छुँये दिले मन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(छुँये दिले मोनबाट अनुप्रेषित)
छुँये दिले मन
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकशिहार शाहीन
लेखकशिहार शाहीन
निर्माता
  • एसियाली ध्वनिचित्र निगम
  • मनफडिङ निगम
मुख्य कलाकार
  • आरिफिन शुभो
  • जाकिया बारी ममो
  • इरेश जाकेर
  • मिशा सओदागर
  • सुष्मा सरकार
  • आलीराज
सम्पादनराकिब राना
सङ्गीत
  • हाबिब वाहिद
  • साजिद सरकार
वितरक
कम्पनी
एसियाली ध्वनिचित्र निगम
वितरकएसियाली ध्वनिचित्र निगम
प्रदर्शन मिति
  • १० अप्रिल २०१५ (2015-04-10)
देश बङ्गलादेश
भाषाबङ्गाली

छुँये दिले मन (बङ्गाली: ছুঁয়ে দিলে মন, लेखन: छुँये दिले मन, उच्चारण:छुँये दिले मोन) सन् २०१५ मा सार्वजनिक गरिएको रोमाञ्चक प्रेम कहानीमा आधारित एक बङ्गलादेश चलचित्र हो। यस चलचित्रलाई एसियाली ध्वनिचित्र तथा मनफडिङ निगमले संयुक्त रूपमा निर्माण गरेका थिए।[१] यस चलचित्र शिहार शाहीनले निर्देशित थियो भने यस चलचित्रको मुख्य भूमिकामा आरिफिन शुभो र जामिया बारी ममो रहेका थिए। यस चलचित्रका अन्य कलाकारको रूपमा इरेश जाकेर, मिशा सओदागर र आली राजलाई देख्न सकिन्छ। यस चलचित्रको सुरुवात हृदोयपुरमा रहेका दुई परिवारलाई लिएर सुरु हुन्छ भने यसको सुरुवात देखेनी दुई केटाकेटीहरूको प्रेमलाई लिएर चलचित्रको कहानी अगाडि बढाइएको छ। सन् २०१५ अप्रिल १० का दिन यस चलचित्रलाई बङ्गलादेशमा सार्वजनिक गरिएको थियो भने ९ मे २०१५ का दिन यस चलचित्रलाई उत्तर अमेरिकामा सार्वजनिक गरिने निर्णय गरिएको थियो।[२][३][४][५]

कहानी[सम्पादन गर्नुहोस्]

यस चलचित्रको सुरुवात हृदोयपुरमा रहेका दुई परिवारलाई लिएर सुरु हुन्छ भने यसको सुरुवात देखेनी दुई पृथक् पृष्ठभूमि रहेका बालबालिकाको प्रेमलाई लिएर चलचित्रको कहानी अगाडि बढाइएको छ जसको नाम आबिर र नीला हुन्छ। यस चलचित्रको सुरुवातमा ती आबिरको दाजु र नीलाको दिदी बीचको प्रेमलाई देखाइएको छ भने नीलाको परिवारलाई त्यस कुराको पत्तो पाउने बित्तिकै नीलाको परिवारमा रहेका गुण्डाहरूले आबिरको दाजुलाई भीरबाट तल धकालिदिएको दृश्य देखाइएको छ। त्यसपछि पुरै समुदायहरू आफजाल खानको (नीलाको बुबा) घरमा जम्मा हुन्छन् भने त्यहाँ नीला र आबिर बीच चलिरहेको प्रेमलाई लिएर आबिरलाई सजाय दिइन्छ। आफजाल खानको घरमा जम्मा भएको मानिसहरूको बीच आबिरको परिवारलाई त्यस क्षेत्रबाट बसाइँ सर्नका लागि ७ दिने म्यादको फैसला आफजालले गर्छन् भने त्यसको केही दिन पश्चात् आबिरको परिवार त्यस क्षेत्रबाट अन्तै बसाइँसराइ गर्छन् जसकारण नीला र आबिर बीचको प्रेम सम्बन्धिको अन्त्य हुन पुग्छ।

