चौबन्दी चोलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चौबन्दी चोलो नेपालीको राष्ट्रिय पोशाकमध्येको एक हो । चोलो महिलाले घाँटीदेखि कम्मरका भागसम्म लगाउने भोटाको आकारको वस्त्र हो । स्त्रीजातिले लगाउने चौबन्दी (चार ठाउँमा तुना भएको) चोलो हो । यसमा आठ वटा तुना हुन्छन् । ती तुनालाई चार ठाउँमा बाँध्ने भएकाले चोलोलाई चौबन्दी चोलो भनिन्छ । जामा, घाँगर आदिको कम्मरमाथिको अवयव चोलो हो । अङ्ग्रेजीमा यसलाई ब्लाउज भनिन्छ । चोली भनेको चोलाको सानो रूप हो । चोलो ठूलो र लामो बाहुला भएको हुन्छ भने चोली सानो हुन्छ र यसको बाहुला छोटा हुन्छन् । मखमल, ढाकाजस्ता कपडाबाट बनेका चोला धेरै महिलाले मन पराउँछन् । यस्ता कपडाले बनेका चोला न्याना हुन्छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]