नेटफ्लिक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेटफ्लिक्स, निगम
नेटफ्लिक्सको अङ्ग्रेजी भाषा वेबसाइटको स्क्रिनसट
व्यवसायको प्रकारसार्वजनिक
साइटको प्रकार
बहु-सामग्री /प्रवाह सेवा प्रदानकर्ता
संस्थापितअगस्ट २९, १९९७; २६ वर्ष पहिले (१९९७-०८-29)[१] स्कोट्स उपत्यका, क्यालिफोर्नियामा
मुख्यालयहरूलास गातोस, क्यालिफोर्निया, अमेरिका

उत्पादन स्थल:

सेवा क्षेत्र विश्वव्यापी (मुख्यभूमी चीन, सिरिया, उत्तर कोरियाक्रिमिया बाहेक)[६]
संस्थापक (हरू)
  • रिड हास्टिङ्ग्स
  • मार्क रन्डोल्फ
मुख्य व्यक्तिहरू
उद्योगप्रविधि र मनोरञ्जन , आम सञ्चार
उत्पादहरू
  • प्रवाह सेवा प्रदानकर्ता
  • मागमा भिडियो सेवा
सेवाहरू
  • चलचित्र उत्पादन
  • चलचित्र वितरण
  • दूरदर्शन सामग्री उत्पादन
आयवृद्धि $२०.१५६ अर्ब (सन् २०१९)[८]
सञ्चालन आयवृद्धि $२.६०४ अर्ब (सन् २०१९)[८]
खुद आम्दानीवृद्धि $१.८६६ अर्ब (सन् २०१९)[८]
खुद सम्पत्तिवृद्धि $३३.९७५ अर्ब (सन् २०१९)[८]
Total equityवृद्धि $७.५८२ अर्ब (सन् २०१९)[८]
कर्मचारीहरू८,६०० (सन् २०१९)[९]
विभागअमेरिकी प्रवाह सेवा
अन्तर्राष्ट्रिय प्रवाह सेवा
घरेलु डिभिडी
युआरएलwww.netflix.com
अलेक्सा क्रमSteady २१ (जुन २०२०)[१०]
दर्ताआवश्यक
प्रयोगकर्ताहरू १९.३ करोड (भुक्तान)[८]

नेटफ्लिक्स, निगम एक अमेरिकी प्रविधि तथा मिडिया सेवा प्रदायक र उत्पादन कम्पनी हो जसको प्रधान कार्यालय लस गातोस, क्यालिफोर्नियामा रहेको छ।

नेटफ्लिक्सको स्थापना सन् १९९७ मा, स्कोट्स उपत्यका, क्यालिफोर्नियामा रिड हास्टिङ्ग्स र मार्क रान्डोल्फले गरेका थिए। कम्पनीको प्राथमिक व्यवसाय यसको सदस्यता आधारित प्रवाह सेवा हो जसले चलचित्र र टेलिभिजन शृखलाहरूको पुस्तकालयबाट अनलाइन प्रवाह सेवाहरू प्रदान गर्दछ भने यसका सेवाहरूमा घर भित्र छायाङ्कन गरिएका उत्पादनहरू पनि समावेश छन्। अप्रिल २०२० सम्म, नेटफ्लिक्सको विश्वव्यापी सशुल्क सदस्यताहरूमा आधारित ग्राहकहरूको सङ्ख्या १९.३ करोड रहेको थियो जहाँ संयुक्त राज्य अमेरिकामा मात्र ग्राहकहरूको सङ्ख्या ७.३ करोड रहेको थियो। यो मुख्यभूमि चीन (स्थानीय प्रतिबन्धका कारण), सिरिया, उत्तर कोरिया, र क्रिमिया (अमेरिकी प्रतिबन्धका कारण) मा बाहेक विश्वव्यापी रूपमा उपलब्ध छ। कम्पनीका कार्यालयहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, ब्राजिल, नेदरल्यान्ड, भारत, जापान, र दक्षिण कोरियामा रहेका छन्। नेटफ्लिक्स मोसन पिक्चर सङ्घको सदस्य समेत हो। हाल, कम्पनीले विश्वभरिका देशहरूबाट सामग्री उत्पादन र वितरण गर्ने गर्दछ।

