गोङ ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिनिया चलचित्र का नायिका |

'रेड सोरघुम', जु दाउ, रेज द रेड लानटे्रन, फेयरवेल माइ कन्कुवाइन, टु लिभ, सांघाई ट्रायड, टेम्पट्रेस मुन, चाइनिज बक्स, बे्रकिङ द साइलेन्स, द एम्परर एन्ड द एस्सासिन, २०४६, मेमोरिज अफ ए गिसा, मियामी भाइस, र्क्रस अफ द गोल्डेन फ्लावर, हन्निबल राइजिङ र सांघाई जस्ता चर्चित चिनिया चलचित्र का नायिकाको रूपमा प्रख्यात यिनको विशेषता भनेको चीनका सम्राज्ञीहरूको भूमिकादेखि साधारण चिनियाँ महिलाहरूको भूमिकासम्मलाई अत्यन्त स्वाभाविकता र गरिमाका साथ जीवन्त रूपमा प्रस्तुत गर्नु हो ।चीनका सामन्ती कालका पीडित महिलाहरूका कथा-व्यथा गोङ लीको अभिनयमा अत्यन्त मुखरित ढङ्गले प्रतिविम्बित हुन्छ । थिचिएका, दबाइएका, हिंसा र भ्रष्टाचारबाट पीडित र अरूको इसारामा जीवन बाँच्न विवश चिनियाँ नारीहरूको पीडामात्र होइन, तिनका उदात्त चरित्र, मानवीयता, नारीको स्वाभाविक गरिमा, मर्यादा र नारीसुलभ मायालु व्यवहार र पे्रमको उष्मासमेत गोङ लीको अभिननयमा भेटिन्छ ।

पश्चिमि विश्वमा भने यिन लाई बे्रकिङ द साइलेन्स, मेमोरिज अफ ए गिसामा यिनको अभिनयको लागि चिनिन्छ |

'द एम्परर एन्ड द एसास्सिन' की लेडी झाओको कुटिल भूमिका होस् या 'कर्स अफ दी गोल्डेन फ्लावर' की ताङ वंशकी सम्राज्ञीको भूमिका, गोङ लीको अभिनय बेजोड छ । 'रेड सोरघुम'को एउटी ग्रामणि किसान महिलाको चरित्र, 'जु दाउ'की एउटी पे्रमकी भोकी परम्पराद्वारा पीडित गृहिणीको भूमिका र 'राइज द रेड लान्टे्रन'की सामन्तकी उत्पीडित पत्नीको व्यथा- यी सबै चरित्रमा आँखा र मनमा बस्ने गरी सुहाउँछिन् गोङ ली ।'सांघाई ट्रायड' की रेस्टुराँमा गाउने एउटी सुन्दरी गायिका र माफिया बोसकी रखौटीको भूमिकामा ग्लामरस चरित्रको निर्वाह गर्नुपरोस् या 'सांघाई' फिल्ममा एउटी धनी व्यापारीको पश्चिमी संस्कृतिमा अभ्यस्त तर चीनप्रतिको देशपे्रम र जापानीप्रति प्रतिशोधको भावना साँचेकी चिनियाँ सम्भ्रान्त वर्गकी प्रतिनिधि महिला पात्रको रूपमा अभिनय गर्नु परोस्- गोङ ली यी प्रत्येक भूमिकामा जिउँदो पात्र लाग्छिन् ।'टु लिभ'की एउटी निम्न वर्गकी र राजनीतिक घटनाक्रमद्वारा पीडित महिला र 'फेयरवेल माई कन्कुवाइन' की विशिष्ट पात्र- गोङ लीले चिनियाँ समाजका नारीहरूका अनेकौँ रूप, चरित्र, विशेषता र व्यथाहरूलाई आफ्नो अभिनयमार्फत् अत्यन्त कलात्मक, नूतन र मोहक ढङ्गले जिएर देखाएकी छन् ।

'द स्टोरी अफ क्यू जू'मा क्यू जूको मूल पात्रको अभिनयको लागि १९९२मा भेनिस फिल्म फेस्टिबलमा सर्वोत्तम अभिनेत्रीका लागि उनको नाम नोमिनेट भएको थियो । उनको प्रभाव, अभिनय र उनले आर्जन गरेको सम्मानको मूल्याङ्कन गर्दै प्रसिद्ध पत्रिका 'एसिया विक'ले 'संसारकी अत्यन्त ग्लामरस मुभी स्टार र हलिउडको स्वर्ण युगकी एउटी परिस्कृत तथा सुरुचिपूर्ण उपलब्धि'का रूपमा उनको चित्रण गरेको थियो । गोङ ली पश्चिमा दर्शकहरूलाई चिनियाँ लावण्य, सुन्दरता र गरिमाको अनुभूति गराउने एउटी प्रमुख व्यक्तित्व रहँदै आएकी छन् ।बर्लिन फिल्म महोत्सवको पचासौं वाषिर्कोत्सवमा उनलाई जुरीको अध्यक्षता गर्न निमन्त्रणा गरियो । गोङ ली संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनको सद्भावना राजदूत बनिन् सन् २०००मा । सन् २००६मा भएको एउटा मतदानमा उनी चीनकी सबैभन्दा राम्री महिलाका रूपमा छानिइन् भने सन् २००६ मै 'पि्रमियर म्यागेजिन'ले 'फेयरवेल माई कन्कुवाइन'मा उनले गरेको अभिनयलाई संसारको ८९औं सर्वकालीन महत्त्व राख्ने भूमिकाका रूपमा उल्लेख गर्‍यो ।