सामग्रीमा जानुहोस्

गलकोट राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गलकोट मध्यकालीन चौबीसी राज्य थियो। बि.सं १६३१ मा स्थापना भएको यो राज्य १८४२ मा नेपालमा विलय भएको थियो। [] बागलुङ जिल्लाको ऐतिहासिक स्थल हो । यहाँ एक हजार १०० फिट अग्लो स्थानमा घुम्टेको लेक छ । यो लेकबाहेक ऐतिहासिक गलकोटे राजाको दरबार, गाजाको दह, गाइघाटको झरना, हटियाको कोतदरबार, दर्जनौं ठाउँमा रहेका गुफा, दरमखोलालगायत यहाँका आकर्षण हुन् । बागलुङ सदरमुकामदेखि १० कोष पश्चिममा रहेको गलकोट क्षेत्रभित्र १६ गाविस छन् । चौबीसी राज्य हुँदा गलकोटे राजाले शासन गरेको स्थान भएकाले पनि उक्त स्थान ऐतिहासिक हिसाबले महत्त्वपूर्ण छ । प्राकृतिक सम्पदा, भूबनोट, संस्कृति, रीतिरिवाजजैविक हिसाबले पनि गलकोट जिल्लाको महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।

गलकोट राज्यको सीमाना पूर्वमा बिहुँको काठेखोला, पश्चिममा पाण्डवखानीको काभ्रेखोला, उत्तरमा म्याग्दी रुमको देउराली र दक्षिणमा गुल्मी मुसिकोटको निबुवा खोलासम्म फैलिएको थियो ।

बि.सं १६३१ मा स्थापना भएको थियो । यसको राजधानी हिउँदमा स्याँलाको धुरीमा अवस्थित ठूलो कोट भनिने स्थान र बर्सादमा रजराथियो । गोरखाली सेनाले वि.सं. १८४४ जेठ महिनाको अन्तिम साता (कतै अश्विन महिना) मा गलकोट राज्यलाई कब्जामा लियो । अन्य राज्य सरह गलकोट राज्य २१३ वर्षपछि वि.सं. १८४४ मा खोसियो ।

रजौटा राज्य

[सम्पादन गर्नुहोस्]

स्वायत्त गलकोट राज्य केन्द्र सरकारबाट खोसिएपछि उनै जगतप्रतापका छोरा राज्यप्रतापको समयदेखि राजा भरतबम मल्लको समयसम्म गलकोट एउटा रजौटा राज्यका रुपमा कायमै रह्यो । जगतप्रतापका जेठा छोरा राज्यप्रताप र कान्छा ज्योतिप्रताप दुबै भाइको विवाह काठमाडौं राजदरबारका कन्या (चौतारा पुत्री) सँग भएको थियो । राजदरबारसँगको सम्बन्धका कारण उनै राज्यप्रतापले रु. दुई सय नगद र तीन मुरी बिउको अनाज उब्जिने जमिन बिर्ता स्वरुप प्राप्त गर्न सफल भए ।

राज्यप्रतापपछि पृथ्वीबमले तेस्रो नेपाल तिब्बत युद्ध (१९१२) मा नेपाल सरकारलाई गलकोटबाट सिपाही र हातहतियार सहयोग गरेका कारण उनले राज श्रीपेच, रजौटा उपाधि र रु तीन सयको नगद बिर्ता पाए।[]

राजाको वंशावली

[सम्पादन गर्नुहोस्]
  1. जितारी मल्ल
  2. पार्थिव मल्ल
  3. विभू मल्ल
  4. श्रीपति मल्ल
  5. श्रीदत्त मल्ल
  6. पृथ्वीपति मल्ल
  7. विभू मल्ल
  8. श्रीनिवाश मल्ल
  9. जगतवम मल्ल
  10. जगतप्रकाश मल्ल
  11. राज्यप्रताप मल्ल
  12. ज्योतीप्रकाश मल्ल

राज्यमा २००० घरकुरी थियो। प्रत्येक घरबाट घुरीकर २००० र अन्य स्रोतबाट ३००० गरी वार्षिक आम्दानी ५००० थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १२६-१३०, आइएसबिएन 99933-2-406-X
  2. "गलकोटको संक्षिप्त चिनारी – प्रा. डा. दिनबहादुर थापा" (en-USमा), २०२१-०८-२७, अन्तिम पहुँच २०२६-०५-०५