जल उत्पन्न प्रकोप नियन्त्रण विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जल उत्पन्न प्रकोप नियन्त्रण विभाग एक सार्वजनिक निकाय हो जसले प्रत्येक वर्ष भइरहने विषम मनसुनी वर्षा प्रणाली, हिमनदी विष्फोटन, नाजुक आर्थिक अवस्थामा, जनचेतनाको कमी आदि कारणहरूले गर्दा हुने भू–क्षय, बाढी, पहिरो, नदी कटान, गेग्रान वहाव आदि जस्ता विभिन्न जल उत्पन्न प्रकोपहरू र यी प्रकोपहरूको कारणबाट विभिन्न भौतिक संरचना जस्तै, सडक, नहर, जल विद्युत, आवास, खानेपानी आदि संरचनाहरूको क्षति लगायत कृषियोग्य भूमिको नास,सांस्कृतिक सम्पदाको विनास, जनधनको क्षति जस्ता प्रकोपहरूको व्यवस्थापन र समग्र देशको सामाजिक, आर्थिक विकासमा यी प्रकोपका कारण परेका नकारात्मक प्रभावहरू न्युनिकरणमा कार्य गर्दछ । यस्ता प्रकोपहरूको न्यूनिकरणको लागि जलस्रोत मन्त्रालय अन्तर्गत नेपाल सरकारका सम्वन्धित निकायहरूको सहभागिता तथा जापान सरकारको तर्फबाट जापान अन्तराष्ट्रिय सहयोग नियोगहरूको सहयोगमा २०४८ सालबाट ललितपुरमा जल उत्पन्न प्रकोप नियन्त्रण प्रविधि केन्द्रको रूपमा स्थापना भएको थियो । विभिन्न कार्यक्रमहरू गरेकोमा यसै केन्द्रलाई त्यसको उद्देश्य तथा उपलब्धिहरूलाई संस्थागत गर्न २०५६ माघ २४ गते जलउत्पन्न प्रकोप नियन्त्रण विभागको स्थापना भएको हो। तत्पश्चात नेपाल सरकारको मिति २०५८।१०।११को निर्णय अनुसार जल उत्पन्न प्रकोपहरूलाई जलस्रोत मन्त्रालय अन्तर्गत एउटै निकायबाट हेर्ने व्यवस्था गर्ने हेतुले साविकमा सिंचाई विभागको नदी नियन्त्रण महाशाखाबाट सम्पादन भई आएको नदी नियन्त्रण सम्वन्ध कार्यहरूलाई यस विभागमा समाहित गरियो।यस विभागको सांगठनिक ढाँचा पुनरावलोकन गरी हाल विभिन्न जिल्लाहरूमा डिभिजन तथा सव डिभिजन कार्यालयहरू स्थापना भइ जल उत्पन्न प्रकोप न्यूनीकरण कार्यहरू नियमित रूपमा सञ्चालन गरिएका छन् ।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

जल उत्पन्न प्रकोप नियन्त्रण विभागले आफ्नो निम्न उदेश्यहरू भएको सार्वजनिक गरेको छ :

  1. उपयुक्त प्रविधिको अन्वेषण, विकास र विस्तार तथा जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने।
  2. प्रकोप नियन्त्रणसँग सम्वन्धित अन्य निकायहरूबीच समन्वय गर्ने।
  3. अल्पकालीन, मध्यकालीन तथा दिर्घकालीन कार्यक्रमहरू तर्जुम गर्ने तथा गराउने।
  4. अल्पकालीन प्रकोप रोकथामका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्ने।
  5. जनसहभागिता जुटाउने।
  6. प्रकोप क्षेत्रको निर्धारण तथा नक्साङ्कन गर्ने।
  7. अल्पकालिन रोकथामका लागि पिडित समूहलाई आवश्यक सामग्रीहरू उपलव्ध गर्ने र उनीहरूको सहभागितामा कार्यान्वयन गराउने।
  8. स्थल विशेषको प्रकोप नियन्त्रण गर्न सालवसाली प्रकृतिका योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने।
  9. दीर्घकालीन रूपमा प्रकोप नियन्त्रण गर्न गुरू योजना तर्जुमा गरी क्रमिक रूपले कार्यान्वयन गर्ने।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

जल उत्पन्न प्रकोप नियन्त्रण विभाग वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-०३ मिति