चिनियाँ कम्युनिस्ट पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिनियाँ कम्युनिस्ट पार्टी

中国共产党
Zhōngguó Gòngchǎndǎng
महासचिवसि जिनपिङ
वर्तमान समिति
स्थापना१ जुलाई १९२१
प्रमुख कार्यालयझोङ्गनानहाइ, बेजिङ
समाचारपत्रपिपल्स डेली
युवा सङ्गठनयुवा कम्युनिष्ट लिग
पपुलर फ्रन्टयुनाइटेड फ्रन्ट
सैनिकजनमुक्ति सेना
सक्रिय सदस्य (२०१५)८७.७९ मिलियन[१]
विचारधारासाम्यवाद, समाजिक चिनिया विशेषता
(विचार)
अन्तर्राष्ट्रिय सम्बद्धताकम्युनिष्ट तथा कामदारहरूको अन्तर्राष्ट्रिय पार्टी
गान"द इन्टरनेसनल"
राष्ट्रिय जनवादी काङ्ग्रेस (सिट संख्या)
२,१५७ / २,९८७
राजनीतिक दलको झन्डा
वेबसाइट
english.cpc.people.com.cn

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) जनवादी गणतन्त्र चिनको संस्थापक तथा वर्तमान शासन गरिरहेको राजनीतिक दल हो ।

चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलो र कम्युनिस्ट पार्टी हो । यसका सदस्य संख्या झण्डै १० करोड रहेको बुझिन्छ । सन् २०२० मा, भारतको भारतीय जनता पार्टी पछि सिपिसी ९.१ करोड सदस्य सहित विश्वको दोश्रो ठूलो राजनैतिक दल हो। [२]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले आज आउँदा झण्डै १ सय पुरा गर्न थालेको छ ।

संस्थापना र प्रारम्भिक इतिहास (१९२१-१९२७)[सम्पादन गर्नुहोस्]

सन् १९१९ को गर्मीमा, सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेभिक) ले सुदुर पूर्वका मानिसको सहायता गर्ने निर्णय गर्यो। [३] सन् १९२० अप्रिल मा, यसको विदेश मामिला डिभिजनको भ्लादिभोस्तोक शाखाले चीन, कोरियाजापानमा मार्क्सवादको विकासको लागि ग्रिगोरी भोइटिन्स्कीलाई खटायो। भोइटिन्स्कीले लि दाजाओ लाई भेटे र उनलाई कम्युनिस्ट बनाए।[४] भोइटिन्स्कीले कम्युनिष्ट इन्टरनेसनलका सुदुर पूर्वी महासचिवलाई साङ्घाईमा भेटे। ५ जुलाई मा, उनले चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना प्रवर्द्धन गर्न चीनमा रहेका रूसी कम्युनिस्टहरूलाई भेटे। उनले सांघाई क्रान्तिकारी ब्युरो (सांघाई कम्युनिस्ट समूह पनि चिनिन्छ। ) बनाउन सहयोग गरे। यस्तो समूहहरू ग्वाङ्झोउ, वूहान र वेइजिंगमा पनि बन्यो| भोइटिन्स्कीले यी समूहलाई प्रवर्दन गर्न , सम्मेलन र विदेशमा पढ्न पठाउने खर्च बेहोरे |.[३][५]

चिनिया कम्युनिस्ट पार्टीको आधिकारिक दस्तावेज अनुसार, सिपिसीको स्थापना १ जुलाई १९२१ मा भएको थियो। यद्यपि पार्टी कागजात अनुसार, यो गलत हुन सक्छ र पार्टीको वास्तविक स्थापनाको मिति २३ जुलाई १९२१ हो , यो सिपिसीको पहिलो राष्ट्रिय सम्मेलनको मिति हो।[६] सिपिसीको संस्थापक राष्ट्रिय सम्मेलन २३-३१ जुलाई १९२१ मा भयो। [७] १९२१ सुरुमा, मात्र ५० सदस्यबात् सिपिसीको संगठन र गतिबिधि जबर्दस्त रुपमा बढ्यो ।[८] यो मूल रुपले शंघाई फ्रान्सेली कन्सिशनको एउटा घरमा आयोजित गरिएको थियो, फ्रान्सेली पुलिसले ३० जुलाईमा बैठक रोक्यो[९] र सम्मेलनलाई झेजियाङ प्रान्तको जियासिङ को दक्षिण तालमा पर्यटक डुंगामा सारियो।[९] एक दर्जन प्रतिनिधिहरूले सम्मेलनमा भाग लिए, ली र चेन उपस्थित हुन सकेन,[९] पछि उनी आफैले व्यक्तिगत प्रतिनिधि पठाए। [९] सम्मेलनको प्रस्तावनाले कम्युनिष्ट इन्टरनेसनलको शाखाको रुपमा कम्युनिस्ट पार्टीको स्थापना गर्न आह्वान गर्यो र चेनलाई नेताको रुपमा निर्वाचित गर्यो। त्यसपछि चेनले कम्युनिस्ट पार्टीको पहिलो महासचिवको रुपमा काम गरे [९] र उनलाई "चीनको लेनिन" भनिन्थ्यो। [१०]

