टम एन्ड जेरी
टम एन्ड जेरी | |
---|---|
निर्देशक | विलियम हन्ना, जोसेफ बार्बरा, जीन डिच, चक जोन्स, मौरिस नोबल, अबे लेवी, टम रोय, वेन वसम |
लेखक | विलियम हन्ना, जोसेफ बार्बरा, जीन डिच, इली बाउर |
निर्माता | रुडोल्फ ईसिग्, फ्रेड कुइमई, विलियम हन्ना, जोसेफ बार्बरा, विलियम एल सेन्डर, चक जोन्स, वाल्टर बिन, लेस गोल्डम्यान, अर्ल जोन्स |
वितरक | मेट्र गोल्डविन मेयर |
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अंग्रेजी |
टम एन्ड जेरी हलिउड मेट्र गोल्डविन मेयर स्टुडियो र हाल हन्ना बारबेरा स्टुडियोमा निर्मित एक लोकप्रिय कार्टुन शृङ्खला हो। यसमा टम बिरालो हो र जेरी सानो मुसाको नाम हो।यस शृङ्खलाका मुख्य संस्थापकहरू विलियम हन्ना र जोसेफ बार्बरा हुन्। टम एन्ड जेरी शृङ्खलाका लगभग सबै भागहरूमा टमले जेरीलाई समात्न गरेको घातक प्रयासलाई चित्रित गरिएको हुन्छ।
ईतिहास
[सम्पादन गर्नुहोस्]मौलिक रुपमा हन्ना बारबेरा स्टुडियोले ११४ वटा शृङ्खला उत्पादन गरेका थिए। [१] यस समयमा, तिनीहरूले सातवटा एकेडेमी पुरस्कार पनि जीतेका थिए। १९९६० र १९६१ एमजीएमले १३ वटा शृङ्खला उत्पादन गरेका थिए। चक जोन्सले त्यसपछि १९३७ र १९६७ थप ३४ शृङ्खला उत्पादन गरेका थिए। यसै गरि यसका अरुपनि थुप्रै शृङ्खला उत्पादन भएका छन्।
पात्रहरु
[सम्पादन गर्नुहोस्]टम बिरालो
[सम्पादन गर्नुहोस्]टम एक खैरो रङंको घरेलू बिरालो हो। त्यो प्रायजसो आरामदायक जिन्दगी बिताईरहेको रूपमा चित्रित हुन्छ। धेरै ऊर्जावान, दृढ संकल्प र धेरै ठूलो भए पनि, टम जेरीलाई समात्न सक्दैन। बिरालाहरूले सामान्यतया मुसालाई खानको लागि पीछा गर्दछन्, तर टमले वास्तवमा जेरीलाई खानको लागि समात्ने प्रयास गर्दैन।
जेरी मुसो
[सम्पादन गर्नुहोस्]जेरी पनि शक्तिसाली र चलाख मुसो हो। यो मुसाले टमलाई सतउने काम गर्छ।
स्पाइक कुकुर
[सम्पादन गर्नुहोस्]जेरीलाई समात्ने प्रयासमा, टम प्रायः स्पाइकनामको कुकुर सँग सामना गर्नुपर्ने हुन्छ। यो कुकुर रिसालु प्रक्रितिको छ।
बुच र टुडल्स गैलोर
[सम्पादन गर्नुहोस्]बुच कालो रङंको सिगार पिउने बिरालो हो यसले जेरीलाई खान चाहन्छ। तर टम यसको विरोधी हो। बुच र टुडललाई हग हर्मनको १९४१मा टम र जेरीमा समाहित गरेका थिए।
निब्बल्स
[सम्पादन गर्नुहोस्]निब्बल्स एक सानो खैरो मुसो हो। ऊ प्राय: जेरीको भतिजाको रूपमा देखा पर्दछ। उनी लापरवाह मुसो हो र खतरालाई बुझ्न सक्दैन। प्राय जेरीले उसलाई बचाउछ।
मम्मी
[सम्पादन गर्नुहोस्]मम्मी मध्यवय्स उमेरको काली महिला हुन।
अन्य मिडियामा
[सम्पादन गर्नुहोस्]टम र जेरी हास्य कमिक १९४२ मा सुरु भएको थियो। यो २१२ भाग सम्म प्रकाशीत भएको थियो। [२] यसैगरि टम र जेरी भिडियोगेमको रपमा पनि देखा परेको थियो। सेगा जेनेस प्लसका नामक कम्पनि ले यसको निर्माण गरेको थियो। जापानको संगीतिक कार्यक्रममा यसको प्रयोग भएको थियो। [३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Jones, Paul (फेब्रुअरी १७, २०१५), "Tom and Jerry's 75th anniversary proves cat and mouse games never get old", Radio Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी १०, २०१८।
- ↑ "Tom and Jerry Comics", अगस्ट २५, २००६, मूलबाट अगस्ट २५, २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १६, २०१२। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २५, २००६ मिति
- ↑ "Tom and Jerry Musical - Purr-Chance to Dream (Tokyo)", Japan Kuru (Global Daily Co., Ltd.), सेप्टेम्बर २०१९, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१९।