खारोष्टी लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लिपि नेपालको कुनै पनि ऐतिहासिक सामग्रीमा प्रयोग भएको प्रमाण आजसम्म फेला पार्नसकेको छैन। यो खारोष्टी लिपि भारतमा उत्पत्ति भएको बाहृमी लिपिको समकालीन लिपि हो। यो लिपि इरानका राजा कैरियसको शासनकालमा भारतमा प्रवेश भएको विश्वास गरिन्छ। ई.पू. ३०० वर्ष अघिसम्म भारतमा यो लिपिको प्रयोग भएको देखिन्छ। कालान्तरमा यो लिपि क्रमशः लोप हुँदै गयो र ब्राहृमी लिपि बढी लोकपि्रय हुँदै गयो।