गामेलस्तद गिर्जाघर सहर
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() गामेलस्तद गिर्जाघर सहर | |
स्थान | गामेलस्तदेन, लुले नगरपालिका, स्विडेन |
मापदण्ड | सांस्कृतिक: (ii), (iv), (v) |
सन्दर्भ | 762 |
सूचीकृत | १९९६ (२০औँ सत्र) |
क्षेत्रफल | १६.४०२ हेक्टर (४०.५३ एकड) |
मध्यवर्ती क्षेत्र | २४३.४७४ हेक्टर (६०१.६४ एकड) |
वेबसाइट | www |
निर्देशाङ्क | ६५°३८′४६″उ॰ २२°०१′४३″पू॰ / ६५.६४६११°N २२.०२८६१°Eनिर्देशाङ्कहरू: ६५°३८′४६″उ॰ २२°०१′४३″पू॰ / ६५.६४६११°N २२.०२८६१°E |
गामेलस्तद गिर्जाघर सहर (स्वीडेनी: Gammelstads kyrkstad) स्विडेनको लुले नजिकैको गामेलस्तदेनमा रहेको युनेस्को विश्व सम्पदा क्षेत्र हो। यो बोथनिया खाडीको उत्तरी कुनामा अवस्थित छ। एक समयमा उत्तरी स्कान्दिनेभिया क्षेत्रभरि फैलिएको यसैप्रकारका सहरहरूमध्ये हालसम्म सुरक्षित रहेको सहरको एक उत्कृष्ट नमुना हो। सन् १९९६ मा यसलाई विश्व सम्पदा क्षेत्रको सूचीमा गामेलस्तदको गिर्जाघर सहर, लुलेको रूपमा समावेश गरिएको थियो।[१]