बितेका १२ वर्षपछिको दृश्यमा आबिर (आरिफिन शुभो) ठूला भैसक्छन् सानै उमेरदेखि गितार बजाउन सक्षम रहेका हुन्छन् भने उनले एक कलाकारको रूपमा पनि परिचित हुन पुग्छन्। आबिर उनको भिनाजुको कार्यालमा काम गरिरहेका हुन्छन् भने एक दिन उनले आबिरलाई कार्यालय सम्बन्धित एक कामका लागि नोवाखाली पठाउँछन्। आबिर उनको साथीहरूको साथ नोवाखाली तर्फ रातको समयमा यात्रा गर्छन् तर बाटोमा हड्ताल भएका कारण चालकले गाडीलाई बायाँ तर्फ मोड्छन्। रातभरि गाडीमा यात्रा गरेका आबिर उनको साथीहरू उठ्न भन्दा अगाडि उठ्छन् र गाडीबाट अर्लन्छन्। वरिपरि हेरेपछि उनले उक्त ठाउँमा पहिलानै आएको जस्तो अनुभव गर्छन् र उनको एक साथी पाभेललाई (जसलाई आबिरले मोटो भएका कारण हात्तीको बच्चा भनेर जिस्काउने गर्छन्) बोलाउँछन्। चारैतिर राम्रोसँग हेरेपछि उनले रातो पहाड देख्छन् र त्यस ठाउँलाई ठम्याउन सफल हुन्छन्। वास्तवमा गाडी नोवाखाली पुग्नको साटो हृदोयपुरा आइपुगेको हुन्छ। हृदोयपुर आइपुगेपछि उनले नीलाको घर पत्ता लगाउने कोशिश गर्दै त्यहाँका स्थानीय मानिसहरूलाई सोध्छन् र घर पत्ता लगाउन सफल हुन्छन्। धेरै दौडिएका कारण पाभेलले निरन्तर खेक्छन् र उनलाई आबिरले एक स्थानीय अस्पतालमा पुर्‍याउँछन्। अस्पतालमा पाभेललाई पुर्‍याएछन् त्यहाँ एक जना युवती उनको उपचारका लागि आउँछिन् भने आबिरले उनीसँग कुरा गर्ने जमर्को गर्छन् र उनको पछिपछि उनको घरसम्म पुग्दै उनीसँग केही व्यक्तिगत कुरा गर्छन्।[६]

त्यसपछिका दिनहरूमा पनि आबिर उनको घर वरिपरि देखा पर्छन् र एक दिन एक क्याम्पसद्वारा आयोजित एक कार्यक्रममा पनि आबिर उनको वरिपरि देखा पर्छन्। आबिर उनको पछिपछि लागेका कारण उनी घर जानका लागि रिक्सामा सवार हुन्छन् तर क्याम्पसको उक्त कार्यक्रममा आबिरले गीत गाएको उनले आवाज सुनेर पर्किन्छिन् र आबिरलाई चिन्न सफल हुन्छन्। १२ वर्षपछि आबिर र नीलाको भेट त्यो रातो पहाडमा हुन्छन् जहाँ उनीहरू एकअर्कालाई अङ्कमाल गरेको दृश्य देखाइएको छ। नीलाको घरमा उनको विवहाको कुरा चल्छ भने उनको विवहा ड्यानी नाम गरेका एक पुरुषसँग हुने निर्णय गरिन्छ। उनीहरूको मगनीको कुरा पनि चल्छ तर नीलाले ड्यानीलाई सम्झाउँदै पहिला एकअर्कालाई राम्रोसँग चिनौँ अनि विवहा गरौँला भनेर भन्छिन् जुन कुरा ड्यानीले स्वीकार गर्छन्। नीला र ड्यानी बीच विवहा हुने भनिएको दिन आबिरले नीलालाई भगाउँछन् र त्यसपछि उनीहरू एक रेल स्टेसनमा पुग्छन् जहाँ आबिरले १२ वर्ष अगाडि समुदाय भेलाका बीच आबिर मेरो पछि लाग्छ र मलाई सताउँछ भनेका कारण उनले नीलालाई भगाएता पनि धोका दिँदै उनलाई त्यही छाडेर घर फर्किन्छन्। नीला अर्को दिन आफ्नो साथीका साथ घर फर्किन्छिन् भने उनको बुबाले उनलाई विवहाको दिन कहाँ गएकी थिइस् भनेर सोध्छन् भने नीलाले म डराएको थिएँ भनेर जवाफ फर्काउँछिन् र त्यो कुरा सुन्ने बित्तिकै नीलाको बुबाले उनलाई थप्पड लगाउँछन्। उता आबिर घर फर्किएर उनको बुबालाई आफू कहाँ गएको थिएँ र के गरेर आएँ भन्ने कुरा सुनाउने बित्तिकै आबिरको बुबाले आबिरलाई थप्पड लगाउँछन् र यस्तो किन गरिस्? अतितको कुरालाई लिएर नीलालाई किन धोका दिइस् भन्दै उनीसँग रिसाउँछन्। उनले पछि हृदोयपुरको कहानी भिनाजुलाई सुनाउँदा भिनाजु पनि निराश बन्छन् र उनीसँग रिसाउँछन्।[७]

