टाटा नानो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टाटा न्यानो

भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानो बिश्वकै सबैभन्दा सस्तो कार भनेर प्रचार गरिएको थियो।

नानोका तीनथरी मोडेल छन्। सबैभन्दा सस्तोलाई नानो, मध्यमलाई नानो सिएक्स र सबैभन्दा महँगोलाई नानो एलएक्स नाम दिइएको छ। भारतमा सबैभन्दा सस्तो नानोको मूल्य १ लाख ४५ हजार भारु छ। भारतीय बजारमा सेमी अप्सन नानो सीएक्सको १ लाख ८० हजार र फुल अप्सन नानो एलएक्सको मूल्य २ लाख १० हजार भारु पर्छ।[१] नानोमा चार सिट छन्। यसको इन्जिन क्षमता ६ सय २४ सिसी रहेको छ। दुई सिलिन्डर रहेको नानो अधिकतम १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ। यसमा पाँच गियर हुन्छ। नानोको अगाडि र पछाडि दुवै पाङ्ग्रामा ड्रम ब्रेक छन्। पाङ्ग्रा ट्युबरहित छन्।[२]

सस्तो नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु, नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर तथा नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध हुनेछन्।

हिटरसहितको एयर कन्डिसनर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउँ, सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो फ्युल वार्निङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्नेलगायत विशेषता नानोमा छन्। नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक, सबै सिटमा बेल्ट, इन्ट्र्युजन बिमलगायत सुरक्षा सुविधा छन्।[२]

चित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]