गियर
Jump to navigation
Jump to search
गियर (gear वा cogwheel) रोटरी चालमा चल्ने मेसिनको एक अंग हो। गियरमा "दाँत " / "दाँती" बनाइएको हुन्छ जसमा अर्को गियर जोडिन्छ। यसको सहायताले एक साफ्टबाट अर्को साफ्टमा टर्क संचार गर्न सकिन्छ। गियरको सहायताले चाल, टर्क को दिशा परिवर्तन गर्न सकिन्छ। गियरको प्रयोगबाट टर्क परिवर्तन गर्न सकिन्छ र उचित गियर अनुपात मिलाएर यान्त्रिक लाभ हासिल गर्न सकिन्छ। एक आपसमा जोडिने गियरको दाँती समान आकारको हुन पर्छ। जब दुई भन्दा धेरै गियर एक आपसमा जोडिन्छ, तब यस संरचनालाई 'गियर शृंखला' (गियर ट्रेन) भनिन्छ।
गियरको प्रकार[सम्पादन गर्ने]
- स्पर गियर,
- बिवेल गियर ,
- हेलीकल गियर,
- मिटर गियर,
- हाइपोइड गियर,
- वर्म र वर्म व्हील,
- र्याक तथा पिनियन,
- आन्तरिक/इन्टरनल गियर