पछि आबिरले आफूले गलत गरेको महसुस गर्दै नीला समक्ष माफी माग्नका लागि हृदोयपुर जान्छन् र नीलाको बाबालाई उनको घर भन्दा अलिक टाढा भट्छन्। उनले आफजालसँग झुठो कुरा बोल्दै आफू एक एक क्याम्पसको सङ्गीत प्रशिक्षक रहेको कुरा बताउँछन् र आफजालको घर पुग्छन् जहाँ उनले नीलालाई देख्छन् र आफजालको अगाडि नीला समक्ष अप्रत्यक्ष रूपमा माफी माग्न खोज्छन् जुन कुरा आफजालले पत्तो पाउँदैनन्। पछि उनले नीलासँग माफी माग्न थुप्रै प्रयासहरू गर्छन् भने उता आफजाललाई उनी आबिर हुन् भन्ने कुरा थाहा पाउँछन्। आबिरले पछि आफजाललाई नीलासँग विवहा गर्छु भन्ने भन्छन् तर आफजालले उनको हजुरबुबाको लडेको मुर्ती खडा गरेका नीलासँग विवहा गराइदिने एक सर्त राख्छन् जसलाई आबिरले स्वीकार गर्छन् र एक साङ्गीतिक कार्यक्रममा पुरै समुदायहरूलाई बोलाई पृष्ठभूमिमा उक्त मुर्तीलाई खडा त गर्छन् तर मुर्तीको हातमा रहेको सानो चराको मुर्ती भुइँमा खस्छ। आबिरले काम सम्पन्न भयो भन्दै आफजाल कहाँ भिनाजुको साथ पुग्छन् तर मुर्तीको हातबाट चराको मुर्ती खसेका कारण उनले उनले काम पुरा भएन भन्दै प्रतिक्रिया दिन्छन्। त्यस पछिका दिनहरूमा पनि आबिर नीलाको पछि लाग्छन् भने आबिर एक दिन नीलाको घर पुगेर केही भन्न खोज्दै गर्दा नीलाले ड्यानीसँग विवहा गर्छु भनेर भन्छिन्। त्यसपछि ड्यानी भाइका गुण्डाहरूले आबिर माथि आक्रमण गर्छन् भने आबिरको भिनाजु सही समयमा पुगेर उनलाई त्यहाँबाट लैजान्छन्। पछि नीलाको ड्यानीसँग विवहा हुन लाग्छ भने आबिर लुकेर नीलाको कोठासम्म पुगेर उनलाई आफ्नो कुरा भन्दै त्यहाँबाट जान्छन् भने नीलाको साथीले नीलालाई आबिरलाई धोका नदे भनेर सम्झाएका कारण नीलाको मन फर्किन्छ र उनी त्यहाँबाट भागेर त्यही रातो पहाडमा जान्छिन् जहाँ आबिर हुन्छन्। यसकारण उनीहरू बीच पुनर्मिलन हुन्छ र ड्यानी भाइका गुण्डाहरू नीलालाई खोज्दै त्यहाँसम्म आइपुग्छन् तर नीला र आबिर भीरबाट तल तालमा हाम फाल्दै रेल स्टेसनसम्म पुग्छन् जहाँ ड्यानी पुगिसकेका हुन्छन् भने आबिरले ड्यानीलाई एक मुक्का हानेर उनलाई पर पुर्‍याइदिन्छन् र रेली भित्र दुवै जना चड्छन् जहाँ आबिरका साथीहरू र उनका भिनाजु हुन्छन्। यस प्रकारण आबिर र नीलाको पुनर्मिलन पश्चात् चलचित्र समाप्त हुन्छ।

कलाकारहरू[सम्पादन गर्नुहोस्]

  • आरिफिन शुभो, आबिर हासान रूपमा[८][९]
  • जाकिया बारी ममो, नीला खानको रूपमा[३]
  • इरेश जाकेर, ड्यानीको रूपमा
  • मिशा सओदागर, आबिरको भिनाजुको रूपमा
  • आली राज, आफजाल खानको रूपमा (नीलाको बुबा)
  • आनोन्दो खालेद, पावेलको रूपमा (आबिरको साथी)
  • काजी नओशाबा आहमेद, अबोन्तीको रूपमा
  • सुष्मा सरकार, आबिरको दिदीको रूपमा
  • माहबुबुज्जामान,

