घरेलु रक्सी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कानुनी चस्माको निगरानीमा ‘नजरबन्द’ विभिन्न घरेलु रक्सि मध्ये एक हो – नेवा: ऐला । अवैध व्यवसाय भनि वैधानीकता नपाइरहेको यसै बखत घरबुना मदिरा विश्वकै ५० मिठो पेयपदार्थको सुचीमा सूचिकृत हुन् सफल भएको छ ।

अमेरिकी सञ्चार एजेन्सी सीएनएनले ‘वोल्र्डस् फिफ्टी मोस्ट डेलीसियस ड्रिंक्स‘ शिर्षकमा ८ मे २०१८ मा संसारका ५० मिठो पेयपदार्थको सूची निकालेको थियो । प्रकाशित उक्त ट्राभल जोर्नलमा नेपाली रक्सि भारतीय म्याङ्गो लस्सी(५० नम्बर), अस्ट्रेलियन रेडबुल(४९ नम्बर), जापानी याकुल्ट(४८ नम्बर),जर्मनीको ब्याण्ड फ्यान्टा(४३ नम्बर), जापानी शिकुवासा जुस (४२ नम्बर) लाई पछि पार्दै ४१ औँ नम्बरमा परेको छ ।

सीएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि आनन्द दिन्छ ।’

यस ट्राभल जर्नलले नेवा: ऐलालाई गुणस्तरीय रक्सी भनेर यकिन किटान नगरेको भएता पनि नेवा: ऐलाको प्रवद्धन र विकासमा अहम भूमिका खेलेको छ । मुलुक आफैंले यस बारे प्रचारप्रसार गर्न नसिकिरहेको(नचाहेको) बखत अमेरिकी संस्थाले थोरबहुत प्रचार गरिदिएको छ । यसको फाइदा उठाएर पर्यटन क्षेत्रलाई धाराशायी हुनबाट जोगाउँदा सरकारलाई कदाचित् घाटा छैन् ।

घरेलु मदिराको सांस्कृतिक महत्त्व:[१][सम्पादन गर्नुहोस्]

नेपालको कतिपय मतवाली जनसमुदायमा पुजाआजा, संस्कार, संस्कृति र चाडपर्वको नाममा मदिरा प्रयोगले नियमितता पाएको छ । कोहि भन्छन्, ‘रक्सी चढाएपछी देउता खुसी हुन्छन् । रक्सी खाएपछि काम फत्ते हुन्छ ।’ यस समुदायमा केहि यस्ता व्यक्तिहरु पनि छन्, जो मदिरा नपाए सुत्न सक्दैनन् । मदिरा बिना रात कटाउँदा हातगोडा काँपेको, बेस्सरी पसिना आएको, सास फेर्न नै गाह्रो भएको जस्ता शारीरिक र मानिसिक पीडा अनुभव गरेको बताउँछन् । यी समुदायहरूमा बच्चा जन्मिदा, अतिथि सत्कारको रूपमा, मृत्यु संस्कार साथै चिहानमा समेत घरवुना मदिरा चढाउने परम्परा रहीआएको छ ।

जनजाती समुदायमा रक्सीलाई सगुनका रूपमा लिइन्छ ।

तन्त्रप्रधान नेवार धर्मअनुसार पञ्च ‘म’कारको संस्कार मध्ये: मदिरा, मासं–मासु, मीन–माछा, मुद्रा–बारा र मैथुन–अण्डा पञ्चतत्वलाई सगुनको रूपमा लिइन्छ । यी पाँच तत्वलाई काम, क्रोध, लोभ, मोह र अहंकारका प्रतिकका रूपमा हेरिन्छ । जसले यी पाँच तत्व(इन्द्रिय)लाई बसमा राख्छ, त्यसले संसार जित्छ मूल सन्देश प्रवाह गर्ने संस्कृतिको रूपमा ‘सगुन’ आदानप्रदान हुँदै आइरहेको छ ।

नेपालको विकारल भौगोलिक अवस्था अन्तर्गत हिमालमा रहनेहरु चिसोबाट जोगिन तथा पहाडमा हिउँको सेप लाग्ने हुँदा जाडो भगाउन घरवुना रक्सी नै पिउछन् । पहाडमा उकालो र ओरालो गर्दा प्यास मेट्न साथै तराईमा परिश्रम गरेर थकाइ मारिरहँदाको अवस्थामा गलेको शरीरलाई आराम दिन मदिरा सेवन गर्ने चलन रही आएको छ ।

‘चाडपर्वमा हामी धेरै प्रकारका खानेकुरा खान्छौं । ती प्रायः चिल्लो हुन्छ । जाँडरक्सीले चिल्लो काड्छ । शरीरलाई स्फूर्ति पनि प्रदान गर्छ ।’ असन निवासी रमेश बज्राचार्य बताउँछन् । मगर, राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पालगायत विभिन्न समुदायमा ‘ल्होछार’ (नयाँ वर्ष), पूजा तथा अन्य उत्सवमा रक्सीको प्रयोग हुन्छ । त्यस्तै थारु समुदायले पनि छाँकी (रक्सी) चढाएर देउताको पूजा गर्ने गर्छन् ।

सगुनका रूपमा समुदायले पारम्पारिक मान्यता दिएको यस पेय पदार्थको उत्पादन, विक्री वितरणमा कानुन बनाई जबरजस्ती गरिरहनुले समाजमा विद्रोहलाई बढुवा दिलाइरहेको छ । सांस्कृतिक पृष्ठभूमि नै नबुझी संस्कृतिलाई कानुनको कठघरामा उभ्भाउँन मिल्दैन । संस्कृति एक सामाजिक संरचना हो । संस्कृति सामाजिक सामुहिकतामा आधारित हुन्छ । समाजको पारस्परिक साझा अर्थवोध नै संस्कृति हो । कानुनी चस्मा लगाएर सांस्कृतिक हिँसा मच्चाउनु सरकारको विवेकहिनता शिवाय केहि होइन । ‘राज्य संस्कृतिको रक्षक हो’ भन्ने कुरा बिर्सन सरकारलाई कदापि छुट छैन ।