चाङ्होउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


चाङ्होउ चीनको ढुलो औद्योगिक सहर हो। यसलाई ड्रागोन टाउन पनि भनिन्छ। दुई हजार पाँचसय वर्ष पुरानो इतिहास बोकेको जियान्सु प्रान्तमा पर्ने यो सहरमा विदेशी लगानी खुला गरिएपछि व्यापक रूपमा उद्योगधन्धा फस्टाएको छ। सात हजार ६३६ वटा उद्योगमध्ये ४२ वटा विश्वका उत्कृष्ठ बहुराष्ट्रिय क्रम्पनी यहाँ कार्यरत छन। एक हजार ८६४ वर्ग किमि क्षेत्रफल रहेको यो सहरमा हाइ टेक जोन सुरक्षित लगानीका लागि भरपर्दो केन्द्र बनेको छ। ३५ लाख जनसङ्ख्या रहेको यो सहरमा मुख्य गरी मेसिन, विद्युत्, अटोमोबाइला र कपडाका उद्योग रहेका छन्।