गडुल शमशेर जङ्गबहादुर राणा
गडुल शम्शेर जबरा | |
|---|---|
| प्रधान सेनापति | |
| पदमा २०४८ जेठ १ [१]सन् १९९१ – सन् १९९५ | |
| पूर्वाधिकारी | सत्चित शम्शेर जबरा |
| उतराधिकारी | धर्मपालवरसिँह थापा |
गडुल शम्शेर जबरा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको कार्यकाल सन् १९९१ देखि सन् १९९५ सम्म रह्यो। [२]
जीवनी
[सम्पादन]जनरल गडुल शमशेर जङ्गबहादुर राणाको जन्म सन् १९३६ को मार्च महिनामा ललितपुरमा भएको थियो। उनी प्रधानसेनापति धीर शमशेरका पनाति, खम्ब शमशेरका नाति तथा तुला शमशेरका छोरा थिए।
सैन्य जीवन
[सम्पादन]उनले इन्डियन मिलिटरी एकेडेमी (IMA) बाट सैन्य शिक्षा हासिल गरी सन् १९५४ मा सेकेन्ड लेफ्टिनेन्टको रुपमा नेपाली सेनामा प्रवेश गरेका थिए। उनको सैन्य करियर निकै विशिष्ट रहेको थियो। उनी चीन-नेपाल सीमा आयोगका सदस्य थिए र सन् १९७४ देखि १९७५ सम्म मध्यपूर्वमा संयुक्त राष्ट्र सङ्घको आपतकालीन बलमा सेवा गरेका थिए। विभिन्न पदहरूमा सेवा गर्दै उनी सन् १९८२ मा ब्रिगेडियर जनरल र १९८७ मा मेजर जनरल पदमा पदोन्नति भए। अन्ततः, सन् १९९१ देखि १९९५ सम्म उनले नेपाली सेनाको प्रधान सेनापति को रूपमा नेतृत्व गरे।
सम्मान
[सम्पादन]- 'त्रि-शक्ति पट्ट' र
- 'गोरखा दक्षिण बाहु' (प्रथम श्रेणी)
व्यक्तिगत जीवन
[सम्पादन]उनले रानी निर्मला राज्य लक्ष्मीसँग विवाह गरेका थिए। उनका दुई छोराहरू (सम्राट र संजोग) र दुई छोरीहरू (हिमा र रति) छन्।
स्रोत
[सम्पादन]- ↑ "गडूल शमशेर ज.व.रा. लाई शाहि नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्त गरेको", नेपाल राजपत्र, २०४८ जेठ १, अन्तिम पहुँच २०४८ जेठ १।
- ↑ http://www.revolvy.com/main/index.php?s=Nepalese%20Army