चोमोलुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालको पूर्वी भागमा बसोबास गर्ने नेपालको आदीबासी किरात "राई" जातिहरूले बोल्ने भाषालाई "राईभाषा" भनिन्छ। "चोमोलुङ" यहि "राईभाषा" बाट आएको शब्द हो। जस्को अर्थ "सगरमाथा" भन्ने हुन्छ। जसमा "चोमो"को अर्थ "अग्लो" हो भने "लुङ"को अर्थ "ढुङ्गा" अर्थात "पहाड" भन्ने हुन्छ। यि नै दुइ शब्द मिलेर "सगरमाथा" अर्थात "अग्लो पहाड" भन्ने अर्थ दिन "चोमोलुङ" भनिएको हो। हुन त "राईभाषा" भित्र २७ भन्दा धेरै भाषा बोलिन्छ। पहिले ३५ भन्दा धेरै भगिनी भाषा भए पनि लोप हुदैँ गएर हाल २७ वटा मात्र अस्तित्वमा रहेको छ। यि भगिनी भाषा आपसमा फरक भए पनि कतिपय शव्दहरू साझा हुने भएकोले प्राय: सबै "राईभाषा"मा "चोमोलुङ" नै भनिन्छ। वि.सं. २०१२(सन १९५६)मा बाबुराम आचार्यले सगरमाथा नामाकरण गर्नुपूर्व "चोमोलुङ"लाई स्थानिय भाषामा "चोमोलुङमा" भनेर चिनिन्थ्यो। "चोमोलुङमा" शव्द "चोमोलुङ"मा "मा" परसर्ग जोडिएर आएको शव्द हो। सामान्यतया किरात "राईहरू" प्रकृतिलाई स्त्रिलिङगी मान्दछन। त्यस्तै किरात "राईभाषा"मा स्त्रिलिङ्गी जनाउने शव्दको पछाडी "मा" जोडिने भएकोले "चोमोलुङ"लाई "चोमोलुङमा" पनि भन्ने गर्दछन।