गान्धार
स्वरूप
(गन्धारबाट अनुप्रेषित)
गान्धार प्राचिन भारतीय उपमहाद्वीपको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक ऐतिहासिक राज्य हो । यो क्षेत्र आजको समयमा पाकिस्तानको पेशावर क्षेत्र वरपर रहेको छ । गान्धारको उल्लेख हिन्दु ग्रन्थ महाभारतमा बाह्लिक प्रदेशको एक राज्य मानिएको थियो ।
गान्धार छैटौँ देखि पाँचौ शताब्दी ईसा पूर्वमा प्राचिन फारस (पर्सिया)को अकामनी वंशको शासनमा रहेको थियो । त्यसपछि युनानी (ग्रीक) सम्राट अलेक्जेन्डर द ग्रेट (सिकन्दर महान) ले ईसा पूर्व चौथौं शताब्दीमा गान्धारको कब्जा गरेका थिए । उनीपश्चात गान्धार मौर्य साम्राज्यमा समाहित भयो । मौर्य वंशको शासनमा गान्धार बौद्ध धर्मको केन्द्र बनेको थियो । मौर्यकाल पश्चात इन्डो-ग्रीक राज्य, शक, कुषाण राजवंश, पार्थियन साम्राज्यद्वारा शासित भयो ।[१]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा गान्धार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Gandharan Connections Project (Cambridge, 2016–2021)
- Livius.org: Gandara वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०१३ मिति
- The Buddhist Manuscript project
- University of Washington's Gandharan manuscript
- Coins of Gandhara janapada
- Gandhara Civilization वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०२० मिति- National Fund for Cultural Heritage (Pakistan)