नेटफ्लिक्सको प्रारम्भिक व्यापार नमुनामा डिभिडीको बिक्री र डाँक मार्फत भाडा असुली पनि समावेश थियो, तर हास्टिङ्ग्सले कम्पनीलाई प्रारम्भिक डिभीडी भाडा व्यवसायमा ध्यान केन्द्रित गर्ने स्थापना भएको एक वर्ष पछि यसको बिक्रीलाई छोडेका थिए। नेटफ्लिक्सले सन् २००७ मा प्रवाह मिडियाको परिचय गराएसँगै यसको व्यापार विस्तारै बढेको थियो जबकि डिभिडी र ब्लु-रे भाडा व्यवसायलाई पनि कम्पनीले कायम राखेको थियो। सन् २०१० मा, अन्तर्राष्ट्रिय स्तरमा क्यानडामा उपलब्ध प्रवाह सेवाको साथ यसले सेवालाई विस्तार गरेको थियो भने पछि यसले दक्षिण अमेरिका र क्यारिबियन देशहरूमा पनि सेवालाई सञ्चालनमा ल्याएको थियो। नेटफ्लिक्स सन् २०१३ मा सामग्री उत्पादन उद्योगमा प्रवेश गरेको थियो।

सन् २०१२ देखि, नेटफ्लिक्सले दुबै चलचित्र र टेलिभिजन शृङ्खलाका लागि निर्माता र वितरकको रूपमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ भने यसले यसको अनलाइन पुस्तकालय मार्फत विभिन्न प्रकारका "नेटफ्लिक्स मूल" नाममा सामग्रीहरू प्रदान गरिरहेको छ। जनवरी २०१६ सम्म नेटफ्लिक्सका सेवाहरू १९० भन्दा बढी देशहरूमा सञ्चालित छन्। नेटफ्लिक्सले सन् २०१६ मा अनुमानित १२६ मौलिक शृङ्खला र चलचित्रहरू सार्वजनिक गरेको थियो जुन अरू कुनै सञ्जाल वा केबल च्यानल भन्दा बढि हो। नयाँ सामग्री उत्पादन गर्न, थप सामग्रीको अधिकार सुरक्षित गर्न र १९० भन्दा धेरै देशहरू मार्फत विविधिकरण गर्ने उनीहरूको प्रयासको परिणामस्वरूप कम्पनीले अरबौँको ऋण लिएको थियो जहाँ कम्पनीको ऋण सेप्टेम्बर २०१७ मा, २१.९ अर्ब अमेरिकी डलर रहेको थियो भने जुन अघिल्लो वर्षको भन्दा १६.८ अर्ब अमेरिकी डलर भन्दा बढी हो। यसको ६.५ अर्ब अमेरिकी डलर दीर्घकालीन ऋण हो, जबकि बाँकी दीर्घ-अवधि दायित्वहरूमा रहेका छन्। अक्टोबर २०१८ मा, नेटफ्लिक्सले यसको नयाँ सामग्रीको लागि कोष जुटाउने लक्ष्यका साथ २ अर्ब अमेरिकी डलर सङ्कलन गरेको थियो। १० जुलाई २०२० मा नेटफ्लिक्स बजार पूँजीको हिसाबले सबैभन्दा ठूलो मनोरञ्जन / मिडिया कम्पनी बन्न सफल भएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

स्थापना[सम्पादन गर्नुहोस्]

नेटफ्लिक्सको लामो समयको लस गातोसमा रहेको प्रधान कार्यालयको स्थान र हालको कानूनी ठेगाना।
लस गातोसमा रहेको नेटफ्लिक्सको प्रधान कार्यालय[११][१२]

