जैविक विषादी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जैविक विषादी (अङ्ग्रेजी: Biopesticides) शत्रु जीवलाई मार्नका निम्ति प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्र जीव एवम् सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिहरूको तत्त्व, उत्पादन वा सक्रिय तत्वहरू पर्दछन् ।[१][२] जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रु जीव व्यवस्थापनको महत्त्वपूर्ण अंश मानिन्छन् ।

प्रकारहरू[सम्पादन गर्नुहोस्]

जैविक विषादीमा सूक्ष्म जीव, सूक्ष्म परजीवी, किराहरू, वनस्पतिजन्य नीमको धुलो, बोझो, टिमुर आदि पर्दछन् ।[१]

संरचना र प्रयोग[सम्पादन गर्नुहोस्]

जैविक विषादीहरू बनाउँदा प्राकृतिक स्रोतहरूको प्रयोग गरिन्छ । तरल पदार्थमा घोलिएको, धुलो अवस्थामा, दानादार रूपमा तयार पारिने जैविक विषादीको मौलिक गुणमा कमि नआओस् भन्ने ध्यान पुर्याइएको हुन्छ । यस विषादीमा मिसाइएका जैविक तत्वको प्रभावकारिताका निम्ति जैविक वस्तुहरू प्रयोग समयसम्म जीवित हुनु आवश्यक हुन्छ । सूर्यको प्रकाश, आद्रता, चिस्यान, तापक्रमले जैविक विषादीको प्रभावकारिता र प्रयोगमा असर पार्दछन् ।[३]

जैविक विषादीको संरचना तथा प्रकृति फरक किसिमको हुनुको साथै प्रयोग गर्ने तरिका पनि फरक पर्दछन् । जैविक विषादी पूर्णत: (Contact Action) मा आधारित हुन्छन् ।[३]

फाइदाहरू[सम्पादन गर्नुहोस्]

  • शत्रुजीवको नियन्त्रण गरी राख्ने,
  • वातावरण र मानवका लागि कुनै पनि खास असर नगर्ने र वातावरणमा रासायनिक विषादी जस्तो यसको प्रभाव लामो समयसम्म नरहने,
  • स्थानीय स्रोत साधनको प्रयोगबाट ल्याउन सकिने, सस्तो पर्ने,

बेफाइदाहरू[सम्पादन गर्नुहोस्]

  • निश्चित अवस्था वा समयमा मात्र प्रभावकारी हुने,
  • विषादीको दायरा साँगुरो हुने,
  • ढिलो कार्य अवधि हुने, नतिजा तुरुन्तै नदेखिने, विभिन्न बाह्य वातावरणीय तत्वले असर पार्न सक्ने,

नेपालमा उपलब्ध जैविक विषादीहरू[सम्पादन गर्नुहोस्]

ढुसीजन्य[सम्पादन गर्नुहोस्]

  • हरियोढुसी (Metarhizum)
  • सेतो ढुसी (Beauveria)
  • Verticellium
  • ट्राइकोडर्मा

ब्याक्टेरियाजन्य[सम्पादन गर्नुहोस्]

  • बिटि (Bacillus thurigenisis)

भाइरसजन्य[सम्पादन गर्नुहोस्]

  • NPV

नेमाटोडजन्य[सम्पादन गर्नुहोस्]

  • नेमाटोडमा आधारित पदार्थ

वनस्पति आधारित[सम्पादन गर्नुहोस्]

  • बोझोको धुलो,
  • झोल मल
  • निमारिन

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Copping, Leonard G. (२००९), The Manual of Biocontrol Agents: A World Compendium, BCPC, आइएसबिएन 978-1-901396-17-1 
  2. Regulating Biopesticides. Environmental Protection Agency of the USA (2012). Accessed on 20 April 2012
  3. ३.० ३.१ बञ्जाडे, बलरामकृष्ण, आधारभूत कृषि ज्ञान, बागबजार, काठमाडौँ: गुडविल पब्लिकेसन प्रा. लि., पृ: ३९०-९१। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]