घोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुई वा दुईभन्दा बढी पदार्थहरूको समान मिश्रणलाई घोल भनिन्छ । घोल बन्न घोलक पदार्थघुलित पदार्थ आवश्यक पर्दछ । यसरि घोलक पदार्थ र घुलित पदार्थहरूको संमिश्रण भन्नु नै घोल हो ।

घोल = घोलक पदार्थ + घुलित पदार्थ
साधारणतया घोल, घोलमा मिसिएका अवयवहरु, गुण र प्रकृतिको आधारमा ३ प्रकारका हुन्छ्न् :

  1. असंतृप्त घोल - जुन घोलमा थप घुलित पदार्थ हाल्दा उक्त घुलित पदार्थ घोलमा घुलेर जान्छ भने त्यस्तो घोललाई असंतृप्त घोल भनिन्छ । जस्तै: चिनीपानीको घोलमा थप चिनी हाल्दा घुल्छ भने उक्त घोल असंतृप्त हो ।
  2. संतृप्त घोल - जुन घोलमा थप घुलित पदार्थ हाल्दा घुल्दैन भने त्यस्तो घोललाई संतृप्त घोल भनिन्छ । जस्तै:चिनीपानीको घोलमा चिनी थप्दा उक्त चिनी घुल्दैन भने त्यस्तो घोल संतृप्त घोल हो ।
  3. अतिसंतृप्त घोल - जुन घोलमा थप घुलित पदार्थ हाल्दा उक्त घुलित पदार्थ नघुलीई ठोस अवस्था मै रहिरन्छ र घोल घोलकै अवस्थामा रहन्छ भने त्यस्तो घोललाई अतिसंतृप्त घोल भनिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=घोल&oldid=900780" बाट अनुप्रेषित