयतासम्बन्धी विवादको आलोचना गरिएको छ। ओमान, जोर्डन र चीन जस्ता देशहरूले अनुप्रयोगको पहुँचमा रोक वा यसको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएका छन्।

फेसबुक, ट्विटर, डिसकर्ड, स्पोटिफाई, रेडिट र स्लाक जस्ता कम्पनीले क्लबहाउससँग सिधै प्रतिस्पर्धा गर्नका लागि विभिन्न उत्पादनहरूको विकास गर्दै आएका छन्৷

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०१९ को सुरुवातमा संस्थापक पल डेभिसन र रोहन सेथले एक सामाजिक सञ्जाल मञ्चको रूपमा क्लबहाउसको सुरुवात गरेका थिए। सुरुमा टकसो नामबाट ध्वनिलाई अभिभारण गरी सुन्न मिल्ने ढाँचा अनुरुप रूपरेखा तयार पारिएको यस एपलाई "क्लबहाउस"को रूपमा पुन: सुचारू गरी आधिकारिक रूपमा सन् २०२० को मार्च महिनामा आइओएस सञ्चालन प्रणालीको लागि जारी गरिएको थियो। क्लबहाउसको मूल्य उल्लेखनीय लगानीकर्ताहरूबाट आर्थिक सहायता प्राप्त गरेपछि १० करोड अमेरिकी डलर थियो। यसमा रायन हुभर (प्रोडक्ट हन्ट), बालाजी श्रीनिवासन (कोइनबेस), जेम्स बेसारा र धेरै उद्यम पूँजीपतिहरू समावेश छन्।[६][७]

यस अनुप्रयोगले कोरोना महामारीको प्रारम्भिक महिनाहरूमा लोकप्रियता प्राप्त गरेको थियो र सन् २०२० को डिसेम्बर सम्ममा यस मञ्चमा ६,००,००० दर्ता भएका प्रयोगकर्ताहरू रहेका थिए।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "क्लबहाउस", भोग युके, मूलबाट २०२१-०१-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-१० 
  2. "Clubhouse: Drop-in audio cha‪t - Apps on Google Play", play.google.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-०३ 
  3. "‎Clubhouse: Drop-in audio chat", App Store (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-०३ 
  4. "चुलिँदै अडियोमा आधारित मोबाइल एप 'क्लब हाउस'को लोकप्रियता, संसारभर सक्रिय प्रयोगकर्ता करोड नाघे"पहिलो पोस्ट (नेपाली भाषा)। सङ्ग्रह मिति १ जुन २०२१ 
  5. "क्लबहाउस एप: विश्वभर चर्चित बनेको नयाँ सामाजिक सञ्जाल के हो र यसमा कसरी जोडिने?"बीबीसी नेपाली। सङ्ग्रह मिति १९ फेब्रुअरी २०२१ 
  6. Griffith, Erin; Lorenz, Taylor (फेब्रुअरी १५, २०२१), "Clubhouse, a Tiny Audio Chat App, Breaks Through", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, मूलबाट मार्च ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १, २०२१ 
  7. Shead, Sam (अप्रिल १९, २०२१), "There are signs that the buzz around Clubhouse is already fading — but investors aren't deterred", www.msn.com, मूलबाट अप्रिल ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ३०, २०२१ 
  8. Lorenz, Taylor (डिसेम्बर २३, २०२०), "Clubhouse Makes Way for Influencers", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, मूलबाट जनवरी ५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १, २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]