गुलाम अली
गुलाम अली غُلام علی | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | सियालकोट जिल्ला, पञ्जाब, ब्रिटिश भारत (हाल पाकिस्तानमा) | ५ डिसेम्बर १९४०
विधा |
|
पेशा | गायक |
वाद्ययन्त्र |
|
सक्रिय वर्ष | १९६०–२०१५ |
वेबसाइट | आधिकारिक फेसबुक पृष्ठ |
उस्ताद गुलाम अली (उर्दु: غُلام علی ) (जन्म :५ डिसेम्बर १९४०) एक पाकिस्तान गजल तथा पार्श्वगायक हुन्। उनी पाकिस्तानका गायक बडे गुलाम अली खानका र छोटे गुलाम अली खानका चेला थिए।
गुलाम अली आफ्नो युगको सबैभन्दा राम्रो गाजल गायकहरूको रूपमा चिनिन्छन्। उनको गजल गायनको शैलीको विविधताले गर्दा उनी एक उत्कृष्ट गायकका रूपमा रहेका छन्। उनले गजल सङ्गीतका साथमा हिन्दुस्तानी शास्त्रीय सङ्गीत को मिश्रण गर्द कुनै अन्य गायकको भन्दा भिन्न किसिमको हुन्थ्यो। उनी पाकिस्तान, भारत, नेपाल, बङ्गलादेशका साथै संयुक्त राज्य अमेरिका, यूके र मध्य पूर्वी एसियामा लेकप्रिय छन्। उनको थुप्रै गजल सङ्गीतहरू बलिउल चलचित्रहरूको प्रयोग भएका छन् उनको प्रसिद्ध गजल गितहरू - छुपा छुप रात दिन ,हङ्गामा हे क्युँ , य दिल य पागल दिल, किया है प्यार जिसे आदि रहेका छन्। उनको हालसालैको एल्बम हसरातिन सन् २०१४ को जिएइएफई अवार्डको लागि सर्वश्रेष्ठ गजल एल्बम श्रेणीमा नामाकरण गरिएको थियो। उनले अफसाना अलीसँग विवाह गरे र उनको एक छोरी मन्जारी गुलाम अली छन्।
सन् २०१५ मा शावा सिजरनाको विरोध पछि उनको मुम्बईमा हुन लागेको सङ्गीत कार्यक्रम रद्ध गरिएको थियो र[१] त्यसपछि उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बङ्गाल मुख्यमन्त्री ममता बनर्जी र उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवबाट निमन्त्रणा पाएका थिए र उनले लखनऊ, नयाँदिल्ली, केरलामा सङ्गीत कार्यक्रम गरेका थिए।[२]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]उनको पिताले बडे गुलाम अली खानका अनुयायी भएका कारण उनको पिताले उनको नाम गुलाम अली राखिदिएका थियो। उनले सनै देखिनै गुलाम अल खानको सङ्गीतमा रुचि राख्थे।
जब उनी आफ्नो किशोर अवस्थामा हुँदा गुलाम अली खानसङ्ग उनको भेट भएको थयो। जब उस्ताद बडे गुलाम अली खान अफगानिस्तानमा आएपछि अफगानिस्तानबाट भारत फर्किने क्रममा गलाम अलीको बुबाले खानलाई आफ्नो छोरालाई चेलाको रूपमा लिन आग्रह गरे। खानले नियमित प्रशिक्षण सम्भव छैन भने। अलीको बुबाले बारम्बार अनुरोध गरेपछि उस्ताद बडे गुलाम अली खानले जवान गुलाम अलीलाई कुनै एक गित गाउन आग्रह गरे र अलीले त्यसपछि ठुमरी सङ्गीत राम्रोसँग गाएर खानलाई सुनाए गीत सकिने बित्तिकै खानले अलीलाई अङ्कमाल गरे र उनलाई आफ्नो चेला बनाय।
कार्यकाल
[सम्पादन गर्नुहोस्]सन् १९६० मा अलिले रेडियो पाकिस्तान लाहोरको लागि गित गाउन सुरु गरे , गजल सङ्गील सङ्गसङ्गै अलीले आफ्नो गित र भजनहरू पनि रेकर्ड गर्न सुरु गरेका थिए। उनले गहराना सङ्गगीत सङ्गै गजल मिसाएर गाउने हसनाले हरेक श्रोताको हृदय छुने खालका हुन्थे। उनले पञ्जाबी गितहरू पनि गायका छन् जुन भारत, पाकिस्तान, बङ्गलादेशमा अत्याधिक प्रख्यात छन्। उनी पाकिस्तानमा र भारतमा लोकप्रिय नभई नेपाल तथा अन्य मुलुकहरूमा पनि लोकप्रिय छन्। भारतीय पार्श्वगायिका आशा भोसलेले पनि उनीसँग गीत गायकी छन्।
उनी छुप छुप के रात भर गीतबाट भारतीय चलचित्रको सङ्गीतमा प्रवेश गरेका हुन् जुन् १९८२ को भारतीय चलचित्र निकहाको थियो जुन गित हस्रत मोहानीले लेखेका थिए। त्यसपछि उनले हङ्गाम है क्युँ र अवारगी गाएका थिए। उनले संधै जस्तो राम्रा गजल गितहरू मात्र गाउने गर्थे, हम को किस्के गमनो मारा गाएर उनी एक्कासी प्रख्यात भएका थिए।
गुलाम अलीले केहि नेपाली गजल गित जस्तै किन किन तिम्रो तस्बिर, गाजलु ती ठूला ठूला आँखा, लोएयका ती ठूला, के छ र दिँउ जस्ता गितहरू नेपाली स्वरसम्राट नारायण गोपालसँग गाएका छन्। ती गीतहरू राजा महेन्द्र वीर विक्रम शाहले लेख्नु भएको थियो। यी गीतहरू नारायण गोपालको एल्बम गुलाम अली र म मा सङ्कलीत गरियो र यस दिन नेपाली सङ्गीत प्रेमीहरू बीच लोकप्रिय छन्। गुलाम अली राजा महेन्द्रका एक मनपर्ने गायक थिए।
साङ्गीतिक सङ्गालो
[सम्पादन गर्नुहोस्]- तेरे सेहेर मे - १९९६
- लम्हा लम्हा - १९९७
- महताव - १९९७
- मदहोस - १९९९
- खुस्बु - २०००
- रब्बा यार मिलादे - २०००
- प्यासन्स - २०००
- सज्दे - २००१
- विशाल - २००४
- अवसर - २००६
- पर्छाँइयाँ - २००६
- हुसन-ए-गजल - २००७
- आवरागी
- दिल लगी
- गजल
- विशाल गजल
- गील र गजल
- हुसन लम्हे
- ख्वाइस
- नारायण गोपाल, गुलाम अली र म (नेपाली गजल)
- स्वर्ग
- सुनो'
- सैगात
- चुप्के चुप्के
- रङ्ग लरङ्ग
- जमने वाले
- हिर
- मेहेफील
- लग गयी नैन
- इतवार
- एक इसार
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "पाकिस्तानी गायक गुलाम अलीको मुम्बईमा सङ्गीत कार्यक्रम रद्द गरिएको छ", द हफिङ्गटन फोस्ट, अन्तिम पहुँच २०१५-१०-०७।, १४ फेब्रुअरी २०१६
- ↑ "गुलाम अलिले भविष्यमा भारतका सङ्गीत कार्यक्रम नगर्ने भएका छन्", जि न्युज, अन्तिम पहुँच २०१५-११-०४।, अन्तिम पहुँच १४ फेब्रुअरी २०१६