घनश्याम न्यौपाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


घनश्याम न्यौपने ‘परिश्रमी’ नेपाली गजलकार हुन्। उनकोको जन्म २०१५ साल असार १४ गते गण्डकी अञ्चलको स्याङ्जा जिल्ला अन्तर्गत श्रीकृष्ण गण्डकी गा.वि.स.२ बलाम नित्यडा“डामा भएको हो। पिता रुक्मागत न्यौपाने र माता तारादेवी न्यौपानेको कोखबाट जन्मिएका ‘परिश्रमी’ विद्यार्थी जीवनदेखि नै साहित्य साधनामा लागेका हुन्। नवलपरासीको वर्दघाटमा स्थायी वसोवार भएका ‘परिश्रमी’ २०५९ देखि रूपन्देहीको भैरहवामा बस्दै आएका छन्। नेपालीमा एम.ए. व्याकरणमा आचार्य र गजलमा विद्यावारिधी गरेका ‘परिश्रमी’ हाल भैरहवा बहुमुखी क्याम्पसमा अध्यापन पेसामा संलग्न रहेका छन्।

वहाँको दुई छोरा सवर्ण संग्राम, सुशिल सौरभ हुनुहुन्छ।

सिस्नुपानी नेपाल (आजीवन सदस्य) स्याङ्गजा साहित्य प्रतिष्ठान (आजीवन सदस्य) गजल सागर नेपाल (संरक्षक) सुदुर पश्चिामाञ्चल गजल मञ्च (प्रमुख सल्लाहकार) आदि जस्ता सङ्घ–संस्थामा आवद्ध रहेका ‘परिश्रमी’ले सगर, झरना, मुच्र्छना, नानी, रजस्थल, निसाप, युगदर्पण आदि पत्रिकाको सम्पादन पनि गरेका छन्।

‘परिश्रमी’ मूलतः गजलकार व्यक्तित्वका रूपमा स्थापित छन् भने समालोचक एकाङ्कीकार, कवि, कथाकार, निबन्धकार र गीतकार व्यक्तित्वका रूपमा पनि परिचित छन्। जागजाग कविता २०३१मा प्रकाशित गरी आफ्नो साहित्यिक यात्रा प्रारम्भ गरेका ‘परिश्रमी’ले हालसम्ममा एक दर्जन जति कृति प्रकाशन गरिसकेका छन्। उनका ५ प्रकाशित कृतिहरू यस प्रकार छन्।

  1. अन्त्यमा (खण्डकाब्य २०३६)
  2. यौ मौसम (गजलसङ्ग्रह २०५०)
  3. घामको छहारीमा (गजसङ्ग्रह २०५३)
  4. साहित्य सन्दर्भ (समालोचना सङ्ग्रह २०५५)
  5. जुनुमामा (संयुक्त बालगजल सङ्ग्रह २०६०)
  6. जून चूहेको रात (गजल सङ्ग्रह २०६०)
  7. राम्रा चाचा मीठा पापा (बाल गजलसङ्ग्रह २०६३)
  8. गजल भूमिकावली (२०६३, गजलकृतिहरूको भूमिका)
  9. गजल सौन्दर्य भीमांसा (गजल सिद्धान्त २०६४)

माथि उल्लिखित साहित्यिक कृतिका अतिरिक्त विभिन्न पाठ्यपुस्तकका साथसाथै विभिन्न पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित छन्। मनु बाज्राकीको गजल लेखनबाट प्रभावित भई गजल विधातर्फ आकर्षित भएका ‘परिश्रमी’को २०४४को मधुपर्कमा प्रकाशित ‘जिन्दगी त जिएकै छु’ नामक गजल नै प्रथम प्रकाशित गजल हो। साहित्यका विविध विधामा पुर्याएको योगदान स्वरूप ‘परिश्रमी’ राष्ट्रिय शिक्षा पुरस्कार (२०४६), रत्न पुरस्कार (गजल विधाका लागि २०४६), काली गण्डकी साहित्य कला पुरस्कार (२०५५), कृष्णजङ्ग डम्बरजङ्ग पुरस्कार (२०५६), गजलश्री सम्मान (२०६०), तन्नेरी प्रतिभा पुरस्कार (२०६०) लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत, सम्मानित र अभिनन्दित भएका छन्।

गजल सिद्धान्तलाई अनुसरण गर्ने ‘परिश्रमी’ले बहरमा गजल रचना गरेका छन्। फारसी बहरको मात्रै पछि नलागी उनले लोकलय एवं स्वनिर्मित लयलाई पनि स्थान दिएका छन्। नेपाली माटोलाई सुहाउने गरी गजल लेख्ने ‘परिश्रमी’ प्रगतिशील, मानवतावादी, यथार्थवादी, गजलकार हुन्। उनका गजलमा सुख, दुःखका यथार्थ अनुभूति व्यक्त हुनुका साथै सामाजिकता समसामयिकता, दार्शनिक चिन्तन, राष्ट्रियता, रुढीवादप्रति आलोचनाको साथै शृङ्गारिकताको भाव अभिव्यक्त भएको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]