टोक्यो (मनी हाइस्ट)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोक्यो
मनी हाइस्ट पात्र
पहिलो उपस्थिति"डु एज प्लान्ड" (२०१७)
अन्तिम उपस्थिति"द पेरिस प्लान" (२०२०)
रचनाकारएलेक्स पिना
चित्रितउर्सुला कोरबेरो
प्राप्त जानकारी
पुरा नामसिलेन ओलाईभर
पेशाडकैती
राष्ट्रियतास्पेनी

टोक्यो ( सिलेन ओलाईभर ) नेटफ्लिक्स शृङ्खला मनी हाइस्टका एक पात्र हुन्। उर्सुला कोरबेरोले टोक्योको भूमिका खेलेकी छन्। [१] टोक्यो यस श्रृंखलाको वाचक पनि हुन्। [२] उनलाई हाइस्टमा सहभागी हुन प्रोफेसरले आफ्नो समुहमा संलग्न गराएका थिए ।

पात्र जीवनी[सम्पादन गर्नुहोस्]

टोक्यो एक चोर हुन्छिन् । एउटा असफल चोरीको प्रयास गर्ने क्रममा उनको प्रेमी मारिन्छ र ऊ फरार हुन पर्ने अवस्था आउँछ । उनलाई प्रोफेसरले म्याड्रिडमा रहेको रोयल मिन्टमा गरिने हाइस्टमा संलग्न गरे। टोक्यो बाहेक अन्य सात जना लुटेराहरू लाई प्रोफेसरले एउटाा एकान्त ठाउँमा लान्छन् जहाँ उनीहरूले हाइस्टको बारेमा पाँच महिना योजना बनाए। प्रोफेसरले लुटेरामा लुकेका प्रत्येकलाई उनीहरूको पहिचान लुकाउन शहरको नाम छनौट गर्न अनुरोध गरे र ओलाईभरले टोकियो रोज्छिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "PERSONAJES 'LA CASA DE PAPEL' - LOS ATRACADORES - Úrsula Corberó es Tokio" (स्पेनीमा), antena3.com, अन्तिम पहुँच १५ अप्रिल २०२० 
  2. Lang, Jamie; Hopewell, John (१५ जुलाई २०१९), "‘Money Heist’ – ‘La Casa de Papel’ – Creator Alex Pina: 10 Takes on Part 3", Variety, अन्तिम पहुँच १० अगस्ट २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]