टन्सिलाइटिस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टन्सिलाइटिस
Pos strep.JPG
उच्चारण
विशिष्टता सङ्क्रामक रोगहरू
लक्षणहरू घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने[१]
जटिलता Peritonsillar abscess[२]
अवधि ~ 1 week[३]
कारक भाइरसको सङ्क्रमण, ब्याक्टेरियाको सङ्क्रमण[४][५]
पहिचान Based on symptoms, throat swab, rapid strep test[४]
औषधि पारासिटामोल (एसिटामिनोफिन), अाइबुप्रोफिन, पेनिसिलिन[४]
बारम्बारता 7.5% (in any given 3 months)[६]

टन्सिलाइटिस वा टन्सिल सुन्निने समस्या घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो अत्यन्तै तिब्र गतिमा देखापर्छ।[१] यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो।[७] यो रोग लागेको बेलामा घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने जस्ता लक्षणहरू देखा पर्छन्।[१] टन्सिलाइटिस बढ्दै गएमा टन्सिलबाट पिप निस्कने समस्या (पेरिटन्सिलार एब्सिस) हुने गर्दछ।[२]

टन्सिलाइटिस साधारणतया भाइरसको सङ्क्रमणका कारणले हुने गर्दछ। तथ्याङ्क अनुसार टन्सिलाइटिसका कुल बिरामी मध्ये ५ देखि ४० प्रतिसतमा मात्र ब्याक्टेरियाको सङ्क्रमण भएको पाइन्छ।[४][५] यदि 'समूह ए'को स्ट्रेप्टोकक्कस ब्याक्टेरियाका कारणले टन्सिलाइटिस भएको हो भने यस्तो अवस्थालाई स्ट्रेप थ्रोअट भनिन्छ।[८] निकै कम अवस्थामा निसेरिया गनोरी (गनोरियाको ब्याक्टेरिया), कोरिनेब्याक्टेरियम डिफ्थेरी, वा हिमोफिलस इन्फ्लुएन्जीका कारणले पनि टन्सिल सुन्निने गरेको पाइन्छ।[४] यो रोग प्रायजसो हावाका माध्यमबाट एक मानिसदेखि अर्को मानिसमा सर्ने गरेको पाइन्छ।[५] सेन्टोर स्कोर नामको अङ्क दिने प्रणालीको प्रयोग गरेर यो रोगको सम्भावित कारण पत्ता लगाउन सकिन्छ।[४] यसबाट निस्कने नतिजालाई सुनिश्चित गर्न थ्रोअट स्वाब वा र्यापिड स्ट्रेप परीक्षण गर्न सकिन्छ।[४]

टन्सिलाइटिसको उपचार गर्दा यसका लक्षणहरूलाई नियन्त्रण गर्ने र जटिलता घटाउने प्रयास गरिन्छ।[४] यसका कारणले हुने पीडा कम गर्न पारासिटामोल (एसिटामिनोफेन) तथा आइबुप्रोफेन जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ।[४] स्ट्रेप थ्रोअट भएको छ भने पेनिसिलिन नामको एन्टिबायोटिक मुखबाट दिन सिफारिस गरिएको छ।[४] पेनिसिलिनको एलर्जी भएका मानिसहरूलाई सेफालोस्पोरिन वा म्याक्रोलाइड दिन सकिन्छ।[४] लगातार रूपमा टन्सिलाइटिस हुने बालबालिकाहरूमा टन्सिलको सल्यक्रिया गरेर भविस्यमा हुने यसको जोखिमलाई केही मात्रामा घटाउन सकिन्छ।[९]

विश्वभरका मानिसहरूमध्ये करीब ७.५ प्रतिसत मानिसहरूलाइ तीन महिनाको अवधि भित्र घाँटी दुख्ने समस्या हुने गरेको पाइन्छ। त्यस्तै प्रत्येक वर्ष करीब २ प्रतिसत मानिसहरू टन्सिलाटिसका कारण अस्पताल पुग्ने गरेको पाइन्छ।[६] यो रोग विद्यालय जाने उमेरका बालबालिकाहरूमा साधारणतया रूखहरूको पात झर्ने समय तथा हिउँदका महिनाहरूमा बढी मात्रामा देखा पर्ने गर्दछ।[१०][११] धेरै मानिसहरूले औषधि प्रयोग नगरी पनि यो रोगबाट छुटकारा पाउने गरेका छन्।[१२] करीब ४०% मानिसहरूमा टन्सिलाइटिसको लक्षण तीन दिनमा हराएर जान्छ र स्ट्रेप्टोकक्कस ब्याक्टेरियाका कारणले यो रोग लागेको भए पनि ८०% मानिसहरूमा यसका लक्षणहरू हराउने गरेको पाइन्छ।[३] एन्टिबायोटिक औषधिको प्रयोग गरेर लक्षणको अवधिलाई १६ घण्टा कम गर्न सकिन्छ।[१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "Tonsillitis", PubMed Health, ७ जनवरी २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१६ 
  2. २.० २.१ Klug, TE; Rusan, M; Fuursted, K; Ovesen, T (अगस्ट २०१६), "Peritonsillar Abscess: Complication of Acute Tonsillitis or Weber's Glands Infection?", Otolaryngology--head and neck surgery : official journal of American Academy of Otolaryngology-Head and Neck Surgery 155 (2): 199–207, डिओआई:10.1177/0194599816639551, पिएमआइडी 27026737 
  3. ३.० ३.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Cochrane2013
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० Windfuhr, JP; Toepfner, N; Steffen, G; Waldfahrer, F; Berner, R (अप्रिल २०१६), "Clinical practice guideline: tonsillitis I. Diagnostics and nonsurgical management.", European Archives of Oto-Rhino-Laryngology 273 (4): 973–87, डिओआई:10.1007/s00405-015-3872-6, पिएमआइडी 26755048 
  5. ५.० ५.१ ५.२ Lang, Florian (2009) (enमा). Encyclopedia of Molecular Mechanisms of Disease. Springer Science & Business Media. प॰ 2083. . Archived from the original on 2016-10-02. https://web.archive.org/web/20161002102233/https://books.google.com/books?id=DdBJ6jCf8KgC&pg=PA2083. 
  6. ६.० ६.१ Jones, Roger (2004) (enमा). Oxford Textbook of Primary Medical Care. Oxford University Press. प॰ 674. . Archived from the original on 2016-08-18. https://web.archive.org/web/20160818174808/https://books.google.com/books?id=2LB0PC17uFsC&pg=PA674. 
  7. "Tonsillitis", २५ मार्च २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१६ 
  8. Ferri, Fred F. (2015) (enमा). Ferri's Clinical Advisor 2016: 5 Books in 1. Elsevier Health Sciences. प॰ PA1646. . Archived from the original on 2016-10-02. https://web.archive.org/web/20161002102931/https://books.google.com/books?id=bbLSCQAAQBAJ&pg=RA1-PA1646. 
  9. Windfuhr, JP; Toepfner, N; Steffen, G; Waldfahrer, F; Berner, R (अप्रिल २०१६), "Clinical practice guideline: tonsillitis II. Surgical management.", European Archives of Oto-Rhino-Laryngology 273 (4): 989–1009, डिओआई:10.1007/s00405-016-3904-x, पिएमआइडी 26882912 
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Wind20162
  11. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Lang20092
  12. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Wind20163
  13. Spinks, A; Glasziou, PP; Del Mar, CB (५ नोभेम्बर २०१३), "Antibiotics for sore throat.", The Cochrane Database of Systematic Reviews 11: CD000023, डिओआई:10.1002/14651858.CD000023.pub4, पिएमआइडी 24190439