निर्माण[सम्पादन गर्नुहोस्]

छुँये दिले मन चलचित्रको पहिलो गीतलाई सन् २०१४ नोभेम्बर १ का दिन सार्वजनिक गरिएको थियो भने दोस्रो गीतलाई सन् २०१४ नोभेम्बर १७ का दिन सार्वजनिक गरिएको थियो। यस चलचलका गीतहरूमा हाबिब वाहिद, ताहसान रहाान खान, दिलशाद नाहर कोनाको स्वर रहेको छ। सन् २०१४ नोभेम्बर १ का दिन पेप्सी र इखानेइ डटकमले माइक्रोसफ्ट र युनिलिभर बङ्गलादेशको साथ प्रायोजक र बजारीकरण साझेदारी गर्नका लागि यस चलचित्रमा सामेल भएका थिए भने त्यस बेलादेखि रेडियो फुर्टीले चलचित्रका गीतहरूलाई रेडियो प्रचारको लागि साझेदारीको रूपमा उक्त चलचित्रसँग साझेदारी गरेको थियो। यस चलचित्रका निर्देशक शिहाब शाहीनले यस चलचित्रलाई सन् २०१५ अप्रिल १० का दिन सार्वजनिक गरिने निर्णय गरेका थिए।[१०] एसियाली ध्वनिचित्र निगमले सन् २०१५ जनवरी २९ का दिन बङ्गलादेशमा यस चलचित्रलाई सार्वजनिक गर्ने निर्णय गरेको थियो तर सोही दिन विश्वकप क्रिकेटको उद्धाटन खेलका कारण यस चलचित्रको सन् २०१५ अप्रिल १० का दिनसम्मका लागि पछाडि धकेलिएको थियो। पछि चलचित्र वितरकहरूले यस चलचित्रलाई विदेशमा सार्वजनिक गर्ने आफ्नो योजना व्यक्त गरेका थिए। सन् २०१५ जनवरी १ का दिन छुँये दिले मनले चलचित्र निगमद्वारा अप्रकाशित प्रमाणपत्र प्राप्त गरेको थियो। यस चलचित्रको छायाङ्कन सिलेट विभाग अन्तर्गत पर्ने सनामगञ्ज जिल्लाको छातक उपजिल्लामा भएको थियो भने यस चलचित्रका केही अंशहरूको छायाङ्कन ढाकामा गरिएको थियो। यस चलचित्रको छायाङ्कन अधिकांश समय ग्रामीण क्षेत्र, नदीको किनारमा गरिएको छ।

सार्वजनिक[सम्पादन गर्नुहोस्]

छुँये दिले मन चलचित्रलाई सन् २०१५ अप्रिल १० का दिन बङ्गलादेशको ४३ चलचित्र मन्दिरहरूमा सार्वजनिक गरिएको थियो तर यस चलचित्रलाई थप बजारीकरण गर्ने र सार्वजनिक गर्न सम्भावना भएतापनि यस चलचित्रको नक्कल गरिन सकिने खतराका कारण निर्माताहरूले यस चलचित्रलाई पहिलो हप्तामा केही चलचित्र मन्दिरहरूमा सार्वजनिक गर्ने मनसाय व्यक्त गरेका थिए। यस चलचित्रलाई पछि देशका ठूला चलचित्र मन्दिरहरूमा सार्वजनिक गरिएको थियो जसमा बोसुन्धरा चलचित्र मन्दिर, ब्लकबास्टर चलचित्र मन्दिर, बालाका चलचित्र मन्दिर आदि समावेश छन्। स्रोतका अनुसार चलचित्र सार्वजनिक भएको दोस्रो हप्तादेखि यसलाई १०० भन्दा बढी चलचित्र मन्दिरहरूका सार्वजनिक गरिने भएको थियो। सन् २०१५ को अन्त्य तिर यस चलचित्रलाई दक्षिण अमेरिका, बेलायत र अस्ट्रेलियामा सार्वजनिक गर्ने निर्णय यस चलचित्रका निर्देशक शिहार शाहीन र मुख्य कलाकार आरिफिन शुभोले गरेका थिए।[११] यस चलचित्रलाई सन् २०१५ मे ९ का दिन संयुक्त राज्य अमेरिका र सन् २०१५ मे २६ का दिन अस्ट्रेलियामा सार्वजनिक गरिएको थियो। सार्वजनिक भएपछि यस चलचित्रलाई दर्शकहरू मार्फत निकै प्रशंसा तथा थुप्रै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भएका थिए।

सङ्गीत[सम्पादन गर्नुहोस्]

