गङ्गोत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गंगोत्रीबाट अनुप्रेषित)
गङ्गोत्री

गंगोत्री मन्दिर

भारतको उत्तराखंड प्रदेश अन्तरगत उत्तरकाशी जिलामा अवस्थित एक तीर्थस्थल जहाँ राजा भगीरथले तपस्या गरेर गङ्गाजीलाई धर्तीमा ल्याएका थिए । यो हिन्दूहरूको चार धाम मध्येको एक हो । राजा भगीरथले ल्याएको हुनाले गङ्गाजीलाई भागीरथी पनि भनिन्छ । गंगोत्री गंगा नदी को उद्गम स्थान हो । गङ्गाजी को मन्दिर, समुद्र सतहबाट ३०४२ मीटर को उचाईमा स्थित छ ।

भागीरथीको दाहिने तर्फको परिवेश अत्यन्त आकर्षक एवं मनोहारी छ । यो स्थान उत्तरकाशीबाट १०० कि.मी. को दूरीमा स्थित छ । गंगोत्री मन्दिरको निर्माण गोर्खा कमाण्डर अमरसिँह थापाले १८औ शताब्दीको प्रारम्भमा गराएका थिए । जो नेपालको परम्परागत शैली, पगोडा शैलीमा थियो । वर्तमान मन्दिरको पुनर्निर्माण जयपुरको राजघरान द्वारा गरिएको हो । प्रत्येक वर्ष वैशाख(अक्षय तृतीया) देखि कार्तिक(दीपावली) का महीनाका बीच पतित पावनी गंगा माताको दर्शन गर्नका लागि लाखौँ श्रद्धालु तीर्थयात्री यहाँ आउँछन् । हालको गंगोत्री मन्दिरबाट १८ किमी को दुरीमा गङ्गाजी को उद्गमस्थल गोमुख पर्दछ जहाँ जानको लागि पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । मानिन्छ हालको मन्दिर नै राजा भगीरथको तपस्थली हो र गङ्गाजी को उद्गमस्थल पनि त्यही को किन्तु कालान्तरमा हिउँ पग्लिदै गएका कारण हाल १८ किमि टाढा पुगेको हो ।