सामग्रीमा जानुहोस्

चन्द्रमानक नेपाल सम्वत्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्रमानक नेपाल सम्वत् पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । यो सम्वत्‌ अन्य हिन्दु वा बौद्ध पञ्चाङ जस्तै आधारमा चल्दछ । [] []

चन्द्रमानक नेपाल सम्वत्‌का सामान्य बाह्र, प्रत्येक तीन वर्षमा थपिने तेह्रौँ महिना र लगभग दुई दशकमा हराउने एक महिना यस प्रकारका छन् :

क्र.सं.महिनाको नामउत्पत्ति वा अर्थ
कछलापहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हूदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
थिंलासर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
प्वँहेलापोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ ।
सिल्लापहिला पहिला बिफरले मानिसहरूलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
चिल्लाचिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
चौला
बछलाविक्रम सम्बतको पहिलो महिना मानिन्छ ।
तछलातथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
दिल्लायो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
१०गुंलागुंला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरूको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रूपमा लिइन्छ ।
११यंलायःसिं थनिगु, इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् ।
१२कौलाकौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।
१३अनलातीन वर्षमा एकपटक थपिने अधिक महिना
न्हंलाकरीब दुई दशकमा एकपटक लुप्त हुने एक महिनालाई 'न्हंला' भनिन्छ ।

चन्द्रमानक नेपाल सम्वत्‌मा औंशीको भोली पल्ट प्रतिपदाका दिन देखि औंशी सम्मको गणनामा एक महिना हुने गर्दछ । प्रतिपदा देखि पूर्णिमाको दिन सम्मका तिथिहरूलाई 'थ्व', पूर्णिमा पछिको प्रतिपदा देखि औंशी सम्मका तिथिहरूलाई 'गाः' भनिन्छ ।

क्र.सं.नेपाल सम्बतमा तिथि गणनासंस्कृत / नेपाली भाषामा
पारुप्रतिपदा
दुतियाद्वितिया
तितियातृतीया
चौथिचतुर्थी
पन्चमिपञ्चमी
खस्तमिषष्ठी
सप्तमिसप्तमी
अस्तमिअष्टमी
नःमिनवमि
१०दसमिदशमी
११एकादसिएकादशी
१२दुवादसिद्वादशी
१३त्रयदसित्रयोदशी
१४चःह्रेचतुर्दशी
१५पुन्हिपूर्णिमा
क्र.सं.नेपाल सम्बतमा तिथि गणनासंस्कृत / नेपाली भाषामा
पारुप्रतिपदा
दुतियाद्वितिया
तितियातृतीया
चौथिचतुर्थी
पन्चमिपञ्चमी
खस्तमिषष्ठी
सम्प्तमिसप्तमी
अस्तमिअष्टमी
नःमिनवमि
१०दसमिदशमी
११एकादसिएकादशी
१२दुवादसिद्वादशी
१३त्रयदसित्रयोदशी
१४चःह्रेचतुर्दशी
१५आमैऔंशी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]