छुँये दिले मन चलचित्रमा कुल ५ सङ्गीतहरू समावेश गरिएका छन् भने यस चलचित्रको भालोबासा दाओ नामक सङ्गीतलाई साजिद सरकार र हाबिब वाहिदले रचना गरेका थिए। यस चलचित्रकै नाम रहेको गीतलाई गायक ताहसान रहमान खान र हाबिब वाहिदले गाएका थिए। सन् २०१४ नोभेम्बर २८ का दिन यस चलचित्रको गीत सङ्गालोहरू जिरोना सङ्गीतद्वारा सार्वजनिक गरिएको थियो भने छुँये दिले मन नामक गीतको आधिकारिक श्रव्य दृश्यलाई सन् २०१४ डिसेम्बर ३० का दिन सार्वजनिक गरिएको थियो।[१२]

छुँये दिले मन
ताहसान रहमान खान, हाबिब वाहिद
को साउन्डट्र्याक एल्बम
जारी२८ नोभेम्बर २०१४ (2014-11-28)
रेकर्ड गरिएकोसन् २०१४
शैलीगीत
लेबलजिरोना सङ्गीत
निर्देशक(हरू)साजिद सरकार
क्र.सं.शीर्षककलाकारलम्बाइ
१."छुँये दिले मन"ताहसान रहमान खान, सालिका साकी३:२०
२."भालोबासा दाओ"हाबिब वाहिद२:१६
३."शुन्नो थेके आसे प्रेम"इमरान, दिलशाद नाहार कोना 
४."छुँये दिलाम"निरजो हाबिब 
५."चिनिना"शावन गानवाला 
६."चोले जाओ"सालिका साकी, शावन गानवाला 

छुँये दिले मन नामक गीतको आधिकारिक श्रव्य दृश्यलाई सन् २०१४ डिसेम्बर ३० का दिन सार्वजनिक गरिएको थियो भने यस गीत तथा साङ्गीतिक श्रव्य दृश्यलाई दर्शक तथा स्रोताहरूद्वारा सकारात्मक प्रतिक्रियाहरू प्राप्त भएको थियो। हालसम्म यस गीतको आधिकारिक श्रव्य दृश्यलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको थियो। यस चलचित्रको तेस्रो गीतको रूपमा शुन्नो थेके आसे प्रेम नामक गीतलाई सन् २०१५ मार्च १६ का दिन सार्वजनिक गरिएको थियो। यस गीतलाई युट्युबमा सार्वजनिक गरिएको एक महिना भित्रै ४ लाख अवलोकनहरू प्राप्त भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "আসছে শুভ-মমর 'ছুঁয়ে দিলে মন'"প্রথম আলো। १९ डिसेम्बर २०१४। 
  2. "সিনেমা হলে ঘুরে বেড়াচ্ছেন শুভ-মম"বাংলানিউজ২৪.কম 
  3. ३.० ३.१ "ছুটছে 'ছুঁয়ে দিলে মন'"প্রথম আলো (বাংলা भाषा)। सङ्ग्रह मिति २०१९-०७-१४ 
  4. "দুই বছর পর একসঙ্গে শুভ ও মম"ঢাকাটাইম্স নিউজ। सङ्ग्रह मिति २०१९-०७-१४ 
  5. "আসছে 'ছুঁয়ে দিলে মন'"প্রথম আলো (বাংলা भाषा)। सङ्ग्रह मिति २०१९-०७-१४ 
  6. "দুই বছর পর একসঙ্গে শুভ ও মম", ঢাকাটাইমস নিউজ, अन्तिम पहुँच २०१९-०७-१४ 
  7. "ছুঁয়ে দিলে মন", bioscopeblog, अन्तिम पहुँच २० अप्रिल २०१५ 
  8. TV, Ekushey। "শুভ ও মম আসছে 'মন ফড়িং' নিয়ে"Ekushey TV (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-०७-१४ 
  9. "আরিফিন শুভ সংবাদ"Risingbd.com (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-०७-१४ 
  10. "জানুয়ারিতে মুক্তি পাচ্ছে ‘ছুয়ে দিলে মন’", ঢাকা টাইম্স (বাংলাमा), मूलबाट २० नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २० नोभेम्बर २०१४ मिति
  11. "বোতামে থিয়েটার মুভি টাইমস টিকিট", ফান্ড়াঙ্গো, अन्तिम पहुँच ११ मे २०१५ 
  12. "আসছে ছুয়ে দিলে মন'র অডিও" (বাংলাमा), টাইম নিউজ, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा छुँये दिले मन