सामग्रीमा जानुहोस्

चिना हराएको मान्छे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
China Harayeko Manchhe
चित्र:China Harayeko Manchhe.jpg
लेखकहरिवंश आचार्य
मूल शीर्षकचिना हराएको मान्छे
देशनेपाल
भाषानेपाली भाषा
प्रकारजीवनी
प्रकाशकFinePrint
प्रकाशित मिति
अप्रिल २०१३
पृष्ठ२९४
आइएसबिएन9937866642
यस पछिहरी बहादुर 

चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।

उक्त पुस्तक उनकी पहिली पत्नी मिराको दोस्रो पुण्यतिथिका अवसरमा वि.सं. २०७० वैशाख १६मा सार्वजनिक गरिएको हो ।

पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अरू धेरै विषयलाई समावेश छ ।

‘चिना हराएको मान्छे’ संसारभरका नेपालीभाषीले पढ्न पाउने भएका छन् । विश्वको सबैभन्दा ठूलो अनलाईन स्टोर अमेजनमार्फत यो पुस्तक पढ्न पाइने प्रकाशक फाइनपि्रन्टले जनाएको छ ।

भर्खरै बिक्रीका लागि राखिएको उक्त पुस्तक अमेजनमा किन्न पाइने नेपाली भाषाको पहिलो कृति हो । ‘अन्तर्राष्ट्रिय अनलाईन स्टोरमा नेपाली पुस्तकको उपलब्धतापछि नेपाली पुस्तकको बजारले फड्को मार्नेछ, जसबाट नेपाली लेखक र प्रकाशक दुवै लाभान्वित हुनेछन्’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले भन्नुभयो -’विदेश बस्ने नेपालीको संख्या करोडजस्तो छ ।

तर तिनको पहुँचमा हामी पुग्न सकिरहेका थिएनौँ । अमेजनमार्फत हामी ती पाठकसम्म पुग्न सक्ने भएको छौ, यो नेपाली प्रकाशन उद्योगको ठूलो उपलब्धी हो ।’ यो पुस्तक अमेजनमा २३.८५ डलर र ३९८ भारुमा किन्न सकिनेछ ।

यो पुस्तकको प्रकाशक फाइनप्रिन्ट हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाहिरी लिङ्कहरू

    [सम्पादन गर्नुहोस्]