मौसम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ ।[१] सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ ।[२] सङ्क्षेपमा वातावरणमा हुने क्षण-क्षण को परिवर्तन नै मौसम हो ।

सम्बन्धित लेखहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Merriam-Webster Dictionary. Weather. Retrieved on 27 June 2008.
  2. "Climate", Glossary of Meteorology, American Meteorological Society, अन्तिम पहुँच १४ मे २००८ 

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]