खट्कौलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खट्कौलो तामा, पित्तलबाट बनेको ठूलो आकारको भाडो। यो आकारमा करिब करिब कन्ती जस्तै हुन्छ, पिँधमा जुनै अढ्याउने खुट्टा हुँदैनन्। आकार ठूलो हुनाले चौकामा चडाउन वा ओराल्नका लागि बिटमा चारवटा कडा(चुरा)हुन्छन्। अलिक सानो खँडकुलो भए दुइटा मात्र कडा लगाइएका हुन्छन्।

यो तिथि, श्राद्ध, भोज-भतेरका बेला विशेष प्रयोगमा ल्याइन्छ। तर आधुनिक भाडावर्तन र सहरी तथा मध्य-सहरी भेगमा बहालमा भाडा लिन पाउने भएपछि र बजार म यसको आपूर्ति कम भएपछि यो लोपोन्मुख बनेको छ। यसलाई खड्‌कुँलो वा खड्कौँलो पनि भनिन्छ ।


बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]