२९ अगस्त २९९७ मा, मार्क रान्डल्फ र रिड हास्टिङ्ग्सले संयुक्त रूपमा स्कट्स उपत्यका, क्यालिफोर्नियामा नेटफ्लिक्सको स्थापना गरेका थिए।[१३][१४] रान्डोल्फले हास्टिङ्ग्सको कम्पनी प्योर अट्रियाका लागि बजार निर्देशकको रूपमा काम गरेका थिए।[१५] रान्डोल्फले माइक्रोवेयरहाउस नामक एक कम्प्युटरमा आधारित हुलाक सेवा प्रदान गर्ने कम्पनीको सह-स्थापना गरेका थिए भने बोर्ल्यान्ड इन्टरनेसनल पछि उनलाई यसको बजार प्रतिनिधिको रूपमा नियुक्त गरेको थियो।। कम्प्युटर वैज्ञानिक र गणितज्ञ हास्टिङ्ग्सले सन् १९९७ मा प्योर अट्रियालाई र्‍यक्सनल सफ्टवेयर निगमलाई $७० करोड अमेरिकी डलरमा बेचेका थिए जुन सिलिकन उपत्यकाको इतिहासको सबैभन्दा ठूलो अधिग्रहण हो। रान्डोल्फ र हास्टिङ्ग्स नेटफ्लिक्सको स्थापना गर्ने विचारका साथ अगाडि बढेका थिए।[१६] सान्ता क्रुस र प्योर अट्रियाको प्रधान कार्यालय रहेको सन्निभेलमा आउजाउ गर्ने नियमित यात्रा गर्दा उनीहरू यसको विचारको साथ आएका थिए। उनीहरू सरकारी विनियामकहरूले प्योर अट्रियाको समायोजन प्रक्रियाको अनुमोदनका लागि पर्खिरहेका थिए। यद्यपि हास्टिङ्ग्सले यो विचारलाई कसरी आएको हो भन्ने बारेमा विभिन्न स्पष्टीकरणहरू दिएका छन्।[१७]

हास्टिङ्ग्सले नेटफ्लिक्सको लागि सुरुवाती नगदमा २० लाख ५० हजार डलर लगानी गरेका थिए।[१८][१९] रान्डल्फले भर्खरै आएको विद्युतीय-वाणिज्य कम्पनी अमेजनको प्रशंसा गरेका थिए[२०] र समान शैलीको प्रयोग गरि इन्टरनेटमा बेच्नको लागि पहुँचयोग्य वस्तु तथा उत्पादनहरूको ठूलो श्रेणी फेला पार्न चहाएका थिए।[१६]

हास्टिङ्ग्स र रान्डोल्फले भिएचएस (भिडिओ रेकर्डिङको एक प्रकार) माथि विचार गर्दै यसको नमूनालाई अस्वीकार गरेका थिए र पूँजीको लागि महँगो भएको बताएका थिए। उनीहरूले पहिलो पटक संयुक्त राज्य अमेरिकामा २४ मार्च १ १९९७ मा पेश गरिएको डिभिडिको बारेमा थाह पाएसँगै, तिनीहरूले सान्ता क्रुसमा अवस्थित हास्टिङ्ग्गको घरमा मार्फत कम्प्याक्ट डिस्क पठाएर डाँकमा डिभीडी बेच्ने वा भाडामा लिने अवधारणाको परीक्षण गरेका थिए। डिस्क अक्षुण्ण रूपमा आइपुगेपछि, तिनीहरूले $१६ अर्ब डलरको गृह-भिडिओ बिक्री र भाडा उद्योगमा लिई यसको कार्यलाई सोही अनुसार सञ्चालन निर्णय गरेका थिए। उद्धृत गरिए अनुसार हास्टिङ्ग्सले अपोलो १३ को प्रतिलिपि फिर्ता गर्न ढिला गरेकोमा ब्लकबस्टरलाई $४० डलर जरिवाना तिरेपछि नेटफ्लिक्स सुरु गर्ने निर्णय गरेका थिए तर उनी र रान्डल्फले कम्पनीको व्यवसायको नमूना र प्रेरणाको वर्णन गर्न यो शङ्कालाग्दो कथाको सृजना गरेका थिए।[२१] नेटफ्लिक्स विश्वको पहिलो अनलाइन डिभीडी-भाडा कम्पनीको रूपमा सुरू भएको थियो जहाँ प्रारम्भिक रूपमा कम्पनीमा केवल ३० जना कर्मचारीहरू कार्यरत थिए। यसको प्रतिस्पर्धाी ब्लकबस्टरको समान यसको सेवाको नमूना भनेको भाडा अनुसार रकम असुली थियो।[२२][१६]

सदस्यता शुल्क, ब्लकबस्टरद्वारा अधिग्रहणको प्रस्ताव, वृद्धिको सुरुवात[सम्पादन गर्नुहोस्]

