सामग्रीमा जानुहोस्

सामाजिक सञ्जाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम पनि हो।[][] यसको उपयोग सामाजिक सम्बन्ध वाहेक उपयोगकर्ता सामग्रीलाई संशोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोबाइलवेब आधारित प्रविधिको प्रयोगको रूपमा समेत हेर्न सकिन्छ यसको सदुपयोग पनि धेरै हुन्छ

[]

सामाजिक सञ्जालको धेरै रुप छन् जसमा इन्टरनेट फोरम, वेबलग, सामाजिक ब्लग, माइक्रोब्लगिङ, विकी, सामाजिक सञ्जाल, पोडकास्ट, तस्वीर, भिडियो, चलचित्र आदि सबै आउने गरेको छ। आफ्नो सेवाहरू अनुसार सामाजिक सञ्जालको लागि धेरै सञ्चार प्रविधिहरू उपलब्ध छ।[][] उदाहरणको लागि-

फेसबुक– विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट
  • सहयोगी परियोजना (उदाहरणको लागि, विकिपिडिया)
  • ब्लग र माइक्रोब्लग (उदाहरणको लागि, ट्विटर)
  • सामाजिक खबर सञ्जाल वेबसाइट (उदाहरणको लागि, डिग र लेकरनेट)
  • सामग्री समुदाय (उदाहरणको लागि, युट्युबडेलिमोसन)
  • सामाजिक सञ्जाल वेबसाइट (उदाहरणको लागि, फेसबुक)
  • आभासी खेल संसार (उदाहरको लागि, वर्ल्ड अफ वारक्राफ्ट)
  • आभासी सामाजिक संसार (जस्तै सेकेन्ड लाइफ)
  • सामाजिक सञ्जालले साथीभाइ र परिवारसँग सजिलै सम्पर्कमा राख्छ, तर धेरै प्रयोगले मानसिक तनाव र डिप्रेसन पनि ल्याउन सक्छ।
  • यसले छिटो समाचार र जानकारी प्राप्त गर्न मद्दत गर्छ, तर गलत सूचना (फेक न्यूज) फैलिन सक्ने खतरा पनि हुन्छ।
  • व्यापार प्रवर्द्धन र ब्राण्ड बनाउन सहयोग गर्छ, तर यसले समय खेरफाल गराउन सक्छ र ध्यान भंग गराउन सक्छ।
  • सामाजिक अभियानहरू चलाउन सजिलो बनाउँछ, तर गोपनीयता जोखिमहरू र व्यक्तिगत जानकारीको दुरुपयोगको सम्भावना पनि हुन्छ।
  • मनोरञ्जन र नयाँ कुराहरू सिक्न प्लेटफर्म दिन्छ, तर वास्तविक जीवनका सम्बन्ध र संवादमा कमी ल्याउन सक्छ।

निष्कर्ष

सामाजिक सञ्जालले हाम्रो जीवनमा धेरै सकारात्मक र नकारात्मक प्रभावहरू पारेको छ। यसले मानिसहरूलाई सजिलै जोड्न र जानकारी साटासाट गर्न सहयोग पुर्‍याउँछ भने सामाजिक चेतना फैलाउन पनि मद्दत गर्छ। तर, अत्याधिक प्रयोगले समयको व्यर्थता, मानसिक तनाव र व्यक्तिगत गोपनीयताको हानी जस्ता समस्याहरू पनि निम्त्याउन सक्छ। त्यसैले, सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोग गरेर हामी यसको फाइदाहरू लिन सक्दछौं र नकरात्मक असरबाट बच्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

  1. Kietzmann, Jan H.; Kristopher Hermkens (२०११), "Social media? Get serious! Understanding the functional building blocks of social media", Business Horizons (Submitted manuscript) 54 (3): 241–251, डिओआई:10.1016/j.bushor.2011.01.005 
  2. २.० २.१ २.२ Obar, Jonathan A.; Wildman, Steve (२०१५), "Social media definition and the governance challenge: An introduction to the special issue", Telecommunications Policy 39 (9): 745–750, एसएसआरएन 2647377, डिओआई:10.1016/j.telpol.2015.07.014 
  3. Kaplan Andreas M.; Haenlein Michael (२०१०), "Users of the world, unite! The challenges and opportunities of social media", Business Horizons 53 (1): ६१, डिओआई:10.1016/j.bushor.2009.09.003, मूलबाट २०११-११-२४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०११-११-२४ मिति