चन्दन लोमजेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्दन लोमजेल दार्जीलिङमा सक्रिय नेपाली संगीतकार हुन् । उनी चर्चित गायिका डेजी बराइलीका पति हुन् । चन्दन आफैँ पनि दार्जीलिङका नामी सङ्गीत सर्जक र दार्जीलिङ सांस्कृतिक विभागका प्रमुख हुन् । चन्दनले डेजीको स्वरको गीत रेडियो नेपालमा पहिलो पटक सुनेका थिए । पछि गएर नाम र गीत सुन्ने कुरा अझ नजिकिएर गएछ । गानाबजानाका टोलीहरूमा हिँड्दाहिँड्दै बाह्र वर्षम्मको संगतले नजिकएर डेजी-चन्दनले घरजम गरेछन् । डेजी-चन्दनका छोरी विमोचिका र छोरा अनमोल छन् । छोरी विमोचनाले गायनमा आमालाई साथ दिन थालेकी छिन् भने छोरा अनमोल पनि सानैदेखि सङ्गीतमा लाग्न थालेका छन् । नेपालयले काठमाडौंमा आयोजना गर्दै आएको पलेंटी श्रृंखलामा प्रत्येक पटक डेजी आउँदा चन्दन पनि आउने गरेका छन् ।