गोमन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोमन
एसियाली गोमन
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:

गोमन ज्यादै विषालु सर्प हो। यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ। गोमन सर्पको विष, काँचुली, छाला र बोसो परम्परागत औषधी बनाउन प्रयोग हुने गरेको छ। त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने जस्ता मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन्। साथै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्छन्। यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँघरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ। मानिसले यसलाई शत्रु ठान्दा र विभिन्न प्रयोगको लागि उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप हुने सम्भावना बढ्दै गएको छ। त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ।

अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछिपी व्यापार हुने गरेको छ। अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानुन (साइटिस)को सूची नं. २मा गोमन सर्पलाई राखिएको छ। त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरै अध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा गोमन सर्पलाई राखिएको छ।

गोमन सर्प जति विषालु भए पनि वातावरण सन्तुलन राख्नमा यसको महत्त्वपूर्ण भूमिका रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]