खरी बाख्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(खरी वाख्राबाट अनुप्रेषित)

खरी बाख्रा समुद्र सतहबाट ७०० देखि ७००० फिट सम्म नेपाली भूभागको रैथाने प्रजाति हो जुन केही अघिसम्म धेरै पालिने बाख्रामा पर्थ्यो । खरीका विभिन्न सात रंगमध्ये कालोखैरोलाई बढी तिक्खर मानिन्छ। मासु पर्ने कुरामा पनि खरी अरू प्रजातिभन्दा पछाडि छैन। खरी बाख्रा १८ महिनामा ४०–४५ किलोको हुन्छ।खरी बाख्रा १६ महीनापछि हरेक दुई वर्षमा तीन पटक बियाउँछ। हरेक बेतमा कम्तीमा दुइटा पाठापाठी जन्माउँछ। अरू जातको बाख्रामा नपाइने खरीको विशेषता के पनि हो भने पाठापाठी हुर्काउन यसको माउ बढी दत्तचित्त हुन्छे। रैथाने भएकोले हत्तपत्त रोग नलाग्ने खरीलाई बँधुवा बनाउँदा पनि राम्रो नतीजा आउँछ। भीर–पहरा जहाँ पनि चर्न सक्ने खरी बाख्रालाई मौसम ले पनि आयातीत प्रजातिलाई जस्तो असर पार्दैन र घाँस-दानामा पनि धेरै सन्तुलन मिलाईरहनुपर्दैन।

बाह्य कडी[सम्पादन गर्नुहोस्]

खरी[dead link]