चिलमारी उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चिलमारी

চিলমারী
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २५°३४′उ॰ ८९°४१.५′पू॰ / २५.५६७°N ८९.६९१७°E / 25.567; 89.6917निर्देशाङ्कहरू: २५°३४′उ॰ ८९°४१.५′पू॰ / २५.५६७°N ८९.६९१७°E / 25.567; 89.6917
देशबंगलादेश बाङ्लादेश
विभागरङ्पुर विभाग
जिल्लाकुडिग्राम जिल्ला
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१२२,८४१[१]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटchilmari.kurigram.gov.bd

चिलमारी (बाङ्ला: চিলমারী) बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

चिलमारी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°२६' देखि २५°४०' उत्तर अक्षांश र ८९°३८' देखि ८९°४८' पूर्वी देशान्तरणमा अवस्थित छ। चिलमारी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २२४.९७ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई उलिपुर उपजिल्लाले उत्तर, चार राजिवपुरसुन्दरगञ्ज उपजिल्लाले दक्षिण, रौमारीचार राजिवपुर उपजिल्लाले पूर्व, सुन्दरगञ्जउलिपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र, उदनर बिल, चरसाल बिल, मगुरार बिल, होरिनार बान्दा बिल आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[३]

इतिहास[सम्पादन गर्ने]

सन् १९२० मा यस उपजिल्लाका थुप्रै मानिसहरू ब्रिटिस शासनको विरुद्धमा आन्दोलन गर्न शुरू गरेका थिए जहाँ अब्दुल मजिद, परेश चन्द्र मलिक र नरेन कुमार ठाकुर जस्ता व्यक्तिहरू पक्राउ परेका थिए भने परेश चन्द्र मलिकलाई देश निकाला गरिएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने २० मे १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्ला अन्तर्गत ब्रह्मपुत्र नदिको निकारमा ३० जना सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। १७ अक्टोबर १९७१ का दिन अब्दुल चन्दको निर्देशनमा रहेका १५० बङ्गलादेशी लडाकुले पाकिस्तानी सेना माथि आक्रमण गरेका थिए जहाँ ११ लडाकुहरूको ज्यान गएको थियो भने त्यस प्रत्यक्ष गोली हानाहान तथा युद्ध पश्चात् चिलमारी उपजिल्ला स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ११४३५० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५६५०६ छ भने महिलाको जनसङ्ख्या ५७८४४ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०८५३८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५६९१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८८ रहेको छ। यस उपजिल्लामा १४५ मस्जिद र १० हिन्दु मन्दिरहरू रहेका छन् यस उपजिल्लाका ९३.१८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१२% ले पोखरी, ०.१३% ले टुटी र ६.५७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ४४.८३% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, १ शिशु हेरचाश केन्द्र १ आँखा अस्पताल र १२ सामुदायिक स्वास्थ्य केन्द्रहरू रहेका छन्।[४]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, उखु, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलु र आलसको तेल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ९ माछापालन केन्द्र, १० दुग्ध सङ्कलन केन्द्र तथा १६ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ६७.८५% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.१७%, उद्योग तथा व्यापार ०.३८%, वाणिज्यमा ९.३८%, सञ्चार तथा यातायातमा १.२३%, निर्माण क्षेत्रमा १.०१%, सुविधामा ६.८१%, धार्मिक सेवामा ०.०९%, वैदेशिक रोजगारी तथा भाडामा ०.२२% र अन्यमा ७.८६% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

चिलमारी थानको स्थापना सन् १८५० मा भएको थियो भने सन् १९८३ अप्रिल १५ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ६ सङ्घ परिषद्/वडा, ५८ मौजा/महल्ला र १५२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्;अष्टमिर सङ्घ परिषद्, नयारहाट सङ्घ परिषद्, चिलमारी सङ्घ परिषद्, रमना सङ्घ परिषद्, थानाहाट सङ्घ परिषद् र रानीगञ्ज सङ्घ परिषद्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३३.७७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३९.०५% छ भने महिलाको साक्षरता दर २८.६९% रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, १६ माध्यमिक विद्यालय, ८६ प्राथमिक विद्यालय, २ सामुदायिक प्राथमिक विद्यालय, ३ व्यवसायीक शिक्षण संस्था र ३० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्: चिलमारी डिग्री क्याम्पस (सन् १९८५), चिलमारी महिला डिग्री क्याम्पस (सन् १९९५), गोलम हबिब महिला डिग्री क्याम्पस (सन् १९९५), चलमारी उच्च विद्यालय (सन् १९३३),थानाहाट एयु पाइलट उच्च विद्यालय (सन् १९६७), थानाहाट पाइलट कन्या उच्च विद्यालय (सन् १९६९), बालाबाडीहाट उच्च विद्यालय (सन् १९४८), केडी वारी सरकारी प्राथमिक विद्यालय (सन् १९४६), थानाहाट सरकारी प्राथमिक विद्यालय (सन् १९४०), राजारभाटिया ईस्लामिया फजिल मदरसा (सन् १९४९) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "चिलमारी उपजिल्ला - जनसङ्ख्या", सिटि पपुलेसन 
  2. अब्दुल हाकिम (सन् २०१२), "चिलमारी उपजिल्ला", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  3. জেলা উন্নয়ন পরিক্রমা। ২০০১-২০০৫, গণযোগাযোগ অধিদপ্তর, তথ্য মন্ত্রণালয়, ডিসেম্বর ২০০৫
  4. "बाङ्लादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]