जमजम इनार
Jump to navigation
Jump to search
जमजम कुवा अथवा जमजम इनार (अरबी: زمزم) एक कुवा हो जुन मक्का, साउदी अरबको इस्लाममा आस्था राख्ने मस्जिद अलहराम नजिकै काबा (मुसलमानहरूको पवित्र स्थल) भन्दा २० मी (६६ फुट) पूर्वतिर अवस्थित छ। इस्लामी भनाई अनुसार हजारौं वर्ष पहिला जब अब्राहम (इब्राहीम) का शिशु छोरा पानीको लागि पुकार गर्दैथिए त्यति बेलानै यो पानीको स्रोत परमेश्वर द्वारा उत्पन्न भएको हो। प्रत्येक वर्ष करोडौं को संख्यामा हज र उमरा गर्न आउने तिर्थालूहरूले यस कुआको पानी पिउन आउँछन्। मुसलमानहरूको विश्वास छ की जमजम इनार एउटा समकालीन चमत्कार हो, जून कहिले सुक्दैन चाहे करोडौ लीटर पानी इनारबाट झिकेर तिर्थालुहरूलाई प्रत्येक वर्ष बाँडिए पनि यो कुवाको पानी सुक्दैन। इतिहासमा कयौं पल्ट यस इनारको पानीको स्तर खडेरी लागेको बेला धेरै तल सम्म पुगेको छ।
![]() |
विकिमिडिया कमन्समा जमजम इनार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |