सामग्रीमा जानुहोस्

गलकोट राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गलकोटबाट अनुप्रेषित)

गलकोट बागलुङ जिल्लाको ऐतिहासिक स्थल हो । यहाँ एक हजार १०० फिट अग्लो स्थानमा घुम्टेको लेक छ । यो लेकबाहेक ऐतिहासिक गलकोटे राजाको दरबार, गाजाको दह, गाइघाटको झरना, हटियाको कोतदरबार, दर्जनौं ठाउँमा रहेका गुफा, दरमखोलालगायत यहाँका आकर्षण हुन् । बागलुङ सदरमुकामदेखि १० कोष पश्चिममा रहेको गलकोट क्षेत्रभित्र १६ गाविस छन् । चौबीसी राज्य हुँदा गलकोटे राजाले शासन गरेको स्थान भएकाले पनि उक्त स्थान ऐतिहासिक हिसाबले महत्त्वपूर्ण छ । प्राकृतिक सम्पदा, भूबनोट, संस्कृति, रीतिरिवाजजैविक हिसाबले पनि गलकोट जिल्लाको महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]