चिनियाँ गृहयुद्ध र दोस्रो चीन-जापान युद्ध (१९२७-१९४९)[सम्पादन गर्नुहोस्]

Flag of the Chinese Workers' and Peasants' Red Army

सिपिसीले वुहानको कुमिन्ताङ सरकारलाई निरन्तर समर्थन गरिरहेको थियो।,[११] तर १५ जुलाई १९२७ मा वुहान सरकारले कुमिन्ताङ बाट सबै कम्युनिष्टहरूलाई निष्कासन गर्यो।[१२] यसको प्रतिक्रिया स्वरुपम सिसिपिले कुमिन्ताङ सँग लड्न "चिनियाँ श्रमिक तथा किसान लाल सेना" गठन गर्यो। यसलाई लाल सेनाको नामले अझै राम्ररी बुझिन्छ। १ अगसत १९२७ मा जनरल झु दे नेतृत्वको एक पल्टनलाई नानचाङ सहर कब्जा गर्ने आदेश दिइयो। यसलाई नानचाङ विद्रोहको नामले चिनिन्छ। प्रारम्भिक सफलता हात पारे पनि पाँच दिनपछि उनीहरू फिर्ता हुन बाध्य हुन पर्यो। उनीहरू दक्षिण सान्ताउ तर्फ लागे र त्यहाँबाट फुजियानको उजाड ठाउँ तिर बढे। [१२] माओत्से तुङ लाल सेनाको कमान्डर इनचिफ नियुक्त भए चाङ्शा कब्जा गर्न चार रेजिमेन्टको नेतृत्व गरे। यसबाट हुनानमा किसान बिद्रोहको लागि उर्जा मिल्ने विश्वास थियो। [१३] उनको योजना ९ सेप्टेम्बरमा कुमिन्ताङ नियन्त्रणको सहरलाई तीन तिरबाट आक्रमण गर्ने थियो, तर चौथो रेजीमेन्ट कुमिन्ताङ सँग मिल्यो र तेस्रो रेजीमेन्टमाथि आक्रमण गर्यो। माओको सेनाले चाङ्शा सम्म अघि बढ्यो, तर उएएहरूले कब्जा गर्न सकेनन्, १५ सेप्टेम्बरमा उनले हार माने, १००० जना जिवित बाँकीहरू सँग उनी पूर्वबाट जिङ्गाङ हिमाल तर्फ लागे। [१३][१४][१५]

जन गणतन्त्र चीनको स्थापना र एकमात्र सत्तारूढ पार्टी (१९४९-हालसम्म)[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CPC has 87.79 mln members", Xinhua News Agency, China Internet Information Center, २९ जुन २०१५, अन्तिम पहुँच २९ जुन २०१५ 
  2. "China: CCP members 2019", Statista (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२० 
  3. ३.० ३.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named CI
  4. 永發, 陳 (अक्टोबर २०१०), 中國共產革命七十年, Taipei: 聯經। 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named auto
  6. Tatlow, Didi Kirsten (२० जुलाई २०११), "On Party Anniversary, China Rewrites History", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २ जुन २०२१ 
  7. "1st. National Congress of The Communist Party of China (CPC).", मूलबाट २२ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१५ 
  8. Hunt, Michael (२०१३), The World Transformed: 194 to the Present, Oxford University Press, पृ: ११५, आइएसबिएन 9780199371020 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ Gao 2009, पृष्ठ 119.
  10. Chow 2009.
  11. Carter 1976, पृष्ठ 62.
  12. १२.० १२.१ Carter 1976, पृष्ठ 63.
  13. १३.० १३.१ Carter 1976, पृष्ठ 64.
  14. Schram 1966, पृष्ठ. 122–125.
  15. Feigon 2002, पृष्ठ. 46–47.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]