गाेल्लाउने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाेल्लाउने अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं. ९ साविककाे अर्घा गाविस

नक्सा

तथा अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्क बाट १५ किलाेमिटर पुर्वमा अवस्थित पर्यटकिय तथा रमणिय स्थल हाे । समुन्द्री सतहबाट लगभग १५०० मिटरकाे उचाइमा रहेकाे यस क्षेत्रकाे प्राकृतिक साैन्दर्यताले पर्यटकहरूलाई अझ मन्त्रमुक्त पार्छ । यहाँ रहेका अग्ला अग्ला पहाड बाट टाढा टाढा सम्मकाे मनाेरम दृश्य देखिनुकाे साथै यहाँकाे स्वच्छ हावापानीले यहाँ घुम्न आउने पर्यटकहरूलाई माेहित बनाउन्छ । एतिहासिक सारम पाेखरी, एकनासका घाँसे मैदान, अग्ला अग्ला पहाड, हरियाली वन, वारीपारीकाे घमाइलाे दृश्य, वनभाेज स्थल,स्वच्छ शितल हावापानी यस क्षेत्रका आकर्षणका केन्द्र बिन्दु हुन ।