चिम्टेश्वर महादेवस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिम्टेश्वर महादेवस्थान नुवाकोट जिल्लाको बेलकोट, कुमारी, जिलिङ तथा दुईपिपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय महत्त्वको क्षेत्र हो । जडिबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ, त्यहाँबाट राजधानी उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]