जुद्ध बारुण यन्त्र
जुद्ध वारुण सेवा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत आगलागि जन्य विपद् जोखिम न्यूनिकरणको अग्नि नियन्त्रक सेवा हो। विसं. १९९० सालको भूकम्प गएको ४ वर्षपछि अर्थात् १९९४ मा जुद्ध बारुण यन्त्र स्थापना भएको हो।
वि.सं. १९९० मा आगलागि भएर सेतो दरबार ध्वस्त भएको थियो। त्यही सेतो दरबार आगलागिमा परेपछि जुद्धशमशेरले नेपालमा पहिलोपटक जुद्ध वारुणयन्त्र दमकल झिकाएका हुन्।[१]
प्रधानमन्त्री जुद्धसमशेर जबराले आफ्नै नाम दिएर उपत्यकामा बारुण यन्त्र संस्था स्थापना गराएका थिए।[२] विसं २००१ मा उपत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि जुद्ध वारुण यन्त्रको सेवा विस्तार गरिएको थियो।[३]
त्यसयता बारुण यन्त्रले निरन्तर सेवा दिँदै आएको छ।
यो राणा प्रधानमन्त्री जुद्ध सम्शेरको पालामा स्थापित भएको हो। उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा यसका दमकल सेवाहरू रहेका छन्।
कार्यालय
[सम्पादन गर्नुहोस्]- काठमाडौँ : बसन्तपुर
- ललितपुर - पुल्चोक दमकल
- भक्तपुर-भक्तपुर नगरपालिका १ दुधपाटि
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाल साप्ताहिक वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-१८ मिति
- ↑ "जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०१-२५।
- ↑ "कार्यालय परिचय", जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर।