चालु दायित्व
स्वरूप
लेखा विधीमा चालु दायित्व (अङ्ग्रेजी: Current Liabilities) भन्नाले व्यवसायसँग सम्बन्धी सम्पूर्ण दायित्वहरू पर्दछन् जुन संस्थाले एक आर्थिक वर्ष भित्र वा सञ्चालन चक्र भित्र मध्ये जुन लामो छ सो अवधीमा चुक्ता हुने गर्दछ ।
नेपाल वित्तीय प्रतिवेदन मानहरूका अनुसार चालु दायित्व भन्नाले देहाय बमोजिमको दायित्वहरूलाई जनाउँदछ[१];
- जुन दायित्व व्यवसायको सामान्य सञ्चालन चक्र भित्र चुक्ता हुन्छ । जस्तैः भुक्तानी बाँकी रकमहरू
- व्यवसाय सञ्चालन सँग सम्बन्धीत व्यवसायिक दायित्वहरू
- जुन दायित्व बासलातको मिति देखि १२ महिनाको अवधिमा चुक्ता हुन्छ ।
- संस्थाले सो दायित्वको भुक्तानलाई बासलात मिति देखि १२ महिनाको अवधिसम्म विना शर्त स्थगन गर्ने अधिकार नभएको दायित्व ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाल वित्तीय प्रतिवेदन मान २०१३