शिशिर ऋतु
स्वरूप
(हिउँदबाट अनुप्रेषित)
तापक्रमको मौसम | |
---|---|
उत्तरी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २१ डिसेम्बर – २० मार्च |
मौसमविज्ञान अनुसारको मौसम | १ डिसेम्बर – २८/२९ फेब्रुअरी |
सौर्य (सेल्टिक) मौसम | १ नोभेम्बर – ३१ जनवरी |
दक्षिणी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २१ जुन – २२ सेप्टेम्बर |
मौसमविज्ञान अनुसारको मौसम | १ जुन – ३१ अगष्ट |
सौर्य (सेल्टिक) मौसम | १ मे – ३१ जुलाइ |
ग्रीष्म वसन्त शरद शिशिर |
शिशिर ऋतु वा हिउँद ऋतु हिन्दू ऋतु अनुसार ६ वटा ऋतुहरू तथा विश्वब्यापी रूपमा प्रचलित चार ऋतुहरू मध्यको एक ऋतु हो । शिशिर ऋतुमा वर्षभरको तुलनामा धेरै जाडो हुने हुनाले र हिउँ पर्ने तुषारो जम्ने हुनाले यो ऋतुलाई हिउँद ऋतु पनि भनिन्छ । हेमन्त ऋतुको समाप्ती पछि शिशिर ऋतु आरम्भ हुन्छ । उत्तरी तापक्रम क्षेत्रमा शिशिर ऋतु नेपाली महिना अनुसार माघ र फागुन २ वटा महिनामा तथा इस्वी सम्वत् अनुसार डिसेम्बर देखि मार्चसम्म पर्दछन्।
मानिस र शिशिर ऋतु
[सम्पादन गर्नुहोस्]मानिस चिसो प्रति संवेदनशील हुन्छन्। यो मौसममा मानिसहरूमा हाइपोथर्मिया, स्नो ब्लाइन्डनेस, नोरोभाइरस, मौसमी उदासीनता जस्ता समस्याहरू देखापर्ने गर्छन्। उत्तरी गोलार्धमा धेरै घरविहीनहरू जाडोमा हाइपोथर्मियाबाट मर्ने गर्छन्। त्यस्तै नेपालको सन्दर्भमा तराइ क्षेत्रमा शीतलहरले गर्दा पनि धेरै मानिस मर्ने गर्छन्।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूचीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शिशिर ऋतु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।