खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला
नक्सा
स्थानअल वाब , कतार
निर्देशाङ्क२५°१५′४९″उ॰ ५१°२६′५३″पू॰ / २५.२६३६१°N ५१.४४८०६°E / 25.26361; 51.44806निर्देशाङ्कहरू: २५°१५′४९″उ॰ ५१°२६′५३″पू॰ / २५.२६३६१°N ५१.४४८०६°E / 25.26361; 51.44806
मालिककतार फुटबल सङ्घ
दर्शक क्षमता४०,०००[१]
सतहघाँस
निर्माण
खुला३ मार्च १९७६
मर्मत सम्भारसन् २००५, सन् २०१४–२०१७
भाडावाल
कतार (सन् १९७६–हाल)


खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला (अरबी: ملعب خليفة الدولي) कतारको दोहा स्थित फुटबलको एक बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला हो। दोहामा स्थित यस रङ्गशालालाई कतारको राष्ट्रिय रङ्गशाला पनि भनिन्छ जसमा स्पोर्ट्स सिटी कम्प्लेक्स, एस्पायर एकेडेमी, हमद नेवल केन्द्र र एस्पायर टावर समावेश छन्। यो रङ्गशाला सन् १९७६ मा औपचारिक रूपमा स्थापना भएको थियो भने यसलाई सन् २००५ मा सन् २००६ एसियाली खेलकुदको आयोजना हुन भन्दा अगाडि पुनर्निर्माण गरिएको थियोे जसकारण २०,००० दर्शक क्षमता रहेको यस रङ्गशालामा पछि ४०,००० दर्शकको अटाउनु भएको थियो।[२] सन् २००६ एसियाली खेलकुदको उद्घाटन समारोहको भन्दा अघि यस रङ्गशालाको पूर्व पट्टि ठूलो चाप सहित छत निर्माण गरिएको थियो। यस रङ्गशालाको नवीकरण गर्नु भन्दा अगाडि यसलाई विभिन्न फुटबल खेलका लागि प्रयोग गरिएको थियोे भने हाल यो रङ्गशाला कतार राष्ट्रिय फुटबल टोलीको घरेलु रङ्गशाला हो।[३] यस रङ्गशालाको नाम कतारका सरकारी अधिकारी खलिफा बिन हामेद अल थानीको नामबाट राखिएको थियो। सन् २०११ एएफसी एसिया कप यसै रङ्गशालामा आयोजना गरिएको थियो। यस रङ्गशालामा सन् २०१० मा फिफाले गरेको निर्णय अनुसार सन् २०२२ फिफा विश्वकप यस रङ्गशालामा आयोजना गरिने निर्णय भएको थियो।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला सन् १९७६ मा औपचारिक रूपमा स्थापना भएको थियो भने यसलाई सन् २००५ मा सन् २००६ एसियाली खेलकुदको आयोजना हुन भन्दा अगाडि पुनर्निर्माण गरिएको थियोे जसकारण २०,००० दर्शक क्षमता रहेको यस रङ्गशालामा पछि ४०,००० दर्शकको अटाउनु भएको थियो।[५] सन् २००६ एसियाली खेलकुदको उद्घाटन समारोहको भन्दा अघि यस रङ्गशालाको पूर्व पट्टि ठूलो चाप सहित छत निर्माण गरिएको थियो। यो रङ्गशालाको स्थनपना देखिनै फुटबल खेल तथा अन्य विभिन्न खेलका लागि प्रयोग गरिएको थियो। यस रङ्गशालामा सन् २०१९ मा १७औँ विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना भएको थियो। यस रङ्गशालामा सन् २००९ नोभेम्बर १४ का दिन इङ्ल्याण्ड विरुद्ध ब्राजिल र सन् २०१० नोभेम्बर १७ का दिन ब्राजिल विरुद्ध अर्जेन्टिना गरी दुई अन्तर्राष्ट्रिय खेलहरू आयोजना गरिएको थियो।[६][७] सन् २०११ मा यस रङ्गशालामा अरब खेल आयोजना गरिएको थियो। यस रङ्गशालालाई पुनर्निर्माण गरी मे २०१७ मा खोलिएको थियो।

पुनर्निर्माण[सम्पादन गर्नुहोस्]

सन् २०१४ को ग्रीष्म ऋतुमा खलिफा अन्तर्राष्ट्रिय रङ्गशालाको पुनर्निर्माण सुरु गरिएको थियो भने यस रङ्गशालालाई सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने योग्य बनाउने विभिन्न टोलीहरूले काम गरेका थिए।[८] यस रङ्गशालाको बाहिर पट्टीको भाग पुर्णतया परिवर्तन गरी पुनर्निर्माण गरिएको थियो। निरन्तर ३ वर्ष सम्मको पुनर्निर्माण पछि सन् २०२२ को फिफा विश्वकपमा यस रङ्गशालाले दर्शकहरूलाई उत्कृष्टताको अनुभुती गराउने विश्वास गरिएको छ। यस रङ्गशालाको भित्री भागमा ४,००० टन स्टिल तारहरू प्रयोग गरिएको छ। यस रङ्गशालाको उचाई जमिन सतहबाट १०० मिटर अग्लो छ। सन् २००६ एसियाली खेलकुदको उद्घाटन समारोहको भन्दा अघि यस रङ्गशालाको पूर्व पट्टि ठूलो चाप सहित छत निर्माण गरिएको थियो। विश्वका विभिन्न कर्मचारीहरूले यस रङ्गशालालाई नवीकरण गर्ने ठूलो भूमिका खेलेका छन्।[९]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Khalifa Stadium"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१७ मिति
  2. "Alternative Name", Emporis। 
  3. Saraiva, Alexia, "Get To Know The 8 2022 Qatar World Cup Stadiums", ArchDaily 
  4. FIFA.com (२०१७-११-२८), "Khalifa International Stadium receives major sustainability award", FIFA.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-१० 
  5. "نسخة مؤرشفة", मूलबाट ११ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१२-१२ 
  6. "استاد المدينة التعليمية يستضيف نهائي كأس العالم للأندية", اتحاد كرة القدم, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१९ 
  7. "يتتبع استاد العالمين في قطر لاستضافة مباراة كأس العالم للأندية", واشنطن بوست, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१९ 
  8. "استاد خليفة الدولي", تاريخ الوصول 
  9. "تاريخ الوصو وصلة مكسورة", मूलबाट تاريخأرشيف-मा सङ्ग्रहित। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]