नेटफ्लिक्सले सेप्टेम्बर १९९९ मा मासिक सदस्यता अवधारणा प्रस्तुत गरेको थियो[२३], र त्यसपछि यसले सन् २००० को सुरुवातमा एकल भाडा व्यवसायलाई परिवर्तन गरेको थियो। त्यस समयदेखि, कम्पनीले शुल्कको व्यवसाय नमुना अनुसार आफ्नो प्रतिष्ठा निर्माण गरिसकेको छ।

सन् २००० मा, नेटफ्लिक्ससँग करिब ३,००,००० ग्राहकहरू आबद्ध थिए र उनीहरूले मगाएको डिभिडिहरू वितरणको अमेरिकी डाँक सेवामा निर्भर थियो।[२४] ग्राहकहरूले पैसा गुमाइरहेका थिए जहाँ सेवालाई ५ करोडमा ब्लकबस्टरले अधिग्रहण गर्ने प्रस्ताव राखेको थिए। ब्लकबस्टरले नेटफ्लिक्सको अधिग्रहण गर्दै यसलाई ब्लकबस्टर डटकमको रूपमा प्रस्तुत गरिने प्रस्ताव राखेको थियो। ब्लकबस्टरको योजना अनुसार यसले अनलाइन व्यवसाय सञ्चालन गर्ने र ब्लकबस्टरले डिभीडीको ख्याल राख्ने जनाइएको थियो जसले उनीहरूलाई अमेरिकाको डाँक सेवामा कम निर्भर बनाउने उनीहरूको योजना रहेको थियो। यस प्रस्तावलाई नेटफ्लिक्सले अस्वीकार गरेको थियो।[२५][२६][२७][२८]

सन् २००१ को सुरुवात तिर कम्पनीले द्रुत बृद्धि हासिल गरेको थियो। इन्टरनेटमा छाएको मन्दी सकिएको थियो र यसको अर्को वर्ष विनाशकारी सेप्टेम्बर ११ को हमला भएको थियो जहाँ यसले कम्पनीलाई नराम्रो असर गरेको थियो। सोही कारण कम्पनीले १२० जना कर्मचारी मध्ये एक तिहाइलाई वर्खास्त गरेको थियो। यद्यपि, डिभिडि प्लेयर (प्रवाहक) को बिक्री अन्ततः सस्तिए पछि थ्याङ्ग्स गिभिङको (एक प्रकारको चाड) समयको यसलाई कम्पनीले लगभग $२०० डलर बिक्री गरेको थियो, जुन बर्षको सबैभन्दा लोकप्रिय क्रिसमस उपहारहरू मध्ये एक बन्न पुगेको थियो।[२९][३०] सन् २००२ को सुरुमा, कम्पनीको सदस्यता व्यवसायमा ठूलो वृद्धि भएको थियो।

नेटफ्लिक्सले २९ मे २००२ मा एक प्रारम्भिक सार्वजनिक निष्कासनको सुरु गरेको थियो।[३१] साझा सेयरको ५५ लाख सेयरहरू प्रति सेयर $१५.०० अमेरिकी डलरको मूल्यमा बिक्री भएको थियो। १४ जुन २००२ मा कम्पनीले समान मूल्यमा थप ८,२५,००० सेयर बिक्री गरेको थियो। आफ्नो पहिलो केहि वर्षमा भएको व्यापार घाटा पछि, नेटफ्लिक्सले आर्थिक वर्ष सन् २००३ मा आफ्नो पहिलो मुनाफा अन्तर्गत २७.२ करोड अमेरिकी डलरको राजस्वमा $६० लाख पचास हजार अमेरिकी डलर कमाई गरेको जानकारी सार्वजनिक गरेको थियो।[३२] सन् २००४ मा, ३५,००० विभिन्न चलचित्रहरू उपलब्ध भएका थिए, र नेटफ्लिक्सले हरेक दिन १० लाख डिभीडीहरूलाई पहुँच योग्य बनाएको थियो।

नेटफ्लिक्सको प्रभावशाली निर्माता र प्रमुख सदस्य रान्डोल्फ सन् २०१४ मा कम्पनीबाट सेवानिवृत्त भएका थिए

