गौतम घोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौतम घोष
जन्म (1950-07-24) २४ जुलाई १९५० (उमेर ७३)
कलकत्ता, भारत
पेशाचलचित्र निर्देशक, अभिनेता, निर्माता, सङ्गीत निर्देशक
कार्यकालसन् १९७४-हाल
जीवनसाथीनिलाञ्जन घोष (सन् १९७८-हाल)
सन्तानआनन्दी घोष
इसान घोष
वेबसाइटwww.goutamghose.com

गौतम धोष (बङ्गाली: গৌতম ঘোষ, जन्म: २४ जुलाई १९५०) आधुनिक भारतका एक बहुचर्चित सङ्गीत, चलचित्र निर्देशक र रङ्गकर्मी हुन्। धोषले बङ्गाली चलचित्रमा र अन्य भाषाका चलचित्रहरूमा पनि निर्देशन गर्दै आएका छन्।[१][२]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

गौतम घोसको जन्म २४ जुलाई १९५० का दिन भारतको पश्चिम बङ्गाल राज्यको कलकत्ता भन्ने सहरमा भएको थियो। धोषले जोन्स डायोसिसेन स्कुलबाट (हाल कन्या क्याम्पस) आफ्नो विद्यालय जीवन सुरु गरेका थिए। उक्त विद्यालयमा ४ कक्षा सम्म पढिसकेपछि उनी त्यहि विद्यालय वरपरको रहिको छिमेकी विद्यालय क्याथिड्रल मिसोनरी छात्र विद्यालयमा भर्ना भएका थिए। धोषले कलकत्ता स्थित कलकत्ता विश्वविद्यालयमा स्नातक पूर्ण गरेका थिए।[३]

कार्यकाल[सम्पादन गर्नुहोस्]

धोसले सन् १९७३बाट विभिन्न स्थानहरूमा गई त्यहाँका सामग्रीहरू खिच्ने र त्यसलाई दस्तावेजको रूपमा प्रस्तुत गर्न सुरु गरेका थिए भने सोही क्रममा उनले विभिन्न सामग्रीहरूको पनि दस्तावेज चलचित्र बनाएका थिए। धोषले कलकत्तामा उनले विभिन्न चलचित्र मन्दिरहरूमा पनि सहभागीता जनाउन सुरु गरेका थिए। धोषले त्यसको साथसाथै केही समय तस्वीर पत्रकारको रूपमा पनि काम गरेका थिए। उनले सन् १९७३ मा पहिलो दस्तावेज सार्वजनिक गरेका थिए जसले ओबरहुसेन चलचित्र पर्वमा पुरस्कार पनि हात पार्न सफल भएको थियो। धोषले पहिलोपटक निर्देशन गरेको चलचित्र माँ भूमि थियो जुन एक तमिल भाषामा आधारित चलचित्र थियो भने उक्त चलचित्र सन् १९८० मा पहिलोपटक सार्वजनिक गरिएको थियो। यो चलचित्रलाई सन् १९८० मा पहिलोपटक भारतमा अन्तर्राष्ट्रिय चलचित्र पर्वमा देखाइएको थियो। यस चलचित्रलाई कायरो र सिड्नी चलचित्र पर्वमा पनि देखाइएको थियो। त्यसपछि हालसम्म धोषले १० चलचित्रहरूमा निर्देशकको भूमिका सम्हाल्दै आएका छन् भने उक्त चलचित्रहरू; माँ भूमि, अन्तरजली यात्रा, पद्म नाधिर माझी, पटाङ, अबर अरने, गुडिया, कालबेला र मोनेर मान्सु आदि हुन् भने उनले अन्य थुप्रै दस्तावेज चलचित्रहरू र विभिन्न भाषाका चलचित्रहरूमा पनि निर्देशन गरिसकेका छन्।

धोषले विभिन्न विधामा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी १६ पुरस्कारहरू जित्न सफल भएका छन् जसमध्ये; द सिल्भर बेलुन अवार्ड, द नान्टेस चलचित्र अवार्ड, द यनेस्को अवार्ड, द क्यानन चलचित्र पर्व अवार्ड, द ग्र्याण्ड प्रिक्स-गोल्डेन अवार्ड, द फिप्प्रिस अवार्ड, द रेड क्रस अवार्ड आदि समावेश रहेका छन्।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

  • माभुमि (১৯৭৯), তেলেগু ভাষায়
  • দখল (১৯৮১)
  • পাড় (১৯৮৪)
  • অন্তর্জালী যাত্রা (১৯৮৭)
  • পদ্মানদীর মাঝি (১৯৯২)
  • পতঙ্গ (১৯৯৩)
  • আবার অরণ্যে ( ২০০৩)
  • যাত্রা (২০০৬)
  • কালবেলা (২০০৯)
  • মনের মানুষ (২০১০)
  • শঙ্খচিল (২০১৫)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Anirban Das (१ नोभेम्बर २०१०), Toward a Politics of the (Im)Possible: The Body in Third World Feminisms, Anthem Press, पृ: 127–, आइएसबिएन 978-1-84331-855-2, अन्तिम पहुँच ३ अक्टोबर २०१२ 
  2. "Interview: Weight of the world", The Hindu, १६ मार्च २००८, अन्तिम पहुँच ८ मार्च २०१६ 
  3. "Archived copy", मूलबाट ६ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-११-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-०६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]