गरिबी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गरीवीबाट अनुप्रेषित)

मानवले आफ्नो दैनिक गुजाराको निम्ति न्यूनतम आवश्यकताहरू जस्तै- गाँस, बासकपास प्राप्त गर्ने क्षमता समेत राखैदैन भने त्यस्तो अवस्थालाई गरिबी भनिन्छ । सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरूको अभाव भएको अवस्था गरिबी हो । गरिबीले व्यक्ति, परिवार तथा समुदायको आर्थिक, सामाजिक तथा राजनैतिक अवसर तथा पहुँचहरूको वञ्चितीकरणको अवस्था, क्षमताविहिनता तथा असक्षमतालाई समेट्दछ । गरिबीलाई निरपेक्ष तथा सापेक्ष रुपमा वर्गीकरण गर्न सकिन्छ । निरपेक्ष गरिबीले जीवन निर्वाहका लागि आवश्यक न्यूनतम क्षमता नभएको अवस्थालाई चित्रण गर्दछ भने विभिन्न समाज तथा समय सापेक्ष निर्धारण गरिएका जीवनस्तरका आधारहरू पूरा गर्न सक्ने क्षमता विहिनताको अवस्था सापेक्ष गरिबी हो । सापेक्ष गरिबीले तुलनात्मक गरिबीलाई चित्रण गर्दछ ।माथिल्लो तह वा मध्यम तहका मानिसको तुलनामा तल्लो आयस्तर भएका मानिसहरुको आयस्तर वा जीवनस्तर कस्तो र फरक छ भनी सापेक्ष रुपमा हेर्ने गरिन्छ । समग्रमा आर्थिक, सामाजिक,मानवीय, शैक्षिक आदि दृष्टिकोणबाट पछौटेपन, स्रोत साधन तथा अवसर र रोजाइहरूबाट बञ्चिती एवम् पहुँच विहिनिताको अवस्था नै गरिबी हो ।

गरिबीका कारणहरू:[सम्पादन गर्नुहोस्]

गरिबी सामाजिक अर्थव्यवस्थको संरचना, श्रोत साधन वितरणको अवस्था, गलत निर्णय तथा नीतिहरूका उपज हुन् । कमजोर शासकीय प्रणाली, न्यून सामाजिक-आर्थिक पूर्वाधार, श्रोत साधनको असमान वितरण जस्ता कारणहरूले श्रोत साधन अवसर तथा पहुँच विहिनताको अवस्थामा पुर्‍याउँछ जुन अवस्था गरिबीको अवस्था हो ।

• एकात्मक साशकीय संरचना[सम्पादन गर्नुहोस्]
• श्रोत साधन तथा अवसरहरुको असमान वितरण[सम्पादन गर्नुहोस्]
• बेरोजगारी[सम्पादन गर्नुहोस्]
• कमजोर शैक्षिक अवस्था[सम्पादन गर्नुहोस्]
• परिवारको आकार तथा प्रकार[सम्पादन गर्नुहोस्]
• न्यून मानव विकास[सम्पादन गर्नुहोस्]
• कमजोर पूर्वाधार विकास[सम्पादन गर्नुहोस्]
• भ्रष्टाचार[सम्पादन गर्नुहोस्]
• सामाजिक असमानता[सम्पादन गर्नुहोस्]
  • आर्थिक वृद्धिदर कम हुनु
  • सुशासनको अभाव
  • राजनैतिक अस्थिरता
  • विकास प्रकियामा सबैको समान पहुँच हुन नसक्नु

गरिबीको प्रकार[सम्पादन गर्नुहोस्]

  • निरपेक्ष गरिबी - जीवन निर्वाहका लागि आवश्यक न्यूनतम क्षमता नभएको अवस्थालाई निरपेक्ष गरिबी भनिन्छ।
    • तोकिएको न्युनतम् आम्दानी वा उपभोगको स्तर भन्दा पनि तलको अवस्था नै निरपेक्ष गरिबी हो।
    • विश्वव्यापी रुपमा स्वीकार गरिएको मापदण्ड पूरा गर्न नसक्ने अवस्था नै निरपेक्ष गरिबी हो ।
    • यो गरिबीको बहुगत धारणा हो।
  • सापेक्ष गरिबी - एक व्यक्तिको तुलनामा अर्को व्यक्ति कति गरिब छ भनी तुलना गरी गरिबीको मापन गर्ने प्रकृतिलाई नै सापेक्ष गरिबी भनिन्छ।
    • कुनै निश्चित समयमा निर्धारण गरिएको उपभोग स्तर पुरा गर्न नसक्ने अवस्था नै सापेक्ष गरिबी हो।
    • यसलाई तुलनात्मक गरिबी पनि भनिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]