नेटफ्लिक्सलाई सन् २००४ मा एक दिनको लागि उपलब्ध सामग्रीको पहुँचको साथ "असीमित भाडा" को दावी सम्बन्धमा गलत विज्ञापनको लागि मुद्दा दायर गरिएको थियो।[३३]

वित्त[सम्पादन गर्नुहोस्]

आर्थिक वर्ष २०१८ को लागि नेटफ्लिक्सले $१.२१ अरब अमेरिकी डलरको आम्दानी गरेको बताइएको थियो जहाँ यसको वार्षिक राजस्व $१५.८ अर्ब अमेरिकी डलर रहेको थियो जुन अघिल्लो आर्थिक चक्रको तुलनामा ११६% ले वृद्धि भएको थियो। नेटफ्लिक्सको सेयर सन् २०१८ मा यसको उच्च मूल्यमा प्रति सेयर $४०० भन्दा बढीमा कारोबार भएको थियो, र यसको बजार पूँजीकरण सन् २०१८ को जुनमा $१८० अर्ब अमेरिकी डलर भन्दा बढीको मूल्यमा पुगेको थियो।[३४] नेटफ्लिक्सलाई राजस्वको आधारमा संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो कम्पनीको रूपमा फोर्च्युन ५०० सूचीमा २६१औँ स्थान राखिएको थियो।[३५]

वर्ष राजश्व
अमेरिकी डलर-$ मा
कुल आमदानी
अमेरिकी डलर-$ मा
रकम प्रति सेयर
अमेरिकी डलर-$ मा
कर्मचारी भुक्तान सदस्यहरू
मिलियनमा
फोर्च्युन ५००
वरियता
सन् २००५ ६८२ ४२ २.५९ २.५
सन् २००६ ९९७ ५९ ३.६९ ४.०
सन् २००७ १,२०५ ६७ ३.१२ ७.३
सन् २००८ १,३६५ ८३ ४.०९ ९.४
सन् २००९ १,६७० ११६ ६.३२ ११.९
सन् २०१० २,१६३ १६१ १६.८२ २,१८० १८.३
सन् २०११ ३,२०५ २२६ २७.४९ २,३४८ २१.६
सन् २०१२ ३,६०७ १७ ११.८६ २,०४५ ३०.४
सन् २०१३ ४,३७५ ११२ ३५.२७ २,०२२ ४१४
सन् २०१४ ५,५०५ २६७ ५७.४९ २,४५० ५४.५
सन् २०१५ ६,७८० १२३ ९१.९० ३,७०० ७०.८ #४७४
सन् २०१६ ८,८३१ १८७ १०२.०३ ४,७०० ८९.१ #३७९
सन् २०१७ ११,६९३ ५५९ १६५.३७ ५,५०० ११७.५ #३१४
सन् २०१८ १५,७९५ १,२११ ७,१०० १३९.३ #२६१
सन् २०१९ २०,१५६ १,८६७ ८,६०० १६७.१ #१९७

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Business Search – Business Entities – Business Programs | California Secretary of State", businesssearch.sos.ca.gov, मूलबाट अगस्ट १३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १३, २०१७ मिति
  2. Bishop, Bryan (अक्टोबर ८, २०१८), "Netflix buys up New Mexico studio facility for massive new production hub", The Verge, अन्तिम पहुँच जनवरी १०, २०२० 
  3. "Netflix Creates U.K. Film and TV Production Hub at Shepperton Studios", Variety, जुलाई ३, २०१९, अन्तिम पहुँच जनवरी १०, २०२० 
  4. "Netflix to Launch New York City Production Hub", Hollywood Reporter, अप्रिल १८, २०१९, अन्तिम पहुँच जनवरी १०, २०२० 
  5. "Netflix Unveils New Projects, Plans for Growth in Spain at Production Hub Inauguration", Hollywood Reporter, अप्रिल ४, २०१९, अन्तिम पहुँच जनवरी १०, २०२० 
  6. "Where is Netflix available?", Netflix, मूलबाट जुलाई ७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ८, २०१७ 
  7. Bursztynsky, Jessica (२०२०-०७-१६), "Netflix promotes Ted Sarandos to co-CEO", सिएनबिसी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-१६ 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ "Netflix Q4 2018 Results", अन्तिम पहुँच जनवरी १८, २०१९ 
  9. "नेटफ्लिक्स" (PDF) 
  10. "Netflix.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०२०-०६-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२९ मिति
  11. Donato-Weinstein, Nathan (डिसेम्बर ११, २०१२), "Netflix officially signs on to new Los Gatos campus", सिलिकन भ्याली बिजनेस जर्नल (अमेरिकन सिटी बिजनेस जर्नल्स), अन्तिम पहुँच अप्रिल २, २०१९ 
  12. दोनाटो-विनस्टाइन, नथान (सेप्टेम्बर ४, २०१५), "Netflix seals big Los Gatos expansion", सिलिकन भ्याली बिजनेस जर्नल (अमेरिकन सिटी बिजनेस जर्नल्स), अन्तिम पहुँच अप्रिल २, २०१९ 
  13. self, "Caroline Randolph LinkedIn Profile", अन्तिम पहुँच अक्टोबर ३१, २०११ 
  14. Wauters, Robin, "Marc Randolph Techcrunch", मूलबाट अक्टोबर २८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३१, २०११ 
  15. Corp., Pure Atria, "Rational Software Announces Agreement to Acquire Pure Atria", PR Newswire, मूलबाट फेब्रुअरी २५, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ३, २०१७ 
  16. १६.० १६.१ १६.२ केटिङ, गिना (२०१२), Netflixed: The Epic Battle for America's Eyeballs, पोर्टफोलियो/ पेङ्गुइन। 
  17. कास्तियो, माइकल (मे २३, २०१७), "Reed Hastings' story about the founding of Netflix has changed several times", मूलबाट नोभेम्बर २, २०१७-मा सङ्ग्रहित। 
  18. "Netflix Company History", मूलबाट सेप्टेम्बर २, २०१७-मा सङ्ग्रहित। 
  19. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :0
  20. जोनसन, लरेन्स बि (सेप्टेम्बर ७, १९९७), "For the DVD, Disney Magic May Be the Key", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच मे २५, २००९ 
  21. "History of Netflix, Inc. – Funding Universe", funding universe.com 
  22. कसार, स्टेफान (१९९८), "DVD Historical Timeline", मूलबाट मार्च १९, २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३०, २००६ 
  23. O'Brien, Jeffrey M. (डिसेम्बर २००२), "The Netflix Effect", Wired News, मूलबाट सेप्टेम्बर ५, २०१३-मा सङ्ग्रहित। 
  24. "Things You Should Know About Renting From Netflix", लाइफवायर, मूलबाट जुलाई १०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १०, २०१७ 
  25. CEO Reed Hastings on how Netflix beat Blockbuster
  26. "Netflix Vs Blockbuster Business War", YouTube 
  27. Auletta, Ken (जनवरी २७, २०१४), "The Red-Envelope Revolution", द न्यु योर्कर 
  28. "Blockbuster to Remake Itself Under Creditors", द वाल स्ट्रिट जर्नल, सेप्टेम्बर २४, २०१०, मूलबाट अगस्ट ७, २०१७-मा सङ्ग्रहित। 
  29. "How Netflix Reinvented HR", Harvard Business Review, जनवरी १, २०१४। 
  30. Fitzpatrick, Eileen (जुन १६, २००१), "VM Labs Pushes Its Nuon DVD Players; Image Unleashes Its Own Dinos, Apes", बिलबोर्ड – Google Booksद्वारा। 
  31. "Movies to go", द इकोनोमिस्ट, जुलाई ७, २००५, मूलबाट डिसेम्बर ६, २००८-मा सङ्ग्रहित। 
  32. "Marc Randolph | Speaker Profile and Speaking Topics", www.apbspeakers.com, मूलबाट अक्टोबर १६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१५ 
  33. "Netflix settles class action lawsuit", Ars Technica, मूलबाट नोभेम्बर १७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २०१७ 
  34. "Netflix", Fortune, अन्तिम पहुँच नोभेम्बर २५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मार्च ९, २०२० मिति
  35. Hough, Jack, "10 Stocks That Had Better Decades Than Amazon and Google", www.barrons.com (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच डिसेम्बर १९, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]