टोनी हेगन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टोनी हागनबाट अनुप्रेषित)
टोनी हेगन
जन्म17 August 1917
मृत्युDid not recognize date. Try slightly modifying the date in the first parameter. (aged त्रुटि: मान्य वर्ष, महिना, दिन आवश्यक छ)
Lenzerheide
राष्ट्रियतास्विट्जरल्यान्ड
नागरिकतास्विट्जरल्यान्ड and नेपाल (मानार्थ)
चिनारीको कारणनेपाल भ्रमण गर्न पहिलो विदेशी
जीवनसाथीGertrud
सन्तान१ छोरा र २ छोरी

टोनी हेगन(१९१७-२००३) स्विट्जरल्यान्डका प्रख्यात भू-वैज्ञानिक हुन्। उनको जन्म अगस्ट १७ सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाँउमा भएको थियो। उनले स्विस फेडेरल इन्स्टिच्युट ज्युरिचबाट इन्जिनियरिङमा डिप्लोमा गरेपछि भूविज्ञानमा वेल्स माउन्टेन विषयमा विद्यावारिधि गरेका हुन्। त्यसपछि उनले ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा खोज विशेषज्ञका रूपमा काम गरेका थिए। तत्पश्चात उनी पहिलो पटक १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपालमा आएका थिए। सन् १९५२ मा उनी नेपाल सरकारको मातहतमा र संयुक्त राष्ट्र सङ्घको तर्फबाट समेत नेपाल सम्बन्धि खोज र अनुसन्धानमा ब्यस्त रहे। उनी नै नेपालको भौगोलिक खोज र अनुसन्धान गर्ने पहिलो विदेशी नागरिक हुन्। त्यसैले उनलाई नेपाल विशेषज्ञ पनि भनेर पनि चिन्ने गरिन्छ। उनले नेपालको अधिकाङ्श भुभागको पैदल यात्रा समेत गरेर त्यहाँको भौगोलिक र सांस्कृतिक अवस्थाको बारेमा बृहत खोज र अनुसन्धान गर्ने काम गरेका थिए। यहि गहिरो खोजका आधारमा उनले नेपालको सांस्कृतिक विविधताको बारेमा मौन वृत्तचित्र फिल्म समेत बनाएका थिए। जसलाई पछि उनले आफ्नै आवाजमा अङ्ग्रेजी भाषामा पनि अनुवाद गरेका थिए। यस्तै सन् १९९९मा उनले आफ्नै बारेमा "The Ring of the Buddha" नामक वृत्तचित्र बनाए, जसमा उनले साठीको दशकमा नेपालमै खिचेका तस्बीर र भिडियोहरू सामेल गरेका थिए।

नेपाललाई धेरै नजीकबाट नियालेका हेगनले "नेपाल" नामक पूस्तक सहित अरु थुप्रै पूस्तकहरू समेत लेखेका छन्। स्विट्जरल्यान्डमा जन्मिए पनि नेपाललाई कर्मथलो बनाएर नेपाल र नेपालीलाई माया गर्ने हेगनको अप्रिल १८ सन् २००३ मा निधन भयो।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]