छन्दः

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छन्द संस्कृत कवितामा लय निर्धारण गर्न प्रयोग हुने अक्षर गणना र प्रयोगको बारेमा नियम निर्धारण गर्ने एउटा शास्त्र हो जो ६ वेदांगहरू मध्येको एक हो। छन्दका धेरै प्रकार छन्,यी छन्दहरू जस्ताको तस्तै नेपालीमा पनि प्रयोग भएकाछन्, जसमध्ये केही तल लेखिएकाछन्-

  1. शार्दूलविक्रीडित-
    उदाहरण-
    एक् दिन् नारद सत्य लोक पुगिगया लोक्को गरौं हित् भनी।
    ब्रह्मा ताहीं थिया पर्‍या चरणमा खुसी गराया पनि।।(भानुभक्तको रामायण)
  2. शिखरिणी-
    उदाहरण
    -रसीलो वर्षाको समय दिन लम्बा दिनकर।
    थिए क्यै ढल्केका गगनतलमा पश्चिमतिर।।(तरुणतपसी- कवि शिरोमणि लेखनाथ पौड्याल)
  3. सरग्धरा-
    उदाहरण
    -कालो मन्दाकिनिको जल जलनिधिका

मोतिको ज्योति कालो।
कालो सौदामिनिको चहक सब सरचन्द्रको कान्ति कालो(सत्य सन्देश- लेखनाथ पौडेल)

  1. मन्दाक्रान्ता<\br>उदाहरण
    -तेरो मेरो सब मन हरूको छ बैसाख छुट्टै
    कोहिको त्यों तन मन खुसी काम्छ कोही त थुर्रै (बैसाख- साहित्यिक